Friday, April 17सत्यम खबर
Shadow

बाल सुधार गृहलाई पुस्तक सहयोग

नेपालगन्ज, २८ असार – बाँकेको जयेन्दु बाल सुधार केन्द्रको पुस्तकालयलाई पुस्तक सहयोग गरिएको छ ।
जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले मंगलबार सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरेका हुन् ।


सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् ।
कार्यक्रममा प्रमुख पाण्डेले सुधार गृहका लागि पुस्तक संकलन अभियान नै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *