
नेपालगन्ज, ८ चैत्र – नेपाली काँग्रेस नेपालग्ज उपमहानगरपालिका वडा नं. १३ ले आज मंगलबार नेता कार्यकर्ताको उपस्थितिमा बृहत भेला सम्पन्न गरेको छ ।
आउने बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेस केन्द्रीय निति अनुरूप “घर-घर जाऔ, काँग्रेस जिताऔ” अभियान अन्तर्गत सकृयताका साथ औपचारिक कार्यक्रम सम्पन्न गरेका छन ।
कार्यक्रममा बक्ताहरुमा बाँके तरुण दलका अध्यक्ष बिरेन्द्रबहादुर शाह, नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष तथा केन्द्रीय पार्षद कुन्तलराज शर्मा नेका नगर सभापति प्रशान्त बिष्ट, नगर उप-सभापति कमाल अन्सारी, जिल्ला खटिएका प्रतिनिधि प्रकाश शाही, प्रकाश जङ्ग राणा, राकेश श्रीवास्तव, संगिता चौहानले आउँदो स्थानीय निर्वाचन नेपाली काँग्रेस संगठन बिस्तार र वडाको बिकास निर्माण योगदान, प्रत्यक्ष जन सरोकार बिषयमा नेपाली काँग्रेस १३ नम्बर वडाको बर्तमान जन प्रतिनिधिहरूको कार्य प्रगति सहितको उपलब्धी माथि प्रकाश पारेका थिए ।
नेपाली काँग्रेस बिधान अनुसार पार्टी संगठनलाई सशक्त सबल र जनमुखी बनाउन वडामा टोल समिति बिस्तार गर्ने निर्णय गर्दै केही दलबाट mcc compact लाई लिएर भ्रम “सिर्जना” खेती गरिरहेकालाई कडा प्रतिवाद सहित घर-घर जाऔ काँग्रेस जिताऔ” अभियान माथि प्रकाश पारिएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस वडा नम्बर १३ का सभापति शालिक राम शाहले गर्नु भएको थियो भने स्वागत मन्तव्य क्षेत्रीय प्रतिनिधि ओमप्रकाश चौहानले गरेका थिए ।
नेता कार्यकर्ताको बाक्लो उपस्थित” शिक्षक संघका अध्यक्ष बिरेन्द्र यादव, तरुण दल नगर अध्यक्ष संदिप जङ्ग शाह, वडा सदस्य सत्य नारायण यादव, पुष्पा भट्टराई, दिनकर भट्टराई, भुषण शाह, अनन्त नाथ भट्टराई, ध्रुब सिंह चौहान, नरेश यादव, निर्मलाकुमारी धोबी लगायत सयौ सकृय सदस्य र साधारण सदस्यहरूको उपस्थिति रहेकाे थियो भने कार्यक्रमलाई सञ्चालन अरुण बिक्रम शाहले गरेका थिए ।
