Monday, April 20सत्यम खबर
Shadow

नेपालमा शक्ति संघर्षको खतरा, अमेरिकी सेना स्वतन्त्र तिब्वतका लागी आउन लागेको नेताहरुको खुलासा !

काठमाण्डौ, २२ असार –नेपाल असंगलन राष्ट्रको परिचय स्थापित गरेको भएपनि २०६३ सालमा आएको गणतन्त पछि आन्तरिक र बाह्य चलखेल शुरू भएको प्रष्ट छ ।

भारतसँग भातृत्व स्विकार गर्न नसक्नेहरु चिन, अमेरिका लगायतका देशहरु सँग देशको दलाली गर्न उद्धत छन । राजतंत्र र धर्म निरपेक्षता हटाएर आफू खुशि गर्न पाउनु ने दलहरुको मुल आशय रहि आएको छ ।

पहिले देखि आंकलन गरिएको शक्ति संघर्षको कृडास्थल बन्न सकने खतराको कुरा फेरि उठ्न थालेको छ।
चिनको हस्तक्षेप निशर्त स्विकार्नु पर्ने मानसिकता बोकेका कम्यूनिष्ट नेताहरुले अमेरिका संगको सम्झौता लाई लिएर चिता व्यक्त गर्न थालेका हुन ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि लड्ने अमेरिकी सेनाको योजना रहेको दावी गरेका छन् ।

ललितपुरमा शनिबार आयोजित अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक गौतमले यस्तो बताएका हुन् । नेपालको भूमि प्रयोग गर्दै तिब्बतलाई स्वतन्त्र गर्ने बहानामा चीन विरोधी गतिविधि संचालन गर्ने अमेरिकी योजना रहेको आरोप उनको छ ।

अ‍ेमरिकी सेना आए पहाड हिमाल सबैतिर जाने र त्यसको काउन्टरमा चीन उत्रिदा धेरै नेपालीले दुःख पाउने बताए । चीनको काउन्टरमा हामी पर्छो । हामी नेपाली कति मर्छौं मर्छौं।’ तर अमेरिकी सेनाको सो प्रयासलाई कम्युनिष्टहरुको शक्तिले असम्भव पार्ने उनको दाबी थियो । यस विषयमा सवै नेपाली पनि सचेत बन्नुपर्ने बताए ।

नेताजीको भनाई अमेरिकी सेनासंग सचेत हुनु पर्ने हो तर उहाँको प्रिय चीनसंग नि ? नेपालको स्वाभिमान माथि चिनीयाँ खतरा पनि छ, त्यो कसरी सहन सकेका होलान भनि जनता अचम्भीत छन । (TD Live)

Leave a Reply

Your email address will not be published. Required fields are marked *