Sunday, June 28सत्यम खबर
Shadow

आस्था

भारतले अनुभवी राजदूत पठाएको भन्दै राष्ट्रियसभा अध्यक्षले गरे प्रशंसा

भारतले अनुभवी राजदूत पठाएको भन्दै राष्ट्रियसभा अध्यक्षले गरे प्रशंसा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३२ असार – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उनीहरुबीच शिष्टाचार भेट भएको हो। भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गरे । अध्यक्ष तिमिल्सनाले नेपाल-भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भने, ‘नेपाल-भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामी मध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’ छिमेकी देश...
जसपाका ६९ जनाको सामूहिक राजीनामा

जसपाका ६९ जनाको सामूहिक राजीनामा

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, समाचार
विरगञ्ज, ३२ असार – जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रीय सदस्यसहित ६९ नेता-कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् ।पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजीनामा दिएका हुन् । शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टचार हाबी भएको आरोप लगाउँदै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पूँजी हुनेहरुको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको केन्द्रीय सदस्य वीरेन्द्र यादवले बताएका छन् । उनले पार्टीमा नियत राम्रो नभएका व्यक्त...
प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३२ असार –भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरे । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताए । गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दि...
नेताहरूको घर घुमेर एकअर्काको पोल लगाई खानेका दिन गएः राजेन्द्र लिङ्देन

नेताहरूको घर घुमेर एकअर्काको पोल लगाई खानेका दिन गएः राजेन्द्र लिङ्देन

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ३२ असार –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले असन्तुष्ट नेताहरूलाई पार्टी खोल्न वा अर्को पार्टी प्रवेश गर्न चुनौती दिएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिङ्देनले भने, “राप्रपामा शीर्ष नेताहरुबीच विवाद भएको कुरा कपोलकल्पित र हावादारी प्रचार हो । नेताहरुलाई उकासेर, घर चक्कर लगाएर, एउटाको पोल अर्कोलाई सुनाएर खानेका दिन गए । त्यसरी कोही नेता पनि बन्न सक्दैन, पार्टी पनि बन्न सक्दैन । पार्टीमा पद प्रतिष्ठालाई मुख्य विषय बनाउनेका सन्दर्भमा मलाई केही भन्नु छैन । तिनले नयाँ पार्टी खोले पनि हुन्छ, अर्को पार्टीमा गए पनि हुन्छ ।” पार्टीमा कमल थापा, पशुपति शमशेरसहित तीन जना अध्यक्ष बनाउने कुरा पनि उनले अस्वीकार गरे । राप्रपा अध्यक्ष लिङ्देनले भने, “पार्टीले वैकल्पिक शक्ति बन्ने एउटा बाटो...
को हुन् चीनकी सरला

को हुन् चीनकी सरला

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ३२ असार –नेपाली नाम सरला र वास्तविक नाम चेङ योउया । नेपाली भाषा राम्ररी बोल्न र लेख्न सक्ने चेङले नेपाली नाम सरला राखेकी हुन् ।त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा समेत अध्ययन गरेकी उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागकी सदस्य हुन् । नेपाल मामलामा उनी जानकार पनि छिन् । चिनियाँ अन्तर्राष्ट्रिय विभागका प्रमुख लिय जियान्चाओको नेतृत्वको नेपाल भ्रमण गर्ने टोलीमा थिइन् चेङ । भ्रमण टोली चीन फर्किएपनि चेङ नेपालमै छिन् । उनी अर्को सातामात्र फर्कने बुझिएको छ ।चेङले लिउसहितको टोलीको प्रधानमन्त्री शेरबहादुर देउवा, शिर्ष नेताहरु केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथखनालका अलावा अन्य भेटहरुमा अनुवादकको भूमिका खेलिन् । नेपाली नेताहरुले नेपालीमै बोले । चिनियाँ नेताले चिनियाँ भाषामा बोले ।चेङ नेपाली नेताहरुसँग पनि नियमित सम्पर्कमा रहने गरेकी छिन् । उनले ...
‘चीनको प्राथमिकता’ मा ओली त्यसपछि प्रचण्ड अनि माधव नेपाल

‘चीनको प्राथमिकता’ मा ओली त्यसपछि प्रचण्ड अनि माधव नेपाल

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ३२ असार – कूटनीतिमा बडी ल्यांग्वेजले पनि धेरै सन्देश दिइरहेको छ । कुनैपनि भ्रमणमा नेताहरुबीचको हाउभाउ र हातेमालोको शैलीको पनि आफ्नै सन्देश हुन्छ । यस्तै सन्देश दिएको छ चीनले आफ्ना विदेश विभाग प्रमुखसहितको टोली नेपाल पठाए ।चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओसहितको टोली नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएको छ । टोली भ्रमण समयमा अति व्यस्त भयो । लामो लामो समय नेताहरुसँग भेटवार्ता गर्यो । सीसीपीले यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निकै महत्व दियो । ओलीसँग लिउले चार घन्टा बालकोट पुगेर भेटवार्ता गरे । यो उनले कुनैपनि नेतासँग गरेको भेटवार्तामध्ये सबैभन्दा लामो हो । विदेश विभाग प्रमुख नियुक्त भएको एक महिनामा उनले यति लामो समय कुनैपनि देशको नेतासँग छलफल गरेका छैनन् । यो आफैमा किर्तिमान हो उनका लागि । ओली यसकारण पनि चीनले महत्व दिएकामा पर्दछन...
बाबुराम भट्टराईदेखि रेणु यादवसम्मलाई लोसपामा स्वागत छः अनिल झा

बाबुराम भट्टराईदेखि रेणु यादवसम्मलाई लोसपामा स्वागत छः अनिल झा

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ३२ असार – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिलकुमार झाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिनसहने नेता भएको आरोप लगाएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने, “उपेन्द्रजी आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहनुहुन्न । त्यसैले उहाँको प्रतिस्पर्धी अटाउन गाह्रो छ । हामीले जसपामा हुँदै उपेन्द्रजीबाहेकको राजनीति अघि बढाउनुपर्ने कुरा साथीहरुलाई पटकपटक राखेका थियौं । त्यस बेला उहाँहरुले बेवास्ता गर्नुभयो । अहिले बाबुराम भट्टराईदेखि रेणु यादवसम्मले त्यो कुरा महसुस गरिरहनुभएको छ भने लोसपामा स्वागत गछौं ।” आगामी संघ र प्रदेशको निर्वाचनमा जसपा कमजोर हुने र लोसपाको शक्ति पुनः आर्जन हुने पनि नेता झाले दाबी गरे । उनले थपे, “स्थानीय तहमा जसपाको ...
वडाध्यक्ष पुनद्वारा विभिन्न जातका बिरुवा निःशुल्क वितरण

वडाध्यक्ष पुनद्वारा विभिन्न जातका बिरुवा निःशुल्क वितरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
आकाश गुप्तानेपालगन्ज, २९ असार - नेपालगन्ज उपमहनगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले आज बुधबार वडाबासीहरूलाई २००० हजार भन्दा बढी बिरुवा निःशुल्क वितरण गरेका छन् । वडाध्यक्ष पुनकाे सक्रियतामा वडाकाे बृहत् हरियाली विकास गरिने उद्देश्यका साथ "हाम्रो वडा राम्रो वडा" अन्तर्गत उक्त निःशुल्क बिरुवा वितरण कार्यक्रमको आयोजना गरिएको हो । वन कार्यालय बाँकेको सहयोग तथा वडा नं. ४ वडा कार्यालयको आयोजनामा फलफूल जडिबुटी लगायत विभिन्न किसिमको बिरुवाहरु निःशुल्क वितरण गरिनुका साथै वडाबासी मध्ये काेही छुटेकाे भए भाेलिका दिनमा वडा कार्यालय पुगी बिरुवा लिन समेत वडाध्यक्ष पुनले आग्रह गर्नु भएको छ ।...
प्रमुख जिउको एमाले अध्यक्ष ओलीसँग भेट

प्रमुख जिउको एमाले अध्यक्ष ओलीसँग भेट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ असार – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।भेटका लागि लिउ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देश बीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् ।चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।...
भारतीय प्रहरीद्वारा रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

भारतीय प्रहरीद्वारा रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

अपराध, आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
वीरगञ्ज, २९ असार – नेपालबाट भारतको दिल्ली तर्फ जाँदै गरेकी दुई युवतीको उद्दार गरिएको छ । भारतीय प्रहरीले उनीहरुको शुक्रबार राती नेपाल र भारतको सिमावर्ती शहर रक्सौलको रेल्वे स्टेशनबाट उद्दार गरेको हो ।भारतीय प्रहरीको एन्टी ह्युमन ट्राफीकिङ् यूनिटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मनोज कुमारको नेतृत्वमा खटेको टोलीले युवतीहरुलाई उद्दार गरेर नेपालस्थित माइती नेपाल संस्थाको जिम्मा लगाएको छ ।युवतीहरुलाई गएराती इन्स्पेक्टर मनोज शर्माको टोलीले रक्सौलस्थित रामजी चोकबाट उद्दार गरेको जनाईएको छ । भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार युवतीहरुलाई केही प्रलोभन देखाएर ट्रेन चढी भारतको दिल्ली पुग्ने निर्देशन दिइएको थियो । त्यसकोलागी युवतीहरु तिन दिन अगाडि काठमाडौँस्थित आफ्नो घरबाट केही पैसा र गहना चोरी गरेर भारतको लागि हिडेका थिए । युवतीहरु हराएको भन्दै अभिभावकले नेपाल प्रहरीलाई जानकारी समेत ...