
काठमाण्डौ, ९ साउन –चार साना कम्युनिष्ट पार्टीहरुले कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने निर्णय गरेका छन् ।

आइतबार थापागाउँमा बसेको चार कम्युनिष्ट पार्टीहरूको बैठकले जनताको चाहाना, आगामी जनसंघर्षको आवश्यकता र चार पार्टीको दायित्वलाई दृष्टिगत गरी आगामी दिनमा कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले गरेका निर्णयहरु यही साउन १० गतेको पत्रकार सम्मेलनबाट घोषणा गर्ने पनि बैठकमा सहमति भएको छ । बैठकले चार पार्टीको संघर्षमा सामेल हुन सबैलाई अपिल गरेको छ ।
