Saturday, June 27सत्यम खबर
Shadow

आस्था

ओली र प्रचण्ड पुनर्मिलाउन गराउ चिनियाँ नेता लिउ आउदै

ओली र प्रचण्ड पुनर्मिलाउन गराउ चिनियाँ नेता लिउ आउदै

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २६ असार – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ नेपाल भ्रमणमा आउने भएका छन् । लिउ आइतबार चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भए लगत्तै लिउले नेपालका राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरेका थिए । लिउले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, असार १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ गते परराष्ट्र मन्त्री नारायण खड्कासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । नेपालमा नेपाल कम्युनिष्ट पार्टी बनाउन चीनको मुख्य भूमिका रहेको मानिन्छ । तर नेताहरूका व्यक्तिगत स्वार्थीका कारण नेकपा टिक्न सकेन विभाजनको सङ्घारमा पुगेको थियो । अहिले चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । भ्रमणका क्रममा उनले शीर्ष नेतासहित राष्ट्रपतिलाई भेट्...
वडाध्यक्ष बर्माको सक्रियतामा स्वास्थ्य स्वयंसेविकारूको सम्मान

वडाध्यक्ष बर्माको सक्रियतामा स्वास्थ्य स्वयंसेविकारूको सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २४ असार - बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ को आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान कार्यक्रम वडा अध्यक्ष राजकुमार वर्माको आर्थिक सहयोगमा सम्पन्न भएको छ। सम्मान कार्यक्रममा जानकी गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत दलबहादुर रानाले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको पृष्ठभूमि नेपालमा आर्थिक वर्ष २०४५/४६ देखि तराइका २७ जिल्लामा र क्रमैसँग सबै जिल्लामा स्वास्थ्य सेवक कार्यक्रमको थालनी भएको हो । केन्द्रीय जनवर्गीय महिला संगठन तथा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सुरु भएको सो स्वास्थ्य स्वयंसेवक कार्यक्रममा महिलालाई नै परिचालन गर्ने निर्णय भएको जानकारी गराउनुभयाे । कार्यक्रमको सुरुमा हरेक वडाका १ जना सेविकाका दरले परिचालित हुने गरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय वडाबाटै छनोट गरी १५ दिनको आधारभूत तालिम प्रदान गरी महिला स...
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल

आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २२ असार - नेपालगन्ज उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि पहल अघि बढाएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका १५ वटा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुलाई बुधबार कार्यालयमा बोलाएर नगर प्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । जेष्ठ नागरिकहरु चर्को गर्मी र चिसो मौसममा घण्टौंसम्म लामवद्ध हुँदा एकातिर सास्ती पाएको र अर्कोतर्फ बैंकको सेवा पनि प्रभावित हुने गरेको भन्दै वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आफुहरुको प्राथमिकतामा रहेको बताउनुभयो । नगरसँग पछि गाभिएका वडा नम्बर १३ देखि २३ वडासम्म पहिलो चरणमा कम्तिमा घुम्ती शिविर भएपनि सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गर्नका लागि आवश्यक सहयोग उपमहानगरपालिका र वडा कार्यालयले गर्ने उहाँले बिश्वास ...
महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असार – महिलाका सबै समस्या समाधान गर्न घरभित्रैबाट श्रीमानको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ । श्रीमानको विना अनुमती महिलाले कुनै पनि कार्य गर्न नसक्ने र घर तथा बाहिर सबै तनावको रिस महिलामाथी बर्सने भएकाले महिला संधै पिडित भएर बसीरहनु पर्ने अवस्था रहेको औल्याइएको छ । ११ नं.ं वडा कार्यालय नेपालगन्जको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज बुधबार गरेका सुशासन र महिला सशक्तिकरण सम्वन्धी अनुशिक्षणका सहभागि महिलाहरुले पुरुषले आफ्नै घरबाट महिलामाथीको हिंसा अन्त्य गर्न व्यवहार परिवर्तन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई निर्णय गर्न नदिने, आर्थिक हिसाब किताबको जिम्मेवारी नदिने, जहिले पनि दबाएर राख्ने, अरुको रिसमा कुटने, विभिन्न किसिमका दबाब दिने जस्ता वास्तविक कुराहरु सुनाएका थिए । कार्यक्रममा वडाध्यक्ष नन्दकिशो...
सरकारको मौनता असह्य हुँदा आक्रोशित आम जनता, चिनको हर्कत बिरुद्ध प्रदर्शन !

सरकारको मौनता असह्य हुँदा आक्रोशित आम जनता, चिनको हर्कत बिरुद्ध प्रदर्शन !

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ असार –नेपालका ठुला राजनितिक दलहरूले उठाउन नसकेको मुद्दा स्वतन्त्र नागरिकले उठान गर्न थालेको छ । उत्तरी छिमेकी चीनको हर्कत विरुद्ध सरकार पनि वोल्न नसकेको वेला नेपालका आम जनताले प्रदर्शन गरेर आफ्नो मातृभुमि को रक्षा का लागि संघर्ष को बाटो अपनाएका छन । उनिहरू ले सरकारको मौनता तोड्ने प्रयत्न गर्दै छन । चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमवार राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो । माइतिघरबाट सुरु भएको विरोध -याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो। विरोध -यालीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाईएको थियो। बानेश्वरमा आयोजित कोणसभ...
नेपालमा शक्ति संघर्षको खतरा, अमेरिकी सेना स्वतन्त्र तिब्वतका लागी आउन लागेको नेताहरुको खुलासा !

नेपालमा शक्ति संघर्षको खतरा, अमेरिकी सेना स्वतन्त्र तिब्वतका लागी आउन लागेको नेताहरुको खुलासा !

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २२ असार –नेपाल असंगलन राष्ट्रको परिचय स्थापित गरेको भएपनि २०६३ सालमा आएको गणतन्त पछि आन्तरिक र बाह्य चलखेल शुरू भएको प्रष्ट छ । भारतसँग भातृत्व स्विकार गर्न नसक्नेहरु चिन, अमेरिका लगायतका देशहरु सँग देशको दलाली गर्न उद्धत छन । राजतंत्र र धर्म निरपेक्षता हटाएर आफू खुशि गर्न पाउनु ने दलहरुको मुल आशय रहि आएको छ । पहिले देखि आंकलन गरिएको शक्ति संघर्षको कृडास्थल बन्न सकने खतराको कुरा फेरि उठ्न थालेको छ।चिनको हस्तक्षेप निशर्त स्विकार्नु पर्ने मानसिकता बोकेका कम्यूनिष्ट नेताहरुले अमेरिका संगको सम्झौता लाई लिएर चिता व्यक्त गर्न थालेका हुन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि लड्ने अमेरिकी सेनाको योजना रहेको दावी गरेका छन् । ललितपुरमा शनिबार आयोजित अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक गौतमले यस्तो ब...
चीनमा सत्ताको चरम दमनले धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

चीनमा सत्ताको चरम दमनले धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २२ असार –राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोष्टले जनाएको छ । राष्ट्रपति सीले आफ्नो शक्तिलाई सुदृढ गर्दै थप दमनकारी शासन प्रणाली लागू गरेपछि शरणार्थी बन्न चाहनेहरूको सङ्ख्यामा वृद्धि भएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कले देखाएको हो । चीनबाट शरण खोज्नेहरूको सङ्ख्या डरलाग्दो दरमा बढ्दै गएको उसले दाबी गरेको छ । कोभिड–१९ विरूद्धको चीनको शून्य नीति र अन्य प्रतिबन्धका बाबजुद शरण खोज्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाउँदै उक्त संस्थाले २०१२ यता करिब सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका जनाएको छ । शरण माग्ने ती नागरिकमध्ये ए...
अगुवा कृषकहरुका लागि तालिम सम्पन्न

अगुवा कृषकहरुका लागि तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २१ असार - बाँकेको जानकी गाउँपालिका वडा नं २ मा वडा स्तरीय अगुवा कृषक तालिम जानकी गाउँपालिका कृषि शाखाको आयोजनामा आज मंगलवार सम्पन्न भएको छ । तालिम कार्यक्रमका प्रमुख अतिथी तथा वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको अध्यक्षतामा ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए । वडा अध्यक्ष गुप्ताले - हामी जानकी गाउँपालिका वडा २ का किसानलाई विभिन्न प्रकारका उत्सर्जक कार्यक्रम दिने तथा खेती गर्ने किसानलाई बीउ बिजन उपलब्ध गराई केही कार्यक्रमबाट हुन्छ भने वडाबाट गर्छु र पालिकाबाट गर्ने हो भने पालिकाबाट गराउँछु या प्रदेशबाट हुन्छ भने प्रदेशबाट गराउँछु, तपाईं मेरो प्यारो जनता हो तपाईंको सहयोगले मलाई दोस्रो पटक विजय हासिल गराउनु भएकोमा सम्पूर्ण जनतालाई धन्यबाद ज्ञापन गर्दैछु । यस्तै तालिम कार्यक्रममा जानकी गाउँपालिका कृषि शाखाको प्रमुख मनोज मण्डलले धान बलिको प्याड राख्ने तरिका...
“मानिसको आहारविहार स्वस्थ हुनु पर्ने”

“मानिसको आहारविहार स्वस्थ हुनु पर्ने”

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २१ असार - मानिसको आहारविहार स्वस्थ रहे मात्र स्वास्थ्य राम्रो हुने एक कार्यक्रममा जोड दिइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेद्वारा नरैनापुर गाउँपालिकामा आयोजना गरीएको पालिका स्तरीय स्वास्थ्य जीवनशैली अभियान अन्तर्गत मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने मूला नाराका साथ सम्पन्न भएको छ । कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख डा.अनिलकुमार चौधरीले आयुर्वेदको प्रयोग, स्वास्थ्य जीवन शैली, मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानको औचित्य, कस्तो खाना खाने कस्तो नखाने, योग र ध्यानको महत्व, सर्ने र नसर्ने रोग, आयुर्वेदमा निःशुल्क पाउने शेवा जस्ता विषयमा प्रशिक्षण दिनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले मानिसमा लाग्ने र नसर्ने रोग मध्य नसर्ने रोगको निम्ति आयुर्वेदको औषधि अति प्रभावकारी भएको बताउनु भयो । उहाँले आयुर्वे...
सफल ब्यवसायीलाई सम्मान

सफल ब्यवसायीलाई सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ असार – नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी विकास कार्यक्रम अन्तर्गत लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । मंगलबार नेपालगन्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १७ जना ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो । उनीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवीले सम्मान गर्नुभयो । सो कार्यक्रममा नगर प्रमुख विष्टले साझेदारी विकास कार्यक्रम प्रभावकारी देखिएको भन्दै उपमहानगरको प्राथमिकतामा परेको बताउनुभयो ।उहाँले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकाले उपमहानगरले यसलाई निरन्तरता दिने बताउनुभयो । वडा नम्बर २० का वडा अध्यक्ष धोवीले नागरिकताको भरमा नगरभित्र करिब चार करोड लगानी गरिएको भन्दै यो देशमै नमूनायोग्य काम भएको बताउनुभयो ।सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले नेपालगञजको ...