Friday, June 26सत्यम खबर
Shadow

आस्था

निरंकारी मण्डलद्वारा ७७ जनाले गरे रक्तदान

निरंकारी मण्डलद्वारा ७७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ बैशाख – बाँकेको नेपालगन्जमा मानव एकता दिवस (२४ अप्रेल) को अवसरमा सन्त निरंकारी मण्डल नेपालगन्जले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ७७ जनाले रक्तदान गरेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित रक्तदान कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालगन्जका अध्यक्ष (मुखी) शिवप्रसाद गोडिया, बलराम यादव, नवराज बुढा, चक्रबहादुर बिसी, मनोज गोडिया, सचिन सुनार, धु्रव सुनार, रामु सुनार, हरि बिश्वकर्मा, राजकुमार सुनार, भरतकिशोर गोडिया, नन्नकु घरुक, सूरज प्रकाश गोडिया, रेनु गोडिया, रेखा निषाद, पवन कश्यप, विजयकुमार ठाकुर, पंकजकुमार निषाद, आशा घरुक, उत्तम बैश्य, करन बानिया, अनिषा सुनार, बिशाल गुप्ता, कौशल साहू, अखिल आनन्द, कमलेश मौर्या, कमलसिंह ठाकुर, बिनोद मौर्या, शेखरकुमार देव, सरोज खडका, रामसेवक बैश्य, निलम...
एमालेकाे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

एमालेकाे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ बैशाख - नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।शुक्रवार नेपालगन्ज स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । १९ बुँदे सो प्रतिवद्धता पत्रमा निति तथा कानुन निर्माण संगसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, महिला विकास र कृषि तथा रोजगारिको सिर्जना लगायतका कुरा समेटिएको छ ।  यस्ता छन् चुनावी प्रतिवद्धता : १. नीति तथा कानुन निर्माण नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख समृद्ध र समुन्नत शहरको रुपमा विकसित गर्नका लागि संबिधानले दिएको अधिकार प्रयोग गरी बिज्ञहरुसंगको परामर्शमा नीति, कानुन तथा योजनाहरु तर्जुमा गरिने छ । तथ्याङ्क सङ्कलन तथा अभिलेख व्यवस्थापन गरी नेपालगञ्जको गुरुयोजना सहित अवधिक योजना, दिर्घकालीन योजनाको...
चौथो राष्ट्रिय अधिवेसनबाट विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा कमिटी चयन

चौथो राष्ट्रिय अधिवेसनबाट विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा कमिटी चयन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ बैशाख – विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको सम्पन्न चौथो राष्ट्रिय अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेसनले १८ सदस्यीय नेपाल शाखा कार्यसमिति गठन गरेको हो ।नेपाल शाखाकी निवर्तमान अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ कै नेतृत्वमा गठन गरिएको उक्त समितिको वरिष्ठ उपाध्यक्षमा केशु पोखरेल खनाल, उपाध्यक्षमा सीता विष्ट कार्की, महासचिवमा अम्बिका याम्फु ‘अनमोल’, सचिवमा कृष्ण के.सी., कोषाध्यक्षमा बसु श्रेष्ठ र सहसचिवमा गंगा आचार्य सापकोटा रहनु भएको छ । त्यसैगरि सदस्यहरु शुभद्रा धिमिरे, कल्पना चाम्लिङ्ग, दिपा नेपाल, विमला अधिकारी देवकोटा, रजनी शर्मा, ढुण्डिराज ढकाल, रीता खतिवडा, यमनाथ सुवेदी, गङ्गाराम ढकाल, लेकप्रसाद प्याकुरेल र मुना सिग्देल रहनु भएको छ ।यस अघि विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको चौथो राष्ट्रिय अधिवेसनको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उप...
नेपालगन्ज साक्षर नगर घोषणा

नेपालगन्ज साक्षर नगर घोषणा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ बैशाख – नेपालगन्ज उप–महानगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव र नगर प्रमुख डा. धवलशम्शेर राणाले नगरलाई साक्षर घोषणा गर्नुभयो ।नगर प्रमुख राणाले लामो समयको प्रयासपछि नगरलाई साक्षर घोषणा गरिएको भन्दै साथ दिने सबैप्रति आभार प्रकट गर्नुभयो । जिसस संयोजक श्रीवास्तवले ५ वर्षको प्रयत्न अन्तिम समयमा सफल भएको भन्दै नेपालगन्ज साक्षर घोषणा हुने सातौं स्थानीय तह भएको बताउनुभयो । नेपालगन्ज साक्षर भएपछि जिल्ला भरमै उत्साह छाएको उहाँको भनाई छ ।नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाले २०७६ देखि सुरु भएको साक्षरता अभियान अहिले सफल भएको बताउनुभयो । दुईवर्ष अघि घर दैलोमार्फत संकलन गरिएको तथ्यांक अनुसार १५ देखि ६० वर्ष उमेर समूहका करिब २३ प्रतिशत निरक्षर रहेकोमा साक्षर अभियानपछि निरक्ष...
मेयरका आकांक्षी नन्दलाल वैश्य माओवादी छोडेर राप्रपामा प्रवेश

मेयरका आकांक्षी नन्दलाल वैश्य माओवादी छोडेर राप्रपामा प्रवेश

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी माओवादी पार्टीका बाँके जिल्ला सहसचिव तथा पूर्व अध्यक्ष नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य राप्रपामा प्रवेश गरेका छन् । यस अगावै नेपालगन्ज उपमहानगरपालिकाबाट माओवादीबाट मेयरमा चुनाव लड्ने चर्चा चलिरहेको अवस्था भएपनि ५ दलिय गठबन्धन भएपछि काँग्रेसको कोटामा नेपालगन्ज उपमहानगरपालिका मेयर गएपछि वैश्य राप्रपामा प्रदेश गरेका छन् । सत्तारुढ ५ दलिय गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकाको मेयर काँग्रेस र उपमेयर जसपालाई दिने गरी काठमाण्डौमा सहमति गरेपछि वैश्यले माओवादी केन्द्र छाडेका छन् । केही समय अगाडी एक कार्यक्रमबीच वैश्य राप्रपामा प्रवेश गरेका छन् । उनी गठबन्धन तोडेर भए पनि माओवादीले मेयरमा उम्मेदवारी दिनुपर्ने पक्षमा रहेका थिए । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाका अनुसार, वैश्य राप्रपाका तर...
केरूङबाट रेल ल्याउने र नेपालबाट बिजुली लैजाने विषयमा के भन्छिन् चिनियाँ राजदूत यान्छी ?

केरूङबाट रेल ल्याउने र नेपालबाट बिजुली लैजाने विषयमा के भन्छिन् चिनियाँ राजदूत यान्छी ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ८ बैशाख – बिहीबार नेपालस्थित चिनियाँ राजदूतावासले भर्चुअल पत्रकार सम्मेलन गर्‍यो। उक्त सम्मेलनमा राजदूत होउ यान्छी नेपाल-चीन सम्बन्धका विविध आयामबारे ब्रिफिङ गरिन्। केही समयअघि भएको चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणदेखि तातोपानी र रसुवागढी नाका राम्ररी सञ्चालन हुन नसकेको र नेपाली मेडिकल विद्यार्थी चीन फर्कन नसकेकोलगायत विषय उनको ब्रिफिङमा समावेश थियो। (सेतोपाटीबाट) राजदूत यान्छीले सीमापार सम्पर्क सञ्जालका विषयमा पनि कुरा उठाइन्। चीनको केरूङ हुँदै काठमाडौं रेल ल्याउन प्राविधिक अध्ययन गर्न चीनले सहयोग गर्ने सहमति विदेश मन्त्री यीको भ्रमणका क्रममा भएको थियो। राजदूत यान्छीले भने तत्कालै रेलमार्ग बनाउन सम्भव नभएको बताइन्। ‘मलाई केही विज्ञहरूले सबै कुरा एकदम सहज तरिकाले भए सीमापार रेलवेको विस्तृत सम्भाव्यता सक्न ५-६ वर्ष लाग्छ भनेका छन्,’ राजदूत यान्छीले भनि...
१५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

