Friday, April 17सत्यम खबर
Shadow

११२ औं नारी दिवसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

आकाश कसौधन
नेपालगन्ज, २४ फागुन – ११२औं नारी दिवसको अवसरमा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्जद्वारा मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ । जसमा माओवादी केन्द्र निकट रहेको विभिन्न संगठनका कार्यकर्ताहरुले भाग लिएका छन् ।

प्रमुख अतिथि माननीय प्रदेश सभा सदस्य नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उषा पुनले फुटबलमा किक हानेर कार्यक्रमकाे उद्घाटन गरेकी थिईन । माओवादी केन्द्र नेपालगन्जका नगर अध्यक्ष रतन शाहीको विशेष उपस्थिति र नगर कमिटीको सम्पूर्ण पदाधिकारी सदस्यहरुको उपस्थिति समेत रहेको थियो ।

खेल निकै रोचक र मैत्रीपूर्ण भइरहेको स्थानीय र दर्शकहरुले बताएका छन् । राष्ट्रियता र महिला समानताको लागि संघर्ष गर्दै समाजवादको आधार तयार पारौं, ११२औं अन्तर्राष्ट्रिय महिला दिवस भाब्य रूपले सफल परौ, भन्ने मूल नारालाई आत्मसाथ गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको भन्ने जानकारी अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *