Monday, June 29सत्यम खबर
Shadow

आस्था

एडीबीद्वारा पाकिस्तानलाई १५ अर्ब अमेरिकी डलर ऋण सहयोग

एडीबीद्वारा पाकिस्तानलाई १५ अर्ब अमेरिकी डलर ऋण सहयोग

आर्थिक, आस्था, मौसम, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ कार्तिक – एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ । पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो । हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुर्‍याएको परिप्रेक्ष्यमा पाकिस्तानमा जनता, जीविकोपार्जन र पूर्वाधारमा सहयोग पुर्‍याउन एडीबीले जारी गरेको महत्वपूर्ण प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उपलब्ध गराइएको एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैङ्कले भनेको छ, ‘पाकिस्तानी सरकारलाई आफ्नो विकास खर्च प्याकेज कार्यान्वयन गर्न आवश्यक वित्तीय सहयोग प्रदान गर्नेछ, जुन संकटको समयमा प्रायः असमान रूपमा प्रभा...
संविधान विपरीत जसपाको घोषणापत्र, के छ घोषणापत्रमा ?

संविधान विपरीत जसपाको घोषणापत्र, के छ घोषणापत्रमा ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ कार्तिक – तत्कालीन राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनको लागि आफ्नो विधानमा बहुराष्ट्रिय राज्य शब्द राखेपछि त्यस शब्दलाई निर्वाचन आयोगले अस्वीकार गरेको थियो । बहुराष्ट्रिय राज्य शब्द परिमार्जन गर्न आयोगले जसपालाई निर्देशन दिएको थियो । अहिले जनता समाजवादी पार्टी जसपाले आफ्नो घोषणा पत्रमा त्यही शब्द प्रयोग गरेको छ । साथै प्रदेशहरुलाई स्वायत्त बनाउने प्रतिबद्धता गरिएको छ । यद्यपि उक्त घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । प्रेसले भने छापिसकेको जसपा स्रोतको भनाइ छ । घोषणा पत्रमा स्पष्टसँग भनिएको छ, ‘संघीय गणतन्त्र नेपाल अखण्ड अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न बहुराष्ट्रिय राज्य हुनेछ ।’ बहुराष्ट्रिय राज्य स्थापनाको लागि वर्तमान संविधानमा अभ्यास भए अनुरुप अभ्यासमा आएका सात प्रदेशको संघीय संरचनालाई संविधानको मर्म, भावना अनि संविधानले नै व्...
तिब्बतीहरुलाई सामुहिक डिएनए नमूना जाँच परिक्षणको पर्दाफास

तिब्बतीहरुलाई सामुहिक डिएनए नमूना जाँच परिक्षणको पर्दाफास

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ कार्तिक – सेप्टेम्बर २०२२ः मानव अधिकार वाच को रिपोर्टले तिब्बतमा चिनियाँ निगरानी र प्रहरीको थोरै ज्ञात पक्षलाई प्रकट गर्दछ। यसले सिनजियाङमा मा यसअघि उइघुर मुस्लिमहरूसँगको घटनामा पाइएको तिब्बतमा डीएनए प्रोफाइलिङको घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ . यस्तो डीएनए को व्यापक संग्रह तिब्बती स्वायत्त क्षेत्र (TAR) र सिन्जियाङ दुबै तर्फ गरिएको पाइन्छ । चीन तल्लो तहमा डाटा अधिग्रहण र अनुगमन क्षमता बढाउन चाहन्छ । मास डीएनए सङ्कलन ले चीनको प्रशासनको साँघुरो मानसिकता र गाउँ(स्तरीय प्रहरी पहलहरू बढाएर गरिने राज्य निर्देशित सर्भिलियन्सको स्पष्ट झल्को दिन्छ । उल्लेखनीय कुरा के छ भने, डीएनए नमूनाहरूमा व्यक्तिको पहिचान गर्ने शक्ति मात्र हुँदैन तर व्यक्तिको आनुवंशिक आफन्तहरू पनि ट्र्याक गर्न सकिने हुन्छ । व्यक्तिहरूलाई जानकारी नै निदई र सहमति बिना नै राज्यले आफ्नो सर्भिलिय...
ग्रामिण क्षेत्रपछि शहर केन्द्रित बन्दै स्वतन्त्र उम्मेदवार ‘दिवाकार खनाल’

ग्रामिण क्षेत्रपछि शहर केन्द्रित बन्दै स्वतन्त्र उम्मेदवार ‘दिवाकार खनाल’

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक – आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागी बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा पदमा स्वतन्त्र उम्मेदवारका रुपमा अगाडि बढेका दिवाकर शर्मा खनाल आफ्नो चुनावी घरदैलो कार्यक्रम शहर केन्द्रित बनाएका छन् ।रोचक शैलीमा चुनावी कार्यक्रममा हिडेका खनाल हसिलो मुहार सहित जनताको घरदैलोमा पुग्दा स्थानियबासीहरु निकै खुशी देखिएका थिए । हिन्दु धर्मका इमान्दार नेताका रुपमा विगत लामो समयदेखि देखिएका स्वतन्त्र उम्मेदवार खनालले अर्ना चुनाव चिन्ह सहित घरदैलोमा पुगेका हुन ।जित हार भन्दा पनि हिन्दु एकताका लागि आफ्नो उम्मेदवारी रहेको बताउने खनालले आफुलाई सबैको सहयोग रह्ने विश्वास लिएको बताउँछन् । स्वतन्त्र उम्मेदवार दिवाकर भन्छन, ‘धर्मको नाममा राजनिति गर्नेहरुको विरुद्धमा मेरो उम्मेदवारी हो, हामी धर्मको पक्षमा इमान्दार रहनु पर्दछ ।’नेपाल शिवसेना लगायतका संगठनहरुको साथ र सहय...
जसपाले २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने

जसपाले २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ कार्त्तिक - जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का सबै वडाहरूमा आइतबार एकैपटक चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ। यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्। यी सबै वडामा एकैपटक घरदैलो कार्यक्रमहरू सुरुवात हुने र त्यसपछि त्यो चुनावसम्मै निरन्तर रहने पनि जसपाले जनाएको छ। घरदैलो कार्यक्रमको सुरूवात जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले डुडुवा गाउँपालिका वडा नं ६ बाट गर्नेछन्। त्यसपछि सबै वडामा त्यहाँका अगुवाहरूले घरदैलो कार्यक्रमलाई अघि बढाउनेछन्। जसपाले शनिबार नेपालगन्जमा राखेको निर्वाचन क्षेत्रस्तरीय बैठक तथा प्रशिक्षणपछि उसले यस्तो निर्णय गरेको हो। बैठकले निर्वाचनका लागि विभिन्न परिचालन कमिटी पनि गठन गरेको छ। जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्ष...
विकास र भ्रष्टाचारबारे सार्वजनिक बहस गरौं: राई

विकास र भ्रष्टाचारबारे सार्वजनिक बहस गरौं: राई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ कार्तिक - जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफू बहस गर्न चुनौती दिएका छन्। आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताए। ‘कसैले भनिरहेका छन् कि इश्तियाक राईले भ्रष्टाचार गरिरहेको छ, झुटा बाचाहरू गरिरहेको छ। तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, विपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु‘ उनले भने ‘कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ। तपाईंहरूसँग मेरा विरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु। प्रमाणित गरिदिनुस् कि मैल...
राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व, सी विचारधार अझै सशक्त वनाईने

राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व, सी विचारधार अझै सशक्त वनाईने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ कार्तिक – बेईजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व प्रदान गरेको छ। महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। जसमा ११ जना मात्रै महिला छन् । उक्त महाधिवेशनबाट स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन भने विदा भएका छन्। वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष, ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष र हान उपप्रधानमन्त्री हुन् । प्रधानमन्त्री ली पार्टीको दोस्रो वरियतामा थिए भने तेस्रो वरियतामा रहेका लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । तर, ६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा ...
अमेरिकी प्रयोगशालाहरूमा काम गर्ने वैज्ञानिक चीनको निशानामा : रिपोर्ट

अमेरिकी प्रयोगशालाहरूमा काम गर्ने वैज्ञानिक चीनको निशानामा : रिपोर्ट

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ कार्तिक – चिनियाँ सरकारले हाइपरसोनिक्स, गहिरो पृथ्वीमा प्रवेश गर्ने जस्ता क्षेत्रमा प्रमुख सैन्य र दोहोरो प्रयोग गर्ने प्रविधिहरू अगाडि बढाउन, वारहेड, मानवरहित स्वायत्त सवारी (यूएभी) र जेट इन्जिनहरू, स्ट्राइडर टेक्नोलोजी निर्माण हुने न्यू मेक्सिकोको लस अलामोस राष्ट्रिय प्रयोगशालामा काम गरेका वैज्ञानिकहरू भर्ती गरेको एक रिपोर्टले जनाएको छ। स्ट्राइडर प्रविधिमा साल्ट लेक सिटी, उटामा स्थित एक सुरक्षा र खुफिया फर्म हो। इन्टेलिजेन्स थिंक ट्याङ्कले ग्राहकहरूलाई राष्ट्र-राज्य-निर्देशित आईपी चोरी र आपूर्ति शृङ्खला कमजोरीहरूलाई सक्रिय रूपमा पहिचान गर्न, व्यवस्थापन गर्न र प्रतिक्रिया दिन सक्षम बनाउँछ। प्रतिवेदनले प्रकाश पारेको छ कि तीन दशकमा १६० भन्दा बढी अनुसन्धानकर्ताहरू आणविक र अन्य उन्नत हतियार कार्यक्रमहरूलाई मद्दत गर्न चीन फर्केका थिए। 'सन् १९८७ र २०२१ को बीचमा लस अलामोसमा...
तिहार शुरु, आज धनतरेश, यसपालि तिथि गढबढ, कहिले के गर्ने ?

तिहार शुरु, आज धनतरेश, यसपालि तिथि गढबढ, कहिले के गर्ने ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ५ कार्तिक – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । आइतबार बेलुकी ०५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ०५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक शुरु हुने समितिले जनाएको छ । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्...
उपेन्द्र यादव: लोभले लाभ, लाभले विलाप हुने स्थितिमा

उपेन्द्र यादव: लोभले लाभ, लाभले विलाप हुने स्थितिमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ५ कार्तिक – चीनसँग गहिरो सम्बन्ध भएका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लोभले लाभ र लाभले विलाप हुने स्थितिमा पुगेका छन्। विगत डेढ वर्षदेखि नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव अहिले आफैँले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भएका छन्। चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका भए पनि आगामी निर्वाचनमा भने आफू र पुरै पार्टी पराजय व्यहोर्ने स्थितिमा पुगेका छन्। उनका लागि नेकपा एमाले परित्याग गरेका प्रभु शाह, मधेसको राजनीति गरिरहेका सिके राउत र केही समयअघि पार्टी विभाजन भई बनेको लोसपा उनका लागि चुनौती बनेका छन्। चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान उपेन्द्र यादवका लागि सत्य साबित भएको छ। उनले एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेको भए पनि आफैँ हार्ने अवस्थामा पुगेका छन्। यद्यपि उनले भने आत्म सन्तुष्टिका लागि आफूलाई कन्भिन्स भने गर...