१५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ बैशाख – नेपालगन्जमा सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार ३८ जनाद्वारा रक्तदान गरिएको छ । सो वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल कोहलपुर शाखाका प्रबन्धक बिनोद कुँवर, सिटिजन्स बैंक इन्टरनेशनल बढैयाताल मैनापोखर शाखाका प्रबन्धक दिनेशकुमार ढुंगाना, सुदिपकुमार मल्ल, सन्दिपकुमार श्रेष्ठ, प्रतिमा थापा, दिल्लु चौधरी, सुवोध आचार्य, गणेश खनाल, सञ्जिवकुमार थारु, जीवन खडका, दिपक पौडेल, हृदयजंग शाही, सोमराज भण्डारी, शवन मिश्रा, श्रीराम थारु, तुलाराम बलामी मगर, सुरेश खटिक, बीरेन्द्रबहादुर, तेजेश्वर चौधरी, आशुतोष गौतम, शिवराज वर्मा, जितबहादुर बुढा, प्रदिप ओली, गोबिन्दप्रसाद गुप्ता, दुर्गेशप्रसाद धोबी, बिकाश चन्द, दिपेन्द्र केसी, शंकर पौडेल, लक्षमण, शंकर केसी, पदमबहादुर ओली, भरतकुमार जैसी, बलीराम जैसी, प्रतिक ...
नेपाल, टाट पल्टिन लागेको अर्थतन्त्र जोगाउन भारतले काँध थाप्यो

नेपाल, टाट पल्टिन लागेको अर्थतन्त्र जोगाउन भारतले काँध थाप्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ८ बैशाख – प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणले दुई देशको सम्बन्धमा आईसब्रेक गर्दै नयाँ उचाइमा पुर्याएको छ । भ्रमण नेपाली परिप्रेक्ष्यमा महत्त्वपूर्ण सावित भभएको छ । यस क्षेत्रको समग्र रणनीतिक हितका कारण भारतको लागि पनि भ्रमण महत्त्वपूर्ण रह्यो । यो समाचार पनि पढ्नुहोला – दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणमा भारतीय सहयोग सीमा विवाद र चुच्चे नक्सा प्रकरणले तीन वर्ष भ्रमण आदान प्रदान नभएको भारतमा प्रधानमन्त्रीले ब्रेक थ्रु गर्दै दिल्ली भ्रमणमा गए । यसले सम्बन्धलाई न्यानो बनाउने मात्र होइन, द्विपक्षीय सम्बन्धलाई पनि सुदृढ बनायो । अर्कोतिर भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि खुसी भए । प्रधानमन्त्री देउवालाई भारतको पुरानो मित्र भन्दै दुई देशबीचको सम्बन्ध विकासमा उनको भूमिकाको प्रशंसा गरे। देउवाले महामारीविरुद्ध ...
पाकिस्तानमा चिनियाँ ऊर्जा प्रसारण परियोजनाको भुक्तानी ढिलाइ

पाकिस्तानमा चिनियाँ ऊर्जा प्रसारण परियोजनाको भुक्तानी ढिलाइ

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ बैशाख – पाकिस्तानले मटियारी-लाहोर उच्च भोल्टेज प्रत्यक्ष वर्तमान प्रसारण लाइनको विकास साझेदारी गर्ने चिनियाँ कम्पनीहरूलाई आफ्नो भुक्तानी दायित्व पूरा गर्न असफल भएको छ। वित्तीय अवस्था निरन्तर कमजोर हुँदै गएकोले इस्लामाबादलाई युक्रेन युद्धका कारण उत्पन्‍न अवरोधहरूको बीचमा कोष परिचालन गर्न अझ गाह्रो भइरहेको छ। परियोजनाका चिनियाँ साझेदारहरूले आफ्नो सरकार र इस्लामावादस्थित दूतावासलाई चिन्ता व्यक्त गर्दै सेप्टेम्बर २०२१ देखि फेब्रुअरी २०२२ सम्मको अवधिका लागि इस्लामावादबाट तत्काल रु १२ अर्ब ३५ करोड उपलब्ध गराउन माग गरेका छन्। अहिलेसम्म रु ८ अर्ब ७५ करोड (बिल गरिएको रकमको ४१.४ प्रतिशत) मात्र प्राप्त भएको छ । प्रमुख चिनियाँ सरकारी स्वामित्वको कम्पनी चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एण्ड टेक्नोलोजी कम्पनी लिमिटेड (सीईटी)/स्टेट ग्रिड कर्पोरेशन अफ चाइना (एसजीसीसी) पाक मटियारी-ल...
सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ बैशाख – भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ । भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतकाे भेटमा दुबै देशकाे हकहितका बारेमा छलफल भएकाे हाे । उनीहरुले एकअर्कालाई तुलसीकाे बिरुवा दिएका थिए । भारतकाे उत्तराखण्ड र नेपालकाे सुदूरपश्चिम क्षाेत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएकाे थियाे । मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका छन् । मुख्यमन्त्रीकाे सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।...