Saturday, July 4सत्यम खबर
Shadow

आस्था

नेपालगन्ज मोडेल, मंगल र मंगोलिनको जित

नेपालगन्ज मोडेल, मंगल र मंगोलिनको जित

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – नेपालगन्ज मोडेल एकेडेमी, मंगल स्कुल र धारा मंगोलियन स्पोर्टस क्लबको पुरुष टिमले शनिबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा शनिबार नेपालगन्ज मोडेल एकेडेमीले थ्रीस्टारलाई १ सय ६१ रनको फराकिलो अन्तरले हरायो । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि सद्धाम खानले अविजित ५६ रन, अफाक शेखले ४९ रन, कप्तान सुबेन्दु पाण्डेले ४७ रनको योगदान गरेपछि टोलीले राम्रो स्कोर जोडन सफल भएको थियो । यता थ्रीस्टारका लागि रईस शेखले २ विकेट लिए ।जवाफमा थ्रीस्टार १३.३ ओभरमा ५४ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि सद्धाम शेख र विजय गुप्ताले १३/१३ रन बाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् । नेपालगन्ज मोडेलका वलर हिजामुद्धिन हलवाईले सर्वाधिक ४ विकेट ...
खुला सीमानाले गर्दा लागू ओैषध राेकथाम चुनाैती: डिआईजी राई

खुला सीमानाले गर्दा लागू ओैषध राेकथाम चुनाैती: डिआईजी राई

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ माघ - लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक(डिआईजी) टेकप्रसाद राईले जिल्लाको विकास र समृद्धि ल्याउने काममा प्रहरीले शान्ति, सुरक्षामा पूर्ण रुपले साथ दिने प्रतिवद्धता ब्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, धर्मगुरु, सञ्चारकर्मी लगायतसँग कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा दिनु प्रहरीको पहिलो कर्तब्य रहेको बताए । स्थानीय तहका कतिपय जनप्रतिनिधीले शान्ति, सुरक्षा प्रदान गर्ने सवालमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेपछि डिआईजी राईले यस्तो बताएका हुन् । ‘विकास र समृद्धिका निम्ति हामीले सुरक्षा दिन्छौं, यदी जिल्लाले सुरक्षा दिन सकेन भने हामी दिने बनाउँछौं, उहाँहरुले सुरक्षा दिन सक्नु भएन भने जागिर छाडेर जानुहुन्छ,’ उनले भने । विगतमा प्रहरीभित्रका अनेक कुरा सुनिने गरेपनि अब आफुले प्रहर...
महोत्सवमा भिटेनको माग गर्दै दर्शक आन्दोलित, दर्शकलाई झुक्याएर लुटिएको आरोप

महोत्सवमा भिटेनको माग गर्दै दर्शक आन्दोलित, दर्शकलाई झुक्याएर लुटिएको आरोप

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ माघ - बाँकेको नेपालगन्जमा जारी महोत्सवमा तनावग्रस्त स्थितिका कारण स्थगित भएको छ । नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आयोजकले दर्शक बीच उनीहरुले माग अनुसारको कलाकार उभ्याउन नसक्दा दर्शकले ढुंगामुढा गरेका छन । आयोजकले जारी कार्यक्रममा माघ २३ गते दर्शक माझ उनीहरुले खोजेका कलाकारलाई ल्याउने प्रतिबद्धता गर्दै महोत्सव अवधि समेत बढाईको जनाएको थियो । त्यस क्रममा भिटेनलाई ल्याउन कै लागि समय सिमा बढाएको दर्शकलाई जानकारी गराइएको थियो । जस पश्चात दर्शकलाई भिटेनलाई हेर्न उत्साहित भएका थिए । तर आयोजकले शनिवारका लागि र्‍यापर मिष्टर डीको प्रस्तुति रहने कार्यक्रम तय गरेर प्रचारप्रसार गरेको थियो । यता मिष्टर डीले शनिवार बिहान आफ्ना व्यक्तिगत फेसबुक एकाउन्ट मार्फत आयोजकले झुठको खेती गरेको बत...
आयुर्वेदद्धारा ५ सय २० जनाको निःशुल्क उपचार

आयुर्वेदद्धारा ५ सय २० जनाको निःशुल्क उपचार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काेहलपुर, २८ माघ - बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा निःशुल्क आयुर्वेद तथा बैकल्पीक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । कोहलपुर कौशल्यानगर वडा नं.१ मा आयोजित निःशुल्क शिविरमा ५ सय २० जना विरामीको स्वास्थ्य जाँच गरेको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.अनिलकुमार चौधरीले जानकारी गराउनु भयो ।बाँके आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय द्धारा आयेजित शिविरमा २ सय ८८ जना महिला र २ सय ३२ जना पुरुषले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा छाला रोग, श्वासप्रश्वास, पायल्स बाथ, टाउको दुःख्ने, महिलाको पाठेघर सम्बन्धि जाँच, अमलपीत्त, कब्जीयत जेण्डिस लगायतका विरामीको निःशुल्क उपचार भएको थियो ।शिविरको उद्घाटन समारोहमा प्रमुख अथिति कोहलपुर कोैशल्यानगर वडा नं.१ का वडा अध्यक्ष बद्रीप्रसाद जैसीले सम्पुर्ण वडाबासीले स्वास्थ्य रहु...
मासिक गजल गोष्ठी सम्पन्न

मासिक गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २८ माघ – नेपालगन्जमा रहेका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबको आयोजनामा नियमित मासिक गजल गोष्ठी माघ २८ गते शनिवार सम्पन्न गरेको छ ।गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा उर्दू भाषालाई प्रोत्साहनका लागी मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आईरहेको सोही अनुसार महेन्द्र पुस्तकालयको सभाहलमा गजल साहित्यकारहरुले गजल वाचन गरेका थिए । गजल गोष्ठीमा “चश्म –ए–हैराँ में है माभी का तमाशा अब तक” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।नेपालगन्जका वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा, सैयद असफाक रसूल नेपाली, आदील सरवर नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, अव्दुल हयात रसीद, लगायतका उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति शुक्र...
महाेत्सवमा पैसा लिएर डान्समा धाँधली गरेकाे आराेप

महाेत्सवमा पैसा लिएर डान्समा धाँधली गरेकाे आराेप

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ माघ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजनकाे प्राङ्गण भित्र सञ्चालन रहेकाे मेलामा डान्स प्रतियाेगितामा पैसाकाे चलखेल गरि प्रथम गराएकाे आराेप लगाईएकाे छ ।नेपालगन्ज महाेत्सवमा सञ्चालन गरिएकाे डान्स प्रतियाेगिताकाे आज अन्तिम दिन विवाद हुँदा गरिएकाे निर्णाय तथा मेला आयाेजकद्वारा नै पैसा खाएर प्रथम गराएकाे आराेप लगाउनुका साथै विजय भएकाबाट सार्वजनिक रूपमा डान्स गरेर त्यसकाे निर्णय आम जनताले गर्न चुनाैति समेत सहभागी एक जनाले दिएका छन् ।मेला आयाेजकद्वारा त्यसाे भएकाे हुन सक्ने धेरै तथ्यहरू रहेका छन् । जसमा प्रमुख रूपले विवाद समाधान हुनु अगावै आयाेजकद्वारा निर्णय गरि प्रथम, द्वितृय लगायत घाेषणा गर्नुलाई लिन सकिन्छ ।सहभागीहरूका अनुसार आयाेजक सही भएकाे अवस्थामा नतिजा स्थागित गरि टिकट बिक्री, निर्णायककाे मत लगायत एक स्थानमा राखी वास्तविक सत्यतथ्य बताउन सक्ने अवस्था भएताप...
ज्योति स्पोर्टस क्लब(ए) र भेरी रकर्सको सहज जित

ज्योति स्पोर्टस क्लब(ए) र भेरी रकर्सको सहज जित

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ माघ – ज्योति स्पोर्टस एकेडेमी(ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कपक्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस क्लबलाई सहजै १० विकेटले हरायो । अर्को खेलमा भेरी रकर्सले श्रीचन्द्र मेवालाल स्कुललाई ७ विकेट पराजित गरेको छ ।ज्योति विरुद्धको खेलमा टस जितेर ब्याटिङ गरेको फाल्कोन खराब सुरुआत गरेको थियो । फाल्कोनले १२.१ ओभरमा ३० रन जोड्दा अलआउट हुन पुगेको थियो । फाल्कोनका शारुख खानले ११ रन बाहेक अन्यले दोहोरो रन जोडन सकेनन् ।ज्योतिका सिद्धान्त राजशाहीले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित सिद्धान्तले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । सुनिल सुनार र रबिस बर्माले २÷२ विकेट लिए । प्लेयर अफ द म्याच सिद्धान्तलाई लुम्बिनीप्रदेश सभा सदस्य मा...
आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै काठमाण्डौ, २७ माघ – भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि सोमबार नेपाल आउँदै छन्। दुबै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको जानकारी दिएको छ। भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन्। उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ। यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए। क्वात्राको भ्रमण नेपाल-भारतबीच भइरहेको उच्चस्तरिय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने बताएको छ। वि...
जय किसान स्पोर्टस फाइनलमा प्रवेश

जय किसान स्पोर्टस फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ माघ – कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याटिूक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बिहिबार खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भैरहेको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३/० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा कृष्णले खेलको ५९औं मिनेट, ६९औं मिनेट र ८०औं मिनेटमा गोल गर्दै टोलीलाई फाइनलमा पुग्न योगदान गरेका छन् ।यसअघि कृष्णले ह्याट्रिक गरेपछि बुधबार भएको क्वाटरफाइनलमा जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४/० ले सहजै पराजित गरेको थियो । अब माघको २९ गते हुने प्रतियोगिताको फाइनलमा जय किसान स्पोर्टस क्लबले सहारा क्लब इन्डिया र बागमती स्पोर्टस क्लब बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनलमा सहारा र बागमत...
सुशिल कोइरालाको स्मृतिमा ६५ जनाले गरे रक्तदान

सुशिल कोइरालाको स्मृतिमा ६५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ माघ - नेपाली कांग्रेस बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रगत दिएका छन् । संविधान पिता, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले आज नेपालगन्जस्थित पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताए । कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै हमालले संविधान जारी गर्न कोइरालाले लिएको चट्टानी अडान नेपालीहरुले सदैब सम्झिरहने उल्लेख गरे । उनले कोइरालाको स्मृतिमा रक्तदान जस्तो पवित्र म...