
नेपालगन्ज, ६ कार्तिक – आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागी बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा पदमा स्वतन्त्र उम्मेदवारका रुपमा अगाडि बढेका दिवाकर शर्मा खनाल आफ्नो चुनावी घरदैलो कार्यक्रम शहर केन्द्रित बनाएका छन् ।
रोचक शैलीमा चुनावी कार्यक्रममा हिडेका खनाल हसिलो मुहार सहित जनताको घरदैलोमा पुग्दा स्थानियबासीहरु निकै खुशी देखिएका थिए । हिन्दु धर्मका इमान्दार नेताका रुपमा विगत लामो समयदेखि देखिएका स्वतन्त्र उम्मेदवार खनालले अर्ना चुनाव चिन्ह सहित घरदैलोमा पुगेका हुन ।
जित हार भन्दा पनि हिन्दु एकताका लागि आफ्नो उम्मेदवारी रहेको बताउने खनालले आफुलाई सबैको सहयोग रह्ने विश्वास लिएको बताउँछन् । स्वतन्त्र उम्मेदवार दिवाकर भन्छन, ‘धर्मको नाममा राजनिति गर्नेहरुको विरुद्धमा मेरो उम्मेदवारी हो, हामी धर्मको पक्षमा इमान्दार रहनु पर्दछ ।’
नेपाल शिवसेना लगायतका संगठनहरुको साथ र सहयोग पाउँदै आएका स्वतन्त्र उम्मेदवार खनालले शहरमा आफ्ना बारेमा कस्ले के भन्छ ? भन्नु भन्दा पनि हामी को हौं ! भन्ने विषयमा केन्द्रित रहनु पर्ने बताए ।
