तथ्यांक संरक्षण र गोपनीयताको हक सम्बन्धी छलफल
नेपालगन्ज, २२ जेष्ठ – पछिल्लो समय सूचना प्रविधि भित्रिएपनि त्यसको प्रयोगकर्तामा समेत बृद्धि भएको छ । सूचना प्रविधीको विकाससंगै चुनौती पनि थपिएको छ ।प्रविधीको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी सुरक्षा, तथा तथ्यांकको संरक्षण गर्न कानूनी रुपमा व्यवस्था गरिएपनि यसबारे आम नागरिकमा सचेतना अभिबृद्धि गर्नुपर्ने देखिन्छ । नागरिकले प्रयोग गर्ने विभिन्न डिभाइसको सुरक्षाका लागि खासै ध्यान दिएको पाइन्दैन तर त्यसले विभिन्न टिजिटल समस्या निम्तयाउने गरेको छ ।
यसै सन्दर्भमा आज आईतबार नेपालगन्जमा गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी नेपाली कानूनी व्यवस्थाका बारेमा नेपालगन्जमा छलफल गरिएको छ ।डिजिटल राइट्स नेपालको आयोजना र सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको सहकार्यमा आयोजित कार्यक्रममा कानून व्यवसायी, पत्रकार, नागरिक संस्था, अधिकारकर्मी, युवा तथा महिला अधिकारकर्मी गरि करिब ३५ जनाको सह...









