Monday, June 29सत्यम खबर
Shadow

आस्था

समानुपातिकको बन्दसूचीबाट ५५० जनाको उम्मेदवारी खारेज

समानुपातिकको बन्दसूचीबाट ५५० जनाको उम्मेदवारी खारेज

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ कार्तिक – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको उम्मेदवारी खारेज भएको छ । समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका छ हजार चार सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानून र निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधउपर जाँचबुझ गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक जनाको नाम पनि हटाइएको छ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारक...
भारतीय प्रधानमन्त्री मोदीले ऋषि सुनकलाई बधाई दिँदै उनलाई बेलायतमा भारतीयहरूको ’लिभिंग ब्रिज’ भनेका छन्

भारतीय प्रधानमन्त्री मोदीले ऋषि सुनकलाई बधाई दिँदै उनलाई बेलायतमा भारतीयहरूको ’लिभिंग ब्रिज’ भनेका छन्

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय मूलका पहिलो पटक बेलायती प्रधानमन्त्री बन्ने ऋषि सुनकलाई बधाई दिएका छन् ।प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, “तपाईं बेलायतको प्रधानमन्त्री बन्नु भएपछि म विश्वव्यापी रुपमा विभिन्न मुद्दाहरूमा सँगै मिलेर काम गर्न र रोडम्याप २०३० लागू गर्न आतुर रहेको बताए” ।उनले थपे, “हामीले हाम्रो ऐतिहासिक सम्बन्धलाई आधुनिक साझेदारीमा रूपान्तरण गर्ने क्रममा बेलायतका भारतीयहरूको ’लिभिंग ब्रिज’ लाई विशेष दीपावलीको शुभकामना” ।...
चीनले विश्वका मिडियाहरुलाई प्रभावमा पारेर गलत सन्देश प्रवाहित गरेको आरोप

चीनले विश्वका मिडियाहरुलाई प्रभावमा पारेर गलत सन्देश प्रवाहित गरेको आरोप

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ९ कार्तिक – आफ्नो राजनीतिक विचारहरू फैलाउन र आफूलाई सकारात्मक भएको चित्रण गर्ने प्रयासमा चीनले विश्वव्यापी मिडियालाई विशेष गरी मध्य एसियामा प्रभाव पार्दै आफ्नो पहुँच विस्तार गरेको छ। सन् २०१६ मा चीन र किर्गिजस्तानले बिश्केकमा नयाँ मिडिया आउटलेट स्थापना गरे। र ३० वर्षभन्दा बढी अनुभव भएका अनुभवी पत्रकार, मुरातलाई सञ्‍चालकको रुपमा नियुक्त गरिएका छन्। जसमा दर्जनौं पेशेवरहरू पत्रकारहरु पनि राखिएको निक्की एशियाले रिपोर्ट गरे। दिग्गज पत्रकारले पहल परियोजनाहरूको आलोचनाबाट बच्न र चीनलाई सकारात्मक चित्रण गर्ने कथाहरू मात्र प्रकाशित गर्न निर्देशकहरूबाट कसरी अनावश्यक दबाब दिइरहेको बताइएको छ। उच्च सम्पादन भूमिका दिएर, उनी किर्गिज, रुसी र चिनियाँ भाषामा प्रकाशित अखबारसँग काम गरिरहेका थिए। यद्यपि सुरुमा उनले सोचे छिमेकीबीचको समझदारी बढाउने अवसर भएको बताउँदै चाँडै नै उनको लागि सत्य बाह...
चीनको हर्कतलाई मध्यनजर राख्दै अमेरिकाले भारत संग मिलेर तयार पारे ड्रोन

