
सकिल अहमद राई
जानकी, २४ असार – बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ को आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान कार्यक्रम वडा अध्यक्ष राजकुमार वर्माको आर्थिक सहयोगमा सम्पन्न भएको छ।
सम्मान कार्यक्रममा जानकी गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत दलबहादुर रानाले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको पृष्ठभूमि नेपालमा आर्थिक वर्ष २०४५/४६ देखि तराइका २७ जिल्लामा र क्रमैसँग सबै जिल्लामा स्वास्थ्य सेवक कार्यक्रमको थालनी भएको हो । केन्द्रीय जनवर्गीय महिला संगठन तथा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सुरु भएको सो स्वास्थ्य स्वयंसेवक कार्यक्रममा महिलालाई नै परिचालन गर्ने निर्णय भएको जानकारी गराउनुभयाे ।
कार्यक्रमको सुरुमा हरेक वडाका १ जना सेविकाका दरले परिचालित हुने गरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय वडाबाटै छनोट गरी १५ दिनको आधारभूत तालिम प्रदान गरी महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा परिचालित गरिएको बताउनु भएको छ।
त्यसै गरी बाँकेको जानकी- ३ कि स्वास्थ्य प्रमुख चन्द्रवती रोकायले स्वागत मन्तब्य राख्दै महिला स्वयंसेविकाहरू आफूले दिन रात खटि काम गर्दै आएकाे हुँदा वहाँहरूको लागि परिचय पत्र बनाई दिनुका लागि सम्बन्धित पक्षलाई अनुरोध गर्नुका साथै सम्मान कार्यक्रमकाे लागि वडा अध्यक्ष बर्मालाई धन्यबाद ज्ञापन गरेका थिए ।
जानकी ३ का महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई खादा, टिका लगाएर १६ जना स्वयंसेविकाहरूलाई सम्मान गरेको थिए ।
कार्यक्रमकाे अध्यक्षता वडा अध्यक्ष राजकुमार वर्मा र प्रमुख अतिथिमा जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, अथितिमा जानकी- ३ कि स्वास्थ्य प्रमुख चन्द्रवती रोकाय, दिनेश मिश्रा, प्र अ आदित्यकुमार वर्मा, समाजसेवी धर्मराज बर्मा, अमिन दर्जी महिला स्वास्थ्य स्वयंसेविकाहरु पत्रकार लगायत ५० जनाको उपस्थिति रहेको थियो ।
