अखण्ड भारतको सपनामा नेपाल पनि ?
काठमाण्डौ, ५ कार्तिक – भारतको अतिवादी हिन्दु संगठन–राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) सदस्यहरू अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमार, तिब्बत, भुटान, नेपालदेखि अक्साई चीनसम्मको भूभागलाई समेटिएको ‘अखण्ड भारत‘ को नक्सा राख्न थालेका छन्।
नयाँ दिल्ली: राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतले गत महिना ‘अखण्ड भारत’ को सपना आगामी १० देखि १५ वर्षमा वास्तविकतामा परिणत हुने भनेर गरेको भाषणसँगै एउटा राजनीतिक तूफान सिर्जना भएको छ।
भागवतले हरिद्वारमा एक सभालाई सम्बोधन गर्दै भन्नुभएको थियो, ‘हाम्रो कार स्टार्ट भयो, ब्रेक बिनाको गाडी छ, एक्सलेटर मात्र छ। जो रोक्न खोज्छन्, तिनीहरू नष्ट हुन्छन्। आउन चाहनेले आएर बस्नुस्, गाडी रोकिँदैन।
अहिलेको गतिमा हिड्ने हो भने आगामी २०–२५ वर्षमा ‘अखण्ड भारत’ को परिकल्पना यथार्थमा परिणत हुने भागवतले बताउनु भयो। तर यदि हामीले अलिकति बढी...









