
नेपालगन्ज, १९ मंसिर – अखिल नेपाल महिला संघ बाँकेद्धारा १६ दिने महिला हिंसा विरुद्धको अभियानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
अनेमसंघ बाँकेका अध्यक्ष विजुला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अनेमसंघ केन्द्रिय सचिवालय सदस्य एवं नेकपा एमाले बाँकेका केन्द्रिय सदस्य शान्ति ढकालले महिलाले हरेक क्षेत्रमा हिंसा खेप्नु परेको बताउँदै राजनीति गर्ने महिलाले पनि मानसिक हिंसा खेपेका थुप्रै अनुभव बताउनु भयो । केन्द्रिय सदस्य ढकालले महिला निरन्तर राजनीतिमा लागी रहनु पर्दछ पालो आउँछ, आफु शांसद र मन्त्रि हुन पाउँछु भनेर राजनीतिमा लागेको नभइकन समाज परिवर्तन गर्नको निम्ति राजनीतिमा लागेको बताउनु भयो ।
उहाँले एउटै पदमा रहेका पुरुषको आवाजको तुलनामा महिलाका आवाजको कम सुनुवाइ हुने गरेको तितो यथार्थ व्यक्त गर्दै बाँके जिल्लाबाट ६ जना महिला समानुपातिकमा नाम सिफारिस हुनु पनि महिला आन्दोलनको उपलब्धि रहेको बताउनु भयो । उहाँले हरेक महिलाले कुनै न कुनै किसिमको हिंसा खेप्ने गरेको बताउनु भयो ।
यसैगरी अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले १६ दिने महिला हिंसा विरुद्धको अभियानको इतिहासको बारेमा जानकारी गराउँदै महिला संगठीत भएर महिला हिंसा विरुद्ध आवाज उठाउन जरुरी रहेको बताउनु भयो ।
अनेमसंघ प्रदेश सदस्य इता शर्माले महिलालाइ पार्टीले लैङ्गिक विभेद नगरीकन जिम्मेवारी दिनु पर्ने बताउनु भयो ।
अनेमसंघ सचिव कन्चल गौतमद्धारा सञ्चालन गरीएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, प्रदेश सदस्य रत्न खत्री र दुर्गा चौधरी, प्रदेश समानुपातिक सदस्य बसन्ती अधिकारीलाई सम्मान गरीएको थियो ।
