Sunday, May 3सत्यम खबर
Shadow

नेतृत्वमा युवापुस्ताको सक्रियता बढ्दो, गुल्मीका २४ वर्षीय युवाले दिए मेयरमा उम्मेदवारी

गुल्मी, १० चैत्र – गुल्मीका २४ वर्षीय युवकले मेयर मदको लागि उम्मेद्धवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षिय बिपिन विस्वास रायमाझीले मेयरको लागि स्वतन्त्र उम्मेद्धारी दिएका हुन् ।
राजनीतिमा नेतृत्व परिर्वतन भएपनि मुलुकको अवस्था र व्यवस्थामा भने परिर्वतन हुन नसकेको भन्दै उनको अबको नेतृन्व युवापुस्ताले गर्न जरुरी रहेको बताएका छन् ।


उनले भने ‘धेरै लामो समयसम्म हजुरबुबाको पुस्ताहरुले, हाम्रो बुवा–आमाको पुस्ताले, दाइ–दिदी गर्दै लाखौं नेपाली दाजु–भाई दिदी–बहिनीहरुको ठुलो त्याग र बलिदानी पछि लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सफल भएका थियौँ । कती जानेर कतिपय अञ्जानमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दैगर्दा जति सुन्दर निर्णयहरु संस्थागत गरिए । त्यो महानतम कर्मको जस अग्रज राजनितीक आन्दोलनका सबै–सबै सहभागी हरुलाइ जान्छ । तर जति त्रुटि र भ्रम पनि हाम्रो लोकतान्त्रिक गणतन्त्र भित्र प्रवेश गर्यो त्यसलाई सहि ट्र्याक मा ल्याउने अभिभारा अबका युवा पुस्ताको हो । ’
‘हाम्रो हो, मेरो हो ।’ राष्ट्रको हकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख पुर्ण समानुपातिक संसद आजको आबस्यकता रहेको उनले बताए । जुन बर्तमान राजनितीक दलहरुले गर्न नसक्ने उनको ठम्याई रहेको छ ।
गत निर्वाचनमा हरेक दलले बाडेका आश्वासन र घोषणा पत्रको अध्ययन तथा दुइतिहाइ नजिकको कम्युनिष्ट सरकार को हविगत र कार्यक्रताको मनोदशा–हरेक कुरामा भाग खोज्ने राजनैतिक मनोवृत्तिको प्रतिपक्षी देखेरै हरेक सचेत नागरिकले प्रष्ट बुझ्न सकिने उनको भनाई छ ।
उनले भने ‘परम्परागत राजनितीक मार्ग जो सदैब अरुलाइ गालि–सत्तोसराप गर्ने आफु कहिल्यै नसुद्रिने फोहोरी राजनितीक खेल बिद्यमान छ । यस्तो किसिमको अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र खर्चिलो निर्वाचन प्रणालीको विकल्पको निम्ति, सँस्कारको सुधारका लागि पनि युवा जाग्नै पर्दछ । त्यसैले यो कुरा उठान गर्नु र मैदानमा आउनु नै मैंले मेरो –आम सचेत शिक्षीत युवाको धर्म र कर्तब्य ठानेको छु ।’
उनका प्रतिबद्धताहरु यसप्रकार रहेका छन्,
– जन निर्वाचित प्रतिनिधिलाइ जनताका सेबक बनाउने
– आर्थिक बिपन्न सम्पन्न सबै परिवारका बालबालिका–विद्यार्थीलाई समान किसिमको संस्कार सहितको निशुल्क एवं गुणस्तरीय सार्वजनिक शिक्षा उपलब्ध गराउने ।
– आर्थिक रुपमा सम्पन्न बिपन्न दुबै किशिमका नागरिकले सहुलियत गुणस्तरीयरसमान उपचार पाउने ब्यवस्था गर्ने ।
– चेतनाको कारण गरिबी, अशिक्षा, र यी कारण एउटा बिपन्न नागरिकको जिवनस्तरलाई प्रयोग गरेर राजनितीक फाईदालिने परिपाटीको अन्त्य गर्ने ।
– उत्पादनशिल क्षेत्रमा लगानी बढाई बेरोजगार लाइ रोजगार उपलब्ध गराउन ।
– कुसँस्कार र कुरितीलाइ हटाएर सु–सँस्कारको थालनी गर्न ।
– हरेक नागरिकमा कुनै न कुनै दलको गोठालो बन्ने चलन हटाएर, सबै राजनितीक दललाइ नागरिकको गोठालो बनाउने ।
– राज्यबाट उपलब्ध भएका सेबा सुबिधा टाँठा बाठाले मात्र बाँडेर खाने चलनलाई बिस्थापित गरेर सबै नागरिक र समाजको हितमा लगाउन ।
– जसले काम बढी गर्छ, त्यो ब्याक्ती धनी हुने जसले काम गर्दैन उसले पनि बाँच्न पाउने अधिकारको ब्यवस्था गर्न ।
– नगरमा मेयररनगरप्रमुखको जति आम्दानी हुन्छ, हरेक दक्ष कामदार को तलब त्यति नै हुने ब्यबस्था गर्ने ।
– कृषिलाई यान्त्रिकरणमा जोड दिदै कम लागतमा छिटो उत्पादन हुने कृषि उपजको उत्पादनमा प्राथमिकता दिन, किसानलाई कृषि औजार, बिउपल र बिषादी मुफ्तमा उपलब्ध गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *