Saturday, July 4सत्यम खबर
Shadow

आस्था

मोडेल र न्यु डाँफे क्लब क्वाटर फाइनलमा प्रवेश

मोडेल र न्यु डाँफे क्लब क्वाटर फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ माघ – दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यु डाँफे क्लबले जित हासिल गरेका छन् ।जितसँगै मोडेल क्लब र न्यु डाँफे क्लब प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २/१ ले पराजित गरेको छ ।मोडेलका लागि मनु थापाले दुबै गोल गरेका थिए । उनले १७औं मिनेट र २३ औं मिनेटमा गोल गरेकाथिए । एफसी–११का लागि मोहन विकले ४०औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा न्यु डाँफे क्लबले रारा जनचेतना युवा क्लबलाई ४/२ गोल अन्तरले पराजित गरेको छ ।न्यु डाँफेका लागि सुदिप विकले २ गोल गरेका थिए । उनले खेलको ३६औं र ४६औं मिनेटमा गोल गरेकाथिए । डाँफेका लागि मनिष थापा र सुनिल खड्काले १/१ गोल गरे । मनिषले ५८औं र सुनिलले ७०औं मिनेटमा गोल गर्न सफल भएका थिए । यता रारा जनचेतनाका लागि लल...
मंगलबार चर्चित गायक पशुपति शर्मा, कमल खत्री र डान्सर अञ्जली अधिकारी आउँदै

मंगलबार चर्चित गायक पशुपति शर्मा, कमल खत्री र डान्सर अञ्जली अधिकारी आउँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ माघ - बाँकेको नेपालगन्जमा जारी महोत्सवमा भोलि मंगलबार चर्चित गायक पशुपति शर्मा र कमल खत्री सहितका कलाकार आउने भएका छन् । नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार राष्ट्रिय ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री र डान्सर एवं माेडेल अञ्जली अधिकारी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ । उनका अनुसार मंगलबार उद्धघोषक सञ्जय देवकोटा र उद्धोषिका प्ररणा गिरीले कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएको महोत्सव परिसर स्थित सचिवालयले जनाएको छ । यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कल...
भेरी रकर्स र नेपालगन्ज मोडेल एकेडेमीको सहज जित

भेरी रकर्स र नेपालगन्ज मोडेल एकेडेमीको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ माघ – सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले शानदार जित हासिल गरेको छ ।सोमबार मंगल प्रसाद उच्च माविको खेल मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई १ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भेरी रकर्सले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ४६ रन जोडेको थियो ।प्लेयर अफ द म्याचबन्न सफल भएका रकर्सका सद्धावले ४६ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै ९७ रन बनाएका थिए । शतक प्रहार गर्न ३ रन आवश्यक परेका बेला सद्धाव क्याट आउट भएका थिए । यसैगरी रकर्स लागि साहिल अन्सारीले ३५ रन, ओपनर साहिद अन्सारