Friday, April 17सत्यम खबर
Shadow

दोस्रो वार्षिकोत्सव भब्य रुपले मनाईयो मधेश मिसनले होली शुभकामना कार्यक्रमको आयोजना गर्ने

नेपालगन्ज, २२ फागुन – एकता शिक्षा समाज कल्याण संस्था जानकी गाउँपालिका वडा नं. १ पचपोखराले आफ्नो दोस्रो वार्षिकोत्सव भब्य रुपले मनाएको छ ।
दोस्रो वार्षिकोत्सवको प्रमुख अतिथि तथा मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले गतवर्ष भन्दा फरक तवरले संस्था आफ्नो वार्षिकोत्सव मनाएको तथा उसको प्रत्येक पाईला सकारात्मक पहल र समाजको विकासका गतिविधिलाई गतिशिल बनाउने भएको हुँदा आउने दिनमा समेत यसले फरक पहिचान कायम गर्न सकोस भनी शुभकामना प्रदान गरेका थिए ।


दोस्रो वार्षिकोत्सव कार्यक्रममा मधेश मिडिया मिसन नेपालका सल्लाहकार अजयकुमार गुप्ता, शाखा सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई, देवीदयाल मिश्रा, शुभम् शर्मा, आकाश गुप्ता, शिक्षक चित्रकुमार तिवारीलगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष सकिल अहमद राईको सभापत्विमा सम्पन्न भएको थियो ।


त्यसैगरी सोही दिन मधेश मिडिया मिसन नेपाल बाँके शाखाको कार्यसमिति बैठक बसी विभिन्न निर्णयहरु गरिएको थियो ।
चैत्र ३ र ४ गते होली पर्वलाई भब्य रुपमा मनाउन चैत्र १ गते होली शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना मधेश मिडिया मिसनले गर्ने सचिव सन्ध्या शर्माले जानकारी गराउनुभयो ।


सचिव शर्माका अनुसार मिसनमार्फत अगामी बैशाख महिनामा आयोजना हुन गईरहेको अवधी पत्रकारिता स्थापना दिवसलाई भब्य र सब्य रुपले व्यवस्थापन गर्न चाहिएको आर्थिक व्यवस्थापनमा समेत जोड दिई तदारुकताका साथ आर्थिक संकलन तर्फ लाग्ने बताउनुभयो ।


अवधी पत्रकारिता स्थापना दिवसको आर्थिक संकलन संयोजक मनोज कौशलको नेतृत्वमा चन्दा सिंह, सन्ध्या शर्मा लगायत ५ सदस्यीय समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *