
नेपालगन्ज, २५ माघ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित रहेको फुल्टेक्रा ताल संरक्षण सम्बद्र्धनको लागि फुल्टेक्रा तलाऊ संरक्षण समिति गठन गरिएको छ ।
मदनराज शर्माको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ भने उपाध्यक्षमा हितेश भारती, सचिवमा दिनानाथ सोनी (आनन्द), सहसचिवमा दिलिपकुमा दिक्षित तथा कोषाध्यक्षमा पन्नालाल सोनारलाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा ओमप्रकाश वैश्य, बैथनाथ अग्रवाल, कुन्तलराज शर्मा, हरि श्रेष्ठ, बृजेशकुमार त्रिपाठी, रामबिहारी खटिक, गंगाराम थारु, राम समुझ कुम्हार, शिव भारती, खुदुवा कुचबधिया, घनश्यमा गुप्ता, अलि अकबर बेहना, चन्द्रेश्वरराज त्रिपाठी, सुधिर गुरुङ र सत्रुहन सोनीलाई सर्वसम्मन चयन गरिएको अध्यक्ष शर्माले जानकारी गराउनु भएको छ ।

यसैगरी ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा वरिष्ठ सल्लाहकार ओमप्रकाश श्रीवास्तव, कानुनी सल्लाहकार अधिवक्ता रामकुमार दिक्षित रहेको छन् भने सल्लाहकारहरुमा क्रमशः योगेन्द्र झा“, तेजराम बर्मा, बेचन भुजुवालाई चयन गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।