चीनको हर्कतलाई मध्यनजर राख्दै अमेरिकाले भारत संग मिलेर तयार पारे ड्रोन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ कार्तिक – संयुक्त राज्य अमेरिका र भारतले ड्रोनको निर्माणमा सहकार्य गरेका छन्। पेन्टागनका एक वरिष्ठ अधिकारीले वाशिंगटनले चीनको प्रतिरोध गर्ने तरिकाको रूपमा दिल्लीसँग नजिकको सम्बन्ध खोजेको र ड्रोन निर्माणका लागि सहकार्य गरेको बताएका छन्। भारतले यी विमानहरू निर्माण गरी आफ्नो क्षेत्रका अन्य देशहरूमा निर्यात गर्ने ती अधिकारीले बताएका छन्। दिल्लीले आफ्नो हतियारमा विविधता ल्याउन चाहको छ। विशेष गरी रुसमा निर्भर रहेको भारत आफ्नै रक्षा उद्योगको विकास गर्न चाहन्छ। ‘र हामी भारतलाई दुवै मोर्चामा समर्थन गर्न चाहन्छौँ र त्यसो गर्दैछौं,’ इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव एली रेटनरले पत्रकार र रक्षा विशेषज्ञहरूको समूहलाई भने। ‘व्यावहारिक सर्तहरूमा, यसको मतलब यो हो कि हामी सह-उत्पादन र सह-विकास क्षमताहरूमा भारतसँग मिलेर काम गर्नेछौँ, जसले भारतको आफ्नै रक्षा आधुनिकी...
चिनियाँ राष्ट्रपति जिंग पिंगलाई चीनमै विरोध प्रदर्शन सुरु

चिनियाँ राष्ट्रपति जिंग पिंगलाई चीनमै विरोध प्रदर्शन सुरु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ कार्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङको विरोधमा चर्को प्रदर्शन भइरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको जारी २०औँ अधिवेशनमार्फत तेस्रो कार्यकालका लागि तयारी गरिरहेका सी जिनपिङको चीनलगायत विश्वका अन्य मुलुकमा प्रदर्शन भएको हो । कोभिड नियन्त्रणका निम्ति सीले अघि सारेको ‘शून्य कोभिड नीति’ तथा कडा प्रतिबन्धका कारण सी पूर्ण नेतृत्वमा आउन नहुने प्रदर्शनकारीहरुको माग रहेको छ । ब्लुमबर्गको रिपोर्टअनुसार चीनमा हाल भौतिक रुपमा मात्र नभएर सामाजिक सञ्जालको प्रयोग गरेरसमेत सीको विरोध गरिरहेको छ ।अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान र अन्यत्र २०० भन्दा बढी विश्वविद्यालयमा पनि सी जिनपिङको विरोधमा नारा लगाइएको ब्लुमबर्गको रिपोर्टले जनाएको छ ।...
मधेशसंग धोखा: मधेश विरोध शक्तिसंग जसपाको गठजोड

मधेशसंग धोखा: मधेश विरोध शक्तिसंग जसपाको गठजोड

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ कार्तिक – मधेशको मसिहा कहलाउने जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई खुलेआम धोखा दिएको राजनीतिक विश्लेशकहरुको धारणा रहेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसहित राज्य सञ्जालमा संलग्न दलहरुविरुद्ध आन्दोलन छेड्दै मधेसी युवा तथा जनतालाई सहभागी गराए । साथमा नारा दिए मधेस मुक्ति तथा हक अधिकार स्थापित गर्ने । उपेन्द्रको नारालाई कार्यकर्ता र मधेसी जनताले पत्याए । ज्यानको बाजी लगाएर, प्राणसमेत आहुती दिएर आन्दोलन सफल पार्न लागे । तर यादवले देखाएको त्यो बाटो फगत सत्ताका लागि थियो भन्ने यसअघि नै पुष्टि भइसकेको थियो । अहिले चुनावका बेला उनको मुभले सत्ता शक्तिका लागि मधेसी समुदायको भावनालाई तिलाञ्जली दिन तयार भन्ने पनि पुष्टि भएको छ । हिजोसम्म एमाले र जसपाबीच मधेश मुद्दालाई लिएर पानी बाराबारको स्थिति रहेको तथा जसपा कार्यकर्तालाई एमाले ए...
अमेरिकी राष्ट्रपति: ऋषि सुनक बेलायतको प्रधामन्त्री बन्न लागेकोमा ऐतिहासिक कोशेढुङ्गा सावित हुने

अमेरिकी राष्ट्रपति: ऋषि सुनक बेलायतको प्रधामन्त्री बन्न लागेकोमा ऐतिहासिक कोशेढुङ्गा सावित हुने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ कार्तिक – ऋषि सुनकलाई युनाइटेड किंगडमको प्रधानमन्त्रीमा नियुक्त गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसो भने, “धेरै अचम्मको कुरा हो एक भारतीय अप्रवासिय नागरिक बेलायतको प्रधानमन्त्री बन्नु एउटा कोसेढुङ्गा सावित हुने बताए” ।बेलायतको लागि यो महत्वपूर्ण घडी हो बाइडेन ह्वाइट हाउसमा दिपावली कार्यक्रममा बोल्दै उक्त कुरा बताएको हो ।ऋषि सुनक भारतीय मूलका पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् र उनले मंगलबार राजा चार्ल्स तेस्रोलाई भेट्ने अपेक्षा गरिएको जनाइएको छ ।...
जोगागाउँ पूर्णिमा नहान मेला कार्तिक २२ गतेबाट सुरु हुने

जोगागाउँ पूर्णिमा नहान मेला कार्तिक २२ गतेबाट सुरु हुने

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, ७ कार्तिक – बाँकेको जानकी गाउँपालिका वडा नं २ मा जोगागाउँ पूर्णिमा नहान मेला तयारी पूरा भएकाे जनाईएकाे छ । आज सोमबार भएकाे छलफलबाट जानकी गाउँपालिका वडा न.२ अन्तर्गत रहेको जोगागाउँ बाबाकुट्टिमा प्रत्येक वर्ष कार्तिक पुर्णिामामा लाग्ने मेला यस वर्ष कार्तिक २२, २३ र २४ गते लाग्ने तथा उक्त मेला हर्षाेउल्लासका साथ सम्पन्न गराउन विभिन्न समितिहरू समेत गठन गरिएकाे जनाईएकाे छ । सो मेलालाई सञ्चालन तथा व्यवस्थापनको लागि अध्यक्ष दयाराम भुजवा, उपाध्यक्ष दिनेश यादव, सचिव दिनेश सिंह घरोख, सहसचिव विश्व नाथ काँदु, कोषाध्यक्ष वीरेन्द्र बाबु काँदु, सदस्यहरु सलीम तेली, कृपा खटिक, कर्तार सिंह सिख, कुलबहादुर थापा, रमजान अलि दर्जी, हरिश चन्द्र काँदु, धर्मेन्द्र सिंह काँदु, गरी मूल समितिमा १ जना सत्यम खबर डट कम का पत्रकार सकिल अहमद राई ३ दिने मेलाको रिपोर्टिङ गर्नका लागि वडा अध्यक्ष चन्द्रिकाप्रसाद ग...
ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ कार्तिक – भारतीय मूलका कन्जरभेटिभ सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ । अन्तिम समयमा पेनी मोर्डन्टले प्रधानमन्त्री बन्ने प्रतिस्पर्धाबाट आफू पछि हटेको घोषणा गरेकी हुन् । यससँगै प्रधानमन्त्री बन्ने दौडमा सुनाक एक मात्रै प्रत्याशी बाँकी रहेका छन् । यसअघि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले पनि प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेको घोषणा गरेका थिए । जोनसनको घोषणासँगै कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि एवम् नयाँ प्रधानमन्त्री बन्नक...
भारत जिताउने कोहली पाकिस्तानविरुद्ध धुम मच्चाउँदै

भारत जिताउने कोहली पाकिस्तानविरुद्ध धुम मच्चाउँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
‘जसले कहिल्यै बिर्सन नसकिने उत्कृष्ट पारी खेले’काठमाण्डौ, ७ कार्तिक – आइसीसीले अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गर्दा विराट कोहलीलाई वर्तमान विश्व क्रिकेटकै सबैभन्दा ठूलो सुपरस्टारको रुपमा प्रस्तुत गरेको थियो । सोहीअनुसार अष्ट्रेलियाका विभिन्न सहरमा कोहलीको ठूला ठूला पोस्टर राख्न थालियो पनि । तर त्यतिबेला कोहली भारतीय टिममा पर्छन् कि पर्दैनन् भन्नेमा धेरैलाई आशंका थियो । स्वयंम कोहली पनि विश्वकप खेल्छु भन्नेमा ढुक्क थिएनन् । मुख्य कारण थियो, उनको फर्म । उनी लगातार रन बनाउन असफल भइरहेका थिए । सन् २०१९ पछि त उनले कुनै पनि खेलमा शतक बनाउन सकेका थिएनन् । यद्यपी उनले खेलेका धेरे खेलमा अर्धशतक बनिरह्यो । जसले कोहलीलाई ठूलो अर्थ राख्दैन । कोहली भनेकै किङ । अर्थात जुनसूकै खेलमा पनि शतक हान्न सक्ने विश्वकै उत्कृष्ट क्रिकेटर । सचिन तेन्दुकरपछि कोहलीको व्...