Friday, May 1सत्यम खबर
Shadow

वडा सदस्य क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दै एक दिनको शोक बिदा

नेपालगन्ज, १९ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा सदस्य मदनबहादुर क्षेत्रीको असामयिक निधन भएको छ ।
आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा कार्यालय परिवारले क्षेत्रीको असामयिक निधनको खबर पाएपछि १ मिनेटको मौन धारण गरी वडा कार्यालयमा एक दिने शोक बिदा गरेको जनाएको छ ।
वडाअध्यक्ष समिर प्रताप सिंहको भनाई अनुसार उनको स्वास्थ्यमा केही दिनदेखिको समस्याले गर्दा उनको स्वास्थ्य उपचार लखनऊमा हुँदै गर्दा आज सोमबार बिहान ५ बजे असामयिक निधन भएको खबर पाएको बताउनुभयो ।
बैशाख ३० गते सम्पन्न स्थानीय निकायको चुनावमा राप्रपबाट उम्मेदवारी दिई विजयी जनप्रतिनिधिको रुपमा उनले थोरै समयमा वडाबासीहरुको मनमा आफ्नो स्थान बनाउन सफल व्यक्ति भएको भनाई राख्दै वडा भित्र रहेका राजनीतिक दलका प्रतिनिधिहरुले क्षेत्रीप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका छन् ।
वडा सदस्य क्षेत्री वडा नं. ६ का सरसफाई प्रमुख समेत रहेका थिए । क्षेत्रीको परिवारमा ३ छोरा एक श्रीमति रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *