Saturday, June 27सत्यम खबर
Shadow

आस्था

रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन

रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
वीरगंज, २१ असार – रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार विरोध प्रदर्शन गरेको हो । उक्त विरोध ¥याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुँदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔं देश बचाऔं, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारवाही गर जस्ता चर्को नारा लगाएका थिए । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्याहरुलाई नेपाल प्रवेशमा सहयोग गरेको भन्दै मियाँको पुतला दहन गर्दै मुस्लिम आयोग खारेजीको माग समेत गरेका थिए । साथै मदरसा शिक्षालाई बढावा दिई प्रदेशमा कट्टरपन्थी उत्पादनमा सहय...
सङ्क्रामक कोभिड नियन्त्रणका लागि भन्दै चीनसम्मको आवतजावत ठप्प

सङ्क्रामक कोभिड नियन्त्रणका लागि भन्दै चीनसम्मको आवतजावत ठप्प

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ असार –चीनको वुहान सहरमा कोभिड–१९ सङ्क्रमण फैलिन थालेपछि सन् २०२० को सुरुतिरै त्यहाँ विभिन्न किसिमका प्रतिबन्धात्मक व्यवस्थाहरू लागु भए। अत्यन्त सङ्क्रामक कोभिड नियन्त्रणका लागि भन्दै चीनसम्मको आवतजावत ठप्प भयो। जतिजति सङ्क्रमण फैलँदै गयो विश्वव्यापी रूपमा प्रतिबन्धात्मक व्यवस्थाहरू पनि त्यति नै विस्तार हुँदै गए। झन्डै साढे दुई वर्षपछि कोभिडको विश्वव्यापी लहर तुलनात्मक रूपमा कम घातक हुँदै गएसँगै कडा पारिएका व्यवस्थाहरू हट्दै गएका छन्।एक देशबाट अर्को देशको यात्रा सहज हुँदै गएको छ र बजारले पनि पुरानै लय समात्न थाले जस्तो देखिएको छ।कोभिड–१९ विरुद्ध अत्यन्त कडा व्यवस्था कायमै राखेको उत्तरी छिमेकी चीनमा झन्डै साढे दुई वर्षपश्चात् महामारीकैबीच नेपाल आएका विद्यार्थी बिस्तारै फर्कने क्रम पनि सुरु भएको छ। (radio miteree)...
माध्यमिक विद्यालय जोगागाउँद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान

माध्यमिक विद्यालय जोगागाउँद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २१ असार - बाँकेको जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम श्री माध्यमिक विद्यालय जोगागाउँको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हलवाईको सभापतित्वमा जनप्रतिनिधिहरुलाई शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ । जानकी गाउँपालिका प्रमुख छब्बन खाँको प्रमुख अथितिमा र वडा नं २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खाँले विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरेका थिए । सम्मान कार्यक्रममा आसन ग्राहण लगत्तै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विद्यालयकी शिक्षिकाले खादा, माला र टीका लगाइ स्वागत र सम्मान गरेकी थिइन । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख खाँले सबैको साथ र सहयोग रह्यो भने...
‘मानिस असल कर्मले अमर रहने’: मन्त्री हमाल

‘मानिस असल कर्मले अमर रहने’: मन्त्री हमाल

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै भावनात्मक एवम् चचिर्त गीतको उदाहरण दिँदै लुम्बिनी प्रदेशका वन भू–संरक्षण मन्त्री सुरेन्द्रबहादुुर हमालले संसारलाई बुझ्ने र महसुस गर्ने मानिसको हेराइ र बुझाइमा फरक पर्ने बताए । मानिसले मानिसका लागि मात्र नभई पशुचौपायासमेतको समस्यालाई आफ्नै समस्या सम्झेर अघि बढ्ने उद्देश्यसाथ नेपालगन्जमा स्थापना भएको बीयोर सेल्फका परिकल्पनाकार गौरब शाहको स्मृति दिवसका अवसरमा मन्त्री हमालले आफ्नो भावना व्यक्त गरेका थिए । यति मात्र नभई मानिसले सोच्दा वा कर्म गर्दा मन र बुद्धिलाई प्रयोग गर्ने भएकाले बुद्धिले गरिने कार्यमा जोड र घटाउको हिसाब किताब हुन्छ भने मनले सोचेर गरिने कार्य निस्वार्थ रुपमा हुने मन्त्री हमालले बताए । मानिस असल कर्मले अमर रहने बताउँदै मन्त्री हमालले बीयोर सेल्फका परि...
भारत सरकारद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

भारत सरकारद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २० असार – नेपालका विभिन्न जिल्लामा अवस्थित स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई भारतल सरकारले वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमकाबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो । नेपाल सरकारका माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गरेका हुन् । एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “india@75 आजादीका अमृत महोत्सव” को हिस्साको रुपमा रहेको दुतावासले जनाएको छ । भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्याउन नेपाल...
बाँकेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मो. इस्तियाक राई

बाँकेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मो. इस्तियाक राई

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० असार - जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई पठाउने तयारी गरेको छ । राई बाँके क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको हो । ‘नयाँ मन्त्रीका लागि अध्यक्षज्यूले नाम पठाउनु भएको छ, कुन मन्त्रालय भन्ने चाहिँ जानकारी भएको छैन’– सिंहले भन्नुभयो । जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीबाट सिफारिस भएका नयाँ ...
८ जना महिला सहित ४२ जनाले रक्तदान गरे

८ जना महिला सहित ४२ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० असार – जनमत अद्र्ध साप्ताहिकले एसओएस युवालय, नेपालगन्जको सहकार्यमा आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ८ जना महिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।एसओएस बालग्रामको ५० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, विद्यार्थी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।एसओएस युवालय, नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिक सोम प्रकाश सापकोटा, निरुपता बि.सीलाई रक्त संकलन गर्ने पाकेट हस्तारण गरी कार्यक्रम शुरु गरिएको थियो । जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ुत्रैमासिक रक्तदान कार्यक्रमु को ५३ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख शंकर प्रसाद खनाल, नेपाल पत्रकार महासंघका पूर्व ...
अलपत्र चीन अध्ययन गरेका डाक्टरी विद्यार्थी

अलपत्र चीन अध्ययन गरेका डाक्टरी विद्यार्थी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार – चीनमा एमबीबीएस पढेर कोभिड १९ को महामारीका कारण नेपाल फर्किएका विद्यार्थीहरुले पढाइ सकेपछि नेपालमै इन्टर्नशिप गर्न पाएका छैनन् । विदेशमा एमबीबीएस पढिसकेका विगतका विद्यर्थाीहरुले सजिलै नेपालमा इन्टर्नसीप गर्न पाएको भए पनि चीनमा एमबीबीएस पढेका सन् २०१६ को ब्याचका विद्यार्थीहरुलाई भने सम्बन्धित निकायले विभिन्न विषयमा अल्झाउँदै अहिलेसम्म इन्टर्नशिप गर्न दिएको छैन । चीनमा एबीबीएस पढेका सन् २०१४ र सन् २०१५ को ब्याचका विद्यार्थीहरुको इन्टर्नशिप गराइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सन् २०१७ को ब्याचका विद्यार्थीहरुलाई पनि थप अध्ययन र इन्टर्नशिप पूरा गर्नका लागि चीन पठाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०१६ को ब्याचका विद्यार्थीहरुलाई पनि १.५ (साढे १ वर्ष)को प्रिइन्टर्नशिप र इन्टर्नशिप अवधि तोकेर यसका लागि व्यवस्था मिलाउन यही असार ३ गतेको मन्त्रीस्तरी...
चीनमा महिलामाथि भएको ‘निर्मम’ आक्रमणबाट अत्याचारको खुलासा

चीनमा महिलामाथि भएको ‘निर्मम’ आक्रमणबाट अत्याचारको खुलासा

अपराध, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –केही दिनअघि चीनको उत्तरी हेवेइ प्रान्तको तान्गसान शहरमा पुरुषहरूको एक समूहले महिलाहरूमाथि निर्मम आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनापछि प्रहरीले नौ जनालाई गरिफ्तारसमेत गरेको थियो । उक्त भिडियाले चीनमा महिलाहरुमाथि हुने गरेको हिंसा एवं अत्याचारको एक हिस्सालाई बाहिर ल्याएको छ । महिलामाथि क्रुर आक्रमण भएको भिडियोलाई लिएर सामाजिक सञ्जालमा विश्वले आक्रोश पोखेको थियो । यसभन्दा बढी चीनमा लैगिंक हिंसाको विषयलाई लिएर विश्व जगतमा बहसको विषयलाई उठान गरेको छ । एउटा रेस्टुरेन्टमा बिहानको करिब ३ बजेतिर उक्त घटना भएको थियो । आफ्नो ढाडमा हात राख्ने एकजना पुरुषलाई एक महिलाले पर घचेटेपछि सुरु भएको आक्रमणमा पुरुषले महिलामाथि निर्मम कुटपीट गरेको भिडियोमा देख्न सकिन्छ । सुरुमा महिलासँ निहुँ खोज्ने ती पुरुषले कुटपिट गरेर अन्य पुरुषहरूले ती महिलालाई रेस...
नेपालमा घट्दै चीनको प्रभाव, चिनियाँ गैरजिम्मेवार व्यवहारले नेपाली जनता आक्रोशित

नेपालमा घट्दै चीनको प्रभाव, चिनियाँ गैरजिम्मेवार व्यवहारले नेपाली जनता आक्रोशित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –एक समय थियो, नेपालमा चीनको दबदबा अचाक्ली बढेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को सदस्य बनाएर चिनियाँ सेनाद्वारा सीमा अतिक्रमण गरिएको थियो । सीमा अतिक्रमणको चिनियाँनिकट कम्युनिस्ट सरकारले नै बचाउ गरेको थियो । जसले नेपालीहरुमा तीव्र आक्रोश बढाएको थियो । तर अहिले त्यस्तो अवस्था छैन । चीनको रवैयाले दुई देशबीच अविश्वास बढ्दो छ । अविश्वासका कारण चीनले नेपालमा हासिल गरेको प्रारम्भिक लाभ अहिले घट्दै गएको देखिन्छ । यसले कूटनीतिक सम्बन्ध, व्यापार र व्यापारमा नकारात्मक प्रभाव पारेको छ । त्यसमाथि चिनियाँ राष्ट्रपति सी जिनपिङको महत्त्वाकांक्षी परियोजना बीआरआई पनि ओझेलमा परेको छ । सन् २०२१ मा चीन समर्थक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गरेपछि चीनको निराशाको लागि परिस्थिति झनै खराब भयो । मार्च २०२२ मा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा बीआरआई सम्ब...