Monday, June 29सत्यम खबर
Shadow

आस्था

भारतीय मूलका ऋषि सुनक यसपालि बन्लान् बेलायतका प्रधानमन्त्री ?

भारतीय मूलका ऋषि सुनक यसपालि बन्लान् बेलायतका प्रधानमन्त्री ?

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ७ कार्तिक – भारतीय मूलका बेलायती सांसद ऋषि सुनक दोस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा सामेल भएका छन्। पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले आफू फेरि कन्जरभेटिभ पार्टीको नेता हुँदै प्रधानमन्त्री बन्ने दौडमा सहभागी नहुने घोषणा गरेपछि ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्। लिज ट्रसले ४५ दिनमै प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बेलायतको नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरू भएको हो। बेलायतको तल्लो सदन हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको एकल बहुमत छ। कन्जरभेटिभ पार्टीले सरकार बनाउन सक्ने भएकाले प्रधानमन्त्री बन्न उक्त दलको नेता चुनिनु पर्छ। कन्जरभेटिभको नेता बन्न स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ। कन्जरभेटिभ पार्टीले यसपालि निर्वाचन प्रक्रिया छोट्याउन सय जना सांसदले समर्थन गरेको व्यक्ति मात्र...
समाजवादीका युवा नेता एमालेमा….

समाजवादीका युवा नेता एमालेमा….

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, ७ कार्तिक – एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ, बाँकेका अध्यक्षसहित ३ जना युवा एमालेमा फर्किएका छन् ।एमालेको नीति विचार र व्यवहार नै आफ्ना लागि उपयुक्त भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन । युवा संघका अध्यक्ष सुनिल रसाइली, एकीकृत समाजवादीका जिल्ला सदस्य तथा युवा नेता शालिकराम गिरी र बैजनाथ गाउँपालिका कमिटी सदस्य तथा युवा संघका जिल्ला सदस्य अशोक विक आज सोमवार एमालेमा फर्किका हुन ।उनीहरुलाई प्रदेश कमिटी सदस्य घननाथ खनाल, बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा बाँके जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, जिल्ला कमिटी सचिवालय सदस्य किशोर थापालगायतले स्वागत गरेका थिए ।...
ब्रम्हचारी बाबाको आशीर्वाद किस्मतलाई

ब्रम्हचारी बाबाको आशीर्वाद किस्मतलाई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, ७ कार्तिक – बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपतिलाई ब्रम्हचारी श्री बाबा मजाकी दासले जीतको आशीर्वाद दिएका छन् । जनतासंग भेटघाट र घरदैलोमा रहेका उम्मेदवार कक्षपतिलाई क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ५ दलईपुरमा रहेका बाबाले आशीर्वाद दिँदै जीतको शुभकामना दिएका हुन ।खजुरा ५ को बसन्तपुर, दलइपुर, उढरापुरमा घरदैलो र जनता भेटघाटमा रहेका कक्षपतिलाई त्यहाँ अग्रज र मौलाना तथा मुस्लिम अगुवाले पनि आशीर्वाद दिँदै स्थानीय तह खजुरा गाउँपालिकामा हुँदा गरेको विकास र त्यसअघि सामाजिक संघसंस्थामा रहँदा गरेका विकास तथा समाजसेवाका कामबाट आफुहरु प्रभावित बनेको बताए । स्थानीय चेतनलाल साहुले भने यी आत्मी अच्छा हे ।आफ्नो पालामा हाम्रो क्षेत्र तिर धेरै विकास गरेका छन् । सो क्रममा स्थानीयले ट्रान्सफर्मर जडान, बाँकी रहेका सडकको स्तरोन्त...
जसपा प्रवेश गर्नेहरू बढ्दै

जसपा प्रवेश गर्नेहरू बढ्दै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ कार्तिक – चुनाव नजिकिँदै जाँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेशको लहर बाक्लिएको छ । सोमबार बिहान नेपालगन्ज वडा नं ९ का युवाहरू जसपा प्रवेश गरेका छन् ।विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए ।पार्टीमा स्वागत गर्दै उम्मेदवार राईले जसपामा बढिरहेको आकर्षणसँगै पार्टीलाई निर्वाचनमा जिताउन भूमिका खेल्न आग्रह गरेका थिए ।‘चुनाव अब नजिकिइसकेको छ । अरूलाई गाली गलौज गर्नुभन्दा पनि पार्टी र उम्मेदवारहरूले गरेका विकासका कामहरूको प्रचार गर्नुहोस्’ मन्त्री राईले उनीहरूलाई भनेका छन् ‘अरूको विरोध होइन आफ्नो कामको प्रचार र अब पनि जनतासँगै रहनेछौं भन्ने विश्वास दिलाउनु पर्छ ।’आईतबार पनि विभिन्न पार्टी परित्याग गरी करिब १ सय ५० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उ...
चिनियाँ दूतावास नजिक प्रदर्शनमा उत्रिएका हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

चिनियाँ दूतावास नजिक प्रदर्शनमा उत्रिएका हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, ६ कार्तिक – हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास नजिक कुटपिट गरेपछि बेलायती कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् । हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो । सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको घटनाको भिडियोमा वाणिज्य दूतावास बाहिर फुटपाथमा टकराव भड्किएको देख्न तथा ठूलो स्वरमा चिच्याएको सुनिन्छ । भिडियोमा हङकङका एक प्रदर्शनकारीलाई वाणिज्य दूतावासको गेटबाट तानेर पुरुषहरूको समूहले कुटेको समेत देख्न सकिन्छ ।...
हेरातमा तालिवानले महिला आन्दोलनलाई तितरवितर गरेका छन्

हेरातमा तालिवानले महिला आन्दोलनलाई तितरवितर गरेका छन्

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ कार्तिक – अधिकारीहरूले आइतवार अफगानिस्तानको पश्चिमी शहर हेरातमा महिलाहरूको जुलुसलाई तितरबितर पार्दै प्रदर्शनकारीहरूलाई लक्षित गर्दै तालिवान सेनाले हवाई फायर गरेको खबर छ । काबुलको एक कक्षाकोठामा शुक्रबार भएको आ त्मघाती बम हमलामा दर्जनौं विद्यार्थीको ज्यान लिएर सैयौंलाई घाइते बनाएको थियो। काबुलको छिमेकी हजारा समुदायको घरमा वि स्फोट भएको थियो। संयुक्त राष्ट्र संघले कम्तिमा ३५ जनाको ज्यान गएको र अन्य ८२ जना घाइते भएको बताएको छ, जसमा अधिकांश केटी र युवती छन्। तालिबान सुरक्षा बलहरूले विश्वविद्यालयको मुख्य गेट बन्द गरेपछि हामी बाहिर निस्कन सकेनौं, ”प्रदर्शनकारी जुलैखा अहमदीले भनिन्।...
सी चिनफिङले सम्हाले एतिहासिक तेस्रो कार्यकाल

सी चिनफिङले सम्हाले एतिहासिक तेस्रो कार्यकाल

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ कार्तिक – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले सी चिनफिङलाई लगातारको तेस्रो कार्यकालमा पार्टीको महासचिवका रूपमा निर्वाचित गरेको छ । सीसीपीको २० औं महाधिवेशनपछि ऐतिहासिक तेस्रो कार्यकाल प्राप्त गरेका सी पार्टीको संस्थापक माओत्सेतुङ पछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताका रूपमा स्थापित भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सीलाई अर्को पाँच वर्षको कार्यकालका लागि महासचिवमा निर्वाचित गरेको सिन्ह्वा समाचार एजेन्सीले आइतबार जनाएको हो । दशकौंसम्म सत्ता बाँडफाँड जारी रहेको चीन ऐतिहासिक रूपमा एक व्यक्तिको शासनतर्फ फर्किएको हो । आइतबार बन्द ढोकाभित्र भएको मतदानमा सी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । हप्ता दिन चलेको महाधिवेशनमा सीलाई पार्टीका प्रतिनिधिहरूले सीलाई समर्थन गरेका थिए भने पूर्व प्रतिद्वन्द्वीहरूको पद त्यागसहित पार्टी भित्र व्यापक फेरबदललाई ...
एमाले र जसपाबीच द्वन्द्वः पार्टी प्रवेश गराएपछि पर्सामा भुइँचालो

एमाले र जसपाबीच द्वन्द्वः पार्टी प्रवेश गराएपछि पर्सामा भुइँचालो

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
वीरगञ्ज, ६ कार्तिक – पूर्व मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एमाले कार्यकर्ता ग्यासुद्दीन मियाँलाई आइतबार जसपामा प्रवेश गराएपछि नेकपा एमाले पर्सामा भुइँचालो गएको छ । नेकपा पर्साका इन्चार्ज प्रभु हजराले गठबन्धन छँदाछँदै एकले अर्काको कार्यकर्ता चोर्ने काम राम्रो होइन भन्दै यसले निर्वाचन परिणाममा असर गर्न सक्ने बताए । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर कुर्मीसँग बुझ्दा जब चुनावसम्म एक अर्काको सहयोगी बनेर चुनाव लड़िरहेका छौँ भने हाम्रो पार्टीको कार्यकर्तालाई जसपाले आफ्नो पार्टीमा प्रवेश गराएर राम्रो काम नगरेको बताए । कुर्मीले जसपाका थुप्रै नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्न आतुर भएको भए तापनि निर्वाचन नहुन्जेलसम्म भित्र्याउने कामलाई थाँती राखेको बताए । जसपाका पर्सा क्षेत्र नं १ र २ मा बागी उम्मेदवारहरूको लर्को छ। पर्सा क्षेत्र नं। १ को...
शीर्ष नेताहरुको एउटै बोलीः संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धन

शीर्ष नेताहरुको एउटै बोलीः संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धन

आस्था, प्रदेश ३, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
धनगढी, ६ कार्तिक – सत्ता गठबन्धनका शीर्ष नेताहरुले संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अहिले देशमा एउटा संविधान पक्षधर अर्को संविधान विरोधी गठबन्धन बनेको बताए । आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पाँच दलीय गठबन्धनद्धारा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्दै नेताहरुले सत्ता गठबन्धन संविधान पक्षधर रहेकाले आगामी निर्वाचन यस गठबन्धनलाई विजयी गराउन आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, गणतन्त्र र संघीयता बचाउन गठबन्धका पक्षमा भोट हाल्न आग्रह गरे । उनले भने –‘२०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट संघीय सांसदमा म एक्लो जितेको सांसद हुँ । तर गठबन्धन बनेर म अहिले प्रधानमन्त्री छु । त्यस...
विजयी भएमा राजधानी र राजनीति सफा गर्ने प्रदीप पौडेलको संकल्प

विजयी भएमा राजधानी र राजनीति सफा गर्ने प्रदीप पौडेलको संकल्प

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ कार्तिक – काठमाडौं ५ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् । बिहीबार काठमाडौं ५ का मतदातालाई अपिल जारी गर्दै उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् । ‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवस्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ । त्यसकारण मेरो संकल्प छ( म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु,’ उनले अपिलमा भनेका छन् । उनले आफूलाई प्राप्त भएको अवसर खेल नफाल्ने प्रतिबद्ध...