
काठमाण्डौ, २१ असार –चीनको वुहान सहरमा कोभिड–१९ सङ्क्रमण फैलिन थालेपछि सन् २०२० को सुरुतिरै त्यहाँ विभिन्न किसिमका प्रतिबन्धात्मक व्यवस्थाहरू लागु भए।
अत्यन्त सङ्क्रामक कोभिड नियन्त्रणका लागि भन्दै चीनसम्मको आवतजावत ठप्प भयो। जतिजति सङ्क्रमण फैलँदै गयो विश्वव्यापी रूपमा प्रतिबन्धात्मक व्यवस्थाहरू पनि त्यति नै विस्तार हुँदै गए।

झन्डै साढे दुई वर्षपछि कोभिडको विश्वव्यापी लहर तुलनात्मक रूपमा कम घातक हुँदै गएसँगै कडा पारिएका व्यवस्थाहरू हट्दै गएका छन्।
एक देशबाट अर्को देशको यात्रा सहज हुँदै गएको छ र बजारले पनि पुरानै लय समात्न थाले जस्तो देखिएको छ।
कोभिड–१९ विरुद्ध अत्यन्त कडा व्यवस्था कायमै राखेको उत्तरी छिमेकी चीनमा झन्डै साढे दुई वर्षपश्चात् महामारीकैबीच नेपाल आएका विद्यार्थी बिस्तारै फर्कने क्रम पनि सुरु भएको छ। (radio miteree)
