Tuesday, April 21सत्यम खबर
Shadow

सरकारको मौनता असह्य हुँदा आक्रोशित आम जनता, चिनको हर्कत बिरुद्ध प्रदर्शन !

काठमाण्डौ, २२ असार –नेपालका ठुला राजनितिक दलहरूले उठाउन नसकेको मुद्दा स्वतन्त्र नागरिकले उठान गर्न थालेको छ ।

उत्तरी छिमेकी चीनको हर्कत विरुद्ध सरकार पनि वोल्न नसकेको वेला नेपालका आम जनताले प्रदर्शन गरेर आफ्नो मातृभुमि को रक्षा का लागि संघर्ष को बाटो अपनाएका छन । उनिहरू ले सरकारको मौनता तोड्ने प्रयत्न गर्दै छन ।

चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमवार राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

माइतिघरबाट सुरु भएको विरोध -याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो। विरोध -यालीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाईएको थियो।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रीय अध्यक्ष विनय यादवले सम्बोधन गरे। उनले चीनले दशगजामै तारवार र भौतिक संरचना वनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर वसेको भन्दै आक्रोश ब्यक्त गरे। तर, गोरखाका सिडिओ शंकरहरि आचार्यले भने त्यस विषयमा आफुलाई जानरी नभएको वताएका छन् ।

सीमा सम्वन्धि अन्तराििष्ट्रय मान्यता अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचान वनाउन वा तारवार लगाउँन पाईदैन। त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ। तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ।

दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको छ।

यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो। तर, पछि त्यसलाई हटाइयो। चीनकाे यस्ता दुस्सहास प्रति नेपाल सरकारको निरिहपन देखेर जनता आंदोलित भएका हुन । यसको बिषयमा आम नेपाली एकजुट हुनु आवश्यक देखिन्छ । (TD Live)

Leave a Reply

Your email address will not be published. Required fields are marked *