
काठमाण्डौ, २९ असार – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
भेटका लागि लिउ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देश बीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् ।
चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
