Thursday, April 16सत्यम खबर
Shadow

नेपालगन्जमा २०९ औं भानु जयन्ती मनाईयो

नेपालगन्ज, २९ असार – नेपालगन्ज न्यूरोड स्थिति भानुभक्त चोकमा २०९ औं भानु जयन्ती समारोह सभ्य र भब्य तवरले मनाईएको छ ।


भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति एवम् भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँकेको संयुक्त आयोजनामा भब्य र सभ्य रुपमा २०९ औं भानु जयन्ती समारोह आज बुधबार मनाईएको छ ।


नवनिर्मित भानुभक्ताको प्रतिमालाई प्रमुख अतिजिमार्फत माल्यर्पण गरेर मनाईएको २०९ औं भानु जयन्ती समारोहमा भानुभक्त आचार्यको जीवनबारे साहित्यकार हरि तिमिल्सिनाले प्रकाश पारेका थिए ।


कार्यक्रममा भानुभक्तचोक संरक्षण तथा व्यवस्थापन समितिका कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ साहित्यकार तथा लेखक सनत रेग्मी, साहित्यकार किरण कोइराला, खगेन्द्र गिरी “कोपिला” समाजसेवी मधु सुदन शर्मा, नरेन्द्र पिटरलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भानु चोक निर्माणमा सहयोग पु¥याए वापत विभिन्न सामाजिक अभियान्ताहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *