Tuesday, November 26सत्यम खबर
Shadow

राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व, सी विचारधार अझै सशक्त वनाईने

काठमाण्डौ, ५ कार्तिक – बेईजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व प्रदान गरेको छ। महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। जसमा ११ जना मात्रै महिला छन् ।

उक्त महाधिवेशनबाट स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन भने विदा भएका छन्। वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष, ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष र हान उपप्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री ली पार्टीको दोस्रो वरियतामा थिए भने तेस्रो वरियतामा रहेका लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । तर, ६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् ।

केन्द्रीय कमिटीको आईतवार वस्ने पहिलो बैठकले केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटी गठन गर्ने जनाईएको छ। एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ ।

चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ । पाँच वर्षअघि भएको पार्टीको १९ औं महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *