Saturday, July 4सत्यम खबर
Shadow

आस्था

भोलि मेलिना राई र गोपाल जि एम आउँदै

भोलि मेलिना राई र गोपाल जि एम आउँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ माघ - बाँकेको नेपालगन्जमा जारी महोत्सवमा भोलि शुक्रबार चर्चित राष्ट्रिय गायक र गायिकाको बेजोड प्रस्तुति रहने भएकाे छ । नेपालगन्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार गायिका मेलिना राई र गायक गोपाल जि एम आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । यस्तै, स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति समेत रह्ने छ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले सञ्चालन गर्ने तय भएको संयोजक कंडेलले जानकारी दिए । दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । आज १८ जना प्रतिस्पर्धी सेमीफाइनल पार गर्दै फाइनलमा प्रवेश गरेका छन । भोलि महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत...
प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि

प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ माघ - बाँकेको नेपालगन्जमा जारी महोत्सवमा लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि शुक्रबार हुदैँछ । नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार सेमीफाइनल राउण्ड सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १८ जना फाइनल राउण्डसम्म पुग्न सफल भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । बिहीबार सेमीफाइनल राउण्डको परिणाम घोषणा गर्दै निर्णायक केबी शाही र सन्तोष सोती मगरले १७ जना फाइनलमा पर्न सफल भएको बताए । आयोजकले निर्णायकलाई एक जना उत्कृष्ट छान्न पाउने अधिकार दिएको छ । उक्त अधिकार प्रयोग गर्दै निर्णायकले एक जनालाई फाइनलमा प्रवेश गराएका हुन । भोलि शुक्रबार फाइनल राउण्ड हुनेछ । उनीहरु १८ जना बीच प्रतिस्पर्धा हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महास...
नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २६ माघ - बाँकेको नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सञ्चालन हुने छन् ।प्रतियोगिताको बिहिबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनु भएको थियो ।खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने अध्यक्ष शाहको भनाइ थियो ।अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाले आफ्नो जिम्मेवारीलाई जनताका पक्षमा दृढ रुपमा काम गरेको महसुस गरेको र जिल्लाका अन्य स्थानीय तह...
कर्मचारी संघकाे अध्यक्षमा भुपेन्द्र पुनमगर निर्वाचित

कर्मचारी संघकाे अध्यक्षमा भुपेन्द्र पुनमगर निर्वाचित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ माघ - कर्मचारी संघ मध्यपश्चिम क्षेत्रिय कार्यसमितीको अध्यक्षमा भुपेन्द्र पुन मगर निर्वाचित भएका छन् ।राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य विभिन्न जिल्ला तथा क्षेत्रिय कर्मचारी संघ गठनको प्रक्रिया अन्तर्गत आज नेपालगन्जको रंगशालामा सम्पन्न भेलाले मगरलाई क्षेत्रिय अध्यक्षमा निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मान बहादुर चौधरी, सचिवमा मान बहादुर लामिछाने मगर, कोषाध्यक्षमा जग बहादुर नेपाली र सदस्यमा सुरेश बहादुर बम , भिम बहादुर थापा र मोहन बहादुर पाण्डे निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्षमा भुपेन्द्र पुन मगर र सन्तोष कुमार श्रेष्ठको चुनावमा ६ मतान्तरमा भुपेन्द्र पुन मगर निर्वाचित भएका छन । यसै गरि उक्त भेलाले मध्य- पश्चिमाञ्चल क्षेत्रिय कर्मचारी संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गराइदिनु भएकोमा निर्वाचन अधिकृत अधिवक्ता विक...
मानव सेवाद्वारा विधार्थीहरूलाई स्टेशनरी सामान वितरण

मानव सेवाद्वारा विधार्थीहरूलाई स्टेशनरी सामान वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ माघ - बिहिवार नेपाल मानव धर्म सेवा समिति भेरी-राप्ती क्षेत्र नेपालगन्जले शिक्षा अभियान अन्तर्गत श्री जन कल्याण प्राथमिक बिद्यालय बाँसगढी नगरपालिका वडा नं.४ मगरपुर बर्दियामामा रहेका ८५ विद्यार्थीहरुलाई स्टेशनरी सामान कपि कलम वितरण गरेको हो । कार्यक्रमको सभापति नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती नेपालगन्जको म. चादना बाइजी, म. चन्द्रकला बाइजी, देवी बाइजी र नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती बाँकेकी अध्यक्ष भावना शाह, श्री जन कल्याण प्राथमिक बिद्यालयका शिक्षक शिक्षिका, व्यवस्थापन समिति लगायत नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती बाँके नेपालगन्ज र बर्दियाका शुभचिन्तकहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको मन्तव्यमा मानव धर्म भेरी अञ्चलको संक्षिप्त परिचय, मानव धर्मको शिक्षा अभियानको परिचय लगायतको बिसयमा बताइएको थियोे । उता विद्यालय समितिले पनि बाँकेमा थुप्रै विद्याल...
फाल्कोन स्पोर्टस क्लब विजयी

फाल्कोन स्पोर्टस क्लब विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ माघ – नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बुधबार फाल्कोन स्पोर्टस क्लबले जित हासिल गरेको छ ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा फाल्कोन स्पोर्टस क्लबले नेपालगन्ज थन्डर ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज थन्डरले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १९ रन बनाएको थियो । नेपालगन्ज थन्डरका लागि फिरोज हास्मीले सर्वाधिक ३४ रन बनाए । ओपनर राहुल कनोजियाले १५ रन तथा गुडु केवटले १२ रनको योगदान गरे ।वलिङ तर्फ फाल्कोनका लागि सुनिल चौहानले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच सुनिलले ४ ओभरमा १२ रन दिएका थिए । यसैगरी फाल्कोनका सुमन गुरुङले २ विकेट लिन सफल भएका थिए ।जवाफमा फाल्कोनले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । फाल्कोनका लागि नितेश विष्टले अविजित ३७ रनको योगदान गरे । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरेकाथिए । इमरान ह...
फुल्टेक्रा तलाऊ संरक्षण समिति गठन

फुल्टेक्रा तलाऊ संरक्षण समिति गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ माघ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित रहेको फुल्टेक्रा ताल संरक्षण सम्बद्र्धनको लागि फुल्टेक्रा तलाऊ संरक्षण समिति गठन गरिएको छ ।मदनराज शर्माको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ भने उपाध्यक्षमा हितेश भारती, सचिवमा दिनानाथ सोनी (आनन्द), सहसचिवमा दिलिपकुमा दिक्षित तथा कोषाध्यक्षमा पन्नालाल सोनारलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा ओमप्रकाश वैश्य, बैथनाथ अग्रवाल, कुन्तलराज शर्मा, हरि श्रेष्ठ, बृजेशकुमार त्रिपाठी, रामबिहारी खटिक, गंगाराम थारु, राम समुझ कुम्हार, शिव भारती, खुदुवा कुचबधिया, घनश्यमा गुप्ता, अलि अकबर बेहना, चन्द्रेश्वरराज त्रिपाठी, सुधिर गुरुङ र सत्रुहन सोनीलाई सर्वसम्मन चयन गरिएको अध्यक्ष शर्माले जानकारी गराउनु भएको छ । यसैगरी ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा वरिष्ठ सल्लाहकार ओमप्रकाश श्रीवास्तव, कानु...
आज चर्चित गायक शिव परियार र गायिका जानकी तारामीको प्रस्तुति हुने

आज चर्चित गायक शिव परियार र गायिका जानकी तारामीको प्रस्तुति हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ माघ बाँकेको नेपालगन्जमा जारी महोत्सवमा आज बुधबार गायक शिव परियार सहितका चर्चित कलाकारहरुको प्रस्तुति हुने भएका छ ।नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बुधबार राष्ट्रिय ख्याती प्राप्त गायक शिव परियार र गायिका जानकी तारामी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।संयोजक कंडेलका अनुसार बुधबार उद्धघोषक सञ्जय देवकोटा र उद्धोषिका प्रेरणा गिरीले कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको महोत्सव परिसर स्थित सचिवालयले जनाएको छ ।यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहनेछ ।...
अयोध्याको राम मन्दिर ट्रष्टलाई नेपालबाट ल्याइएको देवशीला हस्तान्तरण

अयोध्याको राम मन्दिर ट्रष्टलाई नेपालबाट ल्याइएको देवशीला हस्तान्तरण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २४ माघ – भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ ।जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पुर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट ल्याएका देवशीलालाई विशेष पुजा गर्दै श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गर्नुभयो ।अयोध्यामा निर्माण भईरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो । यसरी आयो देवशिला अयोध्यागत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गर्‍यो । त्यसपछि पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले कालीगण्डकी नदीबाट शिला निकाल्नेदेखि...
बाटो निर्माणका लागि ज्ञापन पत्र

बाटो निर्माणका लागि ज्ञापन पत्र

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ माघ – डुडुवा गाउँपालिका बेतहनी वडा नं. २ का वडाबासीहरुले समस्याको निकास छिटोछरितो होस भनी जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाएका छन् ।केही महिना अगाडी पूर्व मन्त्री मोहम्मद ईस्तियाक राईको कार्यकालमा डुडुवा गाउँपालिका वडा नं. २ को वडाबासीहरुलाई बाढीबाट राहत होस भनी ९ मिटर बाटो दुबैतर्फ नालासहित करीब ७०० मिटरको लम्बईसम्मको योजना शहरी विकास डिभिजन कार्यालयमार्फत सञ्चालन गर्ने भनिएको थियो ।सोही योजना अन्तर्गत ठेक्कापट्टा भई कार्य समेत शुभारम्भ गरिएको थियो । तर डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्वारा रोक्काको पत्र पाउन साथ काम रोकिएको तथा हालसम्म पनि सञ्चालन नभएको ज्ञापनपत्र बुझाउन गएकाहरुले बताएका छन् ।पीडित वडाबासीहरुका अनुसार यस बारे छिटो निकास होस भनी केही दिन अगाडी मात्र गाउँपालिका अध्यक्ष चौधरीलाई भेटेका थियौ । पालिका अध्यक्षले समेत काम सञ्चालन गराउ...