Friday, April 17सत्यम खबर
Shadow

“नेपालमा अनावश्यक सक्रियता बढाउदै चीन”

काठमाण्डौ, २८ असार –चिनले आफ्नो बिदेस नितीमा नेपाल मिसनलाई प्रमुखता मा राखेको छ । केही महिना अघि संसदबाट अमेरिकी सहयोग परियोजना एम सि सि पास भए संगै नेपालका मुलधारका राजनैतिक दल विच भएको तीव्र धुव्रिकरणलाई आफु अनुकुल प्रयोग गर्दै नेपाल मिसनलाई सक्रिय तरिकाले भरपुर प्रयोग गर्न लागिपरेको छ ।

राजनैतिक संकट बढीरहेको बेला मै चिनिया राजदुतको सक्रियता र चिनिया विदेशमन्त्री वाङ यी को केही समय अगाडी भएको भ्रमणले धेरै कुराको अर्थ राख्छ । एम.सी सी लाई नेपालमा कार्यान्वयन हुन नदिन र चिनिया परियोजना वेल्ड एण्ड रोड इनिसिएटिभ – वि.आर.आई लाई सफल बनाउने रणनितीका साथ प्रक्रियागत रुपमा नै चिनको सक्रियतालाई लिन सकिन्छ । चिनको नेपाल नितिमा केही परिर्वतन हुन सक्ने सम्भावनाहरु बढेर गएको छ ।

तर नेपाल प्रतिको परराष्ट्र निती कस्तो हुने हो भन्ने कुरा नेपालका राजनैतिक दलहरुको व्यवहार लाई हेरेर मात्र तय गर्न र भु राजनितीक हिसाबमा चिनलाई अफ्ठ्यारो नपर्ने हिसाबले साथै क्षेत्रिय राजनितीमा आफ्नो बर्चस्व लाई कायम मै राख्ने गरि तय गर्ने देखिन्छ । विशेष गरेर एम.सि.सिपास गरिसकेपछीको नेपालको राजनितीक अवस्थामा आएको परिवर्तित राजनैतिक धुव्रिकरणलाई नै प्रमुख मिसन बनाउने र सुस्त र मन्द गतिमा दलहरुमाथि फेरी हस्तक्षेप र दवाव सिर्जना गर्ने मनस्थिती चिनको रहेको छ ।

नेपाल भुराजनितीक रुपमा महत्वपुर्ण र प्राकृतिक रुपमा पनि सम्भावना बोकेको मुलुक भएकोले चिनले नेपाल माथि आफ्नो नजर लगाउन सुरु गरेको छ । चिन नेपालमा आफ्नो उपस्थितीलाई अझ ससक्त बनाउन खोजिरहेको छ । नेपाललाई प्रयोग गरेर आफ्नो मुलुक माथि कुनै गतिविधि हुन्छन् कि भन्ने आसंका ले गर्दा नेपाल माथिको चिनिया प्रभाव अझ दरिलो बनाउन सर्तकताको साथ आफ्नो रणनैतिक खेललाई भरमग्दुर प्रयोग गरिरहेको छ र नेपाल माथिको दवावलाई कुटनितीक तरिकाले अझ बढाई रहेको छ ।

औपचारिक र आधिकारीक कुटनितीक सम्बन्धलाई प्राथमिकता दिने बाहानामा चिनले नेपालका नेताहरुलाई बारम्बार सम्पर्क गर्ने आफ्नो राय दिने गरेका छन् । यसबाट नि के देखिन्छ भने नेपाल मामिलामा चिन चनाखो रुपमा सक्रिय रहेको र आफ्नो सरोकारका मुद्धाहरुलाई स्थापित गराउन बढी हस्तक्षेपकारी भुमिका प्रस्तुत भईरहेको छ ।

नेपाल संगको सम्बन्धलाई बढावा दिने बहानामा अमेरिका , भारत जस्ता नेपालका मित्रराष्ट्र मुलुकहरुलाई नेपाल प्रवेशमा रोक्ने र नेपालमा एक क्षत्र गतिविधिमा संलग्न भई आफुलाई अप्ठ्यारो पार्न नदिने नितीमा चिन रहेको छ । नेपालमा आर्थिक र राजनैतिक लाभ लिन सकिने उद्धेश्यले वि.आर.आई मार्फत खर्वौ डलर ऋण भार बोकाएको चिनले नेपालको संसदबाट एम.सि.सि पास भए पश्चात नेपाल प्रति हेर्ने दृष्टिकोणमा केही परिवर्तित स्वरुपहरु देखाउन सुरु गरिसकेको छ ।

यसको मतलव एम.सि.सि विरोधि राजनैतिक दल र तिनका नेता संग उसको सामिप्यता बढेर जान सक्छ यसो हुनु भनेको नेपालमा फेरी राजनैतिक द्धन्द्ध सु्रु हुने र यसले राजनैतिक धुव्रिकरणलाई अझ बढाउंदै लाने निश्चित प्राय छ । नेपाललाई चिनले क्षेत्रिय सुरक्षा , व्यापार र आर्थिक लाभको लागि रणनितिक रुपमा प्रयोग गर्न खोजिरहेको छ । चिनले अगाडी सारेको वेल्ड एण्ड रोड ईनिसिएटीभ –( वि.आर.आई ) परियोजनाको सुरक्षाको लागि पनि नेपाल माथिको आफ्नो दवाव र प्रभावलाई यथावत राख्न चाहान्छ । चिनले नेपाल माथि बढाएको अनावश्यक सक्रियताले चिनलाई लाभ पुगेपनि नेपालले त्यस बाट कुनै उपलब्धि हासिल गर्न सक्ने छैन ।

चिनले नेपाल प्रतिको अवको नितिमा ऋण लगानी र एम.सि.सि विरोधी राजनितिक दलहरु माथिको आफ्नो प्रभाव लाई नै सक्रिय रुपमा अगाडी बढाउने आंकलन राजनैतिक विश्लेषकहरुको आंकलन रहेको छ । (TDL)

Leave a Reply

Your email address will not be published. Required fields are marked *