
आकाश गुप्ता
नेपालगन्ज, २९ असार – नेपालगन्ज उपमहनगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले आज बुधबार वडाबासीहरूलाई २००० हजार भन्दा बढी बिरुवा निःशुल्क वितरण गरेका छन् ।
वडाध्यक्ष पुनकाे सक्रियतामा वडाकाे बृहत् हरियाली विकास गरिने उद्देश्यका साथ “हाम्रो वडा राम्रो वडा” अन्तर्गत उक्त निःशुल्क बिरुवा वितरण कार्यक्रमको आयोजना गरिएको हो ।
वन कार्यालय बाँकेको सहयोग तथा वडा नं. ४ वडा कार्यालयको आयोजनामा फलफूल जडिबुटी लगायत विभिन्न किसिमको बिरुवाहरु निःशुल्क वितरण गरिनुका साथै वडाबासी मध्ये काेही छुटेकाे भए भाेलिका दिनमा वडा कार्यालय पुगी बिरुवा लिन समेत वडाध्यक्ष पुनले आग्रह गर्नु भएको छ ।
