Monday, April 20सत्यम खबर
Shadow

महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

नेपालगन्ज, २२ असार – महिलाका सबै समस्या समाधान गर्न घरभित्रैबाट श्रीमानको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ । श्रीमानको विना अनुमती महिलाले कुनै पनि कार्य गर्न नसक्ने र घर तथा बाहिर सबै तनावको रिस महिलामाथी बर्सने भएकाले महिला संधै पिडित भएर बसीरहनु पर्ने अवस्था रहेको औल्याइएको छ ।


११ नं.ं वडा कार्यालय नेपालगन्जको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज बुधबार गरेका सुशासन र महिला सशक्तिकरण सम्वन्धी अनुशिक्षणका सहभागि महिलाहरुले पुरुषले आफ्नै घरबाट महिलामाथीको हिंसा अन्त्य गर्न व्यवहार परिवर्तन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई निर्णय गर्न नदिने, आर्थिक हिसाब किताबको जिम्मेवारी नदिने, जहिले पनि दबाएर राख्ने, अरुको रिसमा कुटने, विभिन्न किसिमका दबाब दिने जस्ता वास्तविक कुराहरु सुनाएका थिए ।


कार्यक्रममा वडाध्यक्ष नन्दकिशोर कहारले मधेशी समुदायका महिलाहरुमा जागरुकताको अभावमा विभिन्न समस्या सहनु परेको भन्दै महिलाहरुको सशक्तिकरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले वडाका महिलाहरुको क्षमता अभिबृद्धि गर्न विशेष कार्यक्रम ल्याएर सशक्तिकरणमा सहयोग पुर्याउने प्रतिबद्धता गर्नुभयो ।


कार्यक्रममा अधिबक्ताहरु सुदिप भटराई, पुनम श्रेष्ठ, रविन्द्रकुमार ज्ञवाली र लक्ष्मी तिवारीले सहजीकरण गर्नु भएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, वडा अन्तर्गत महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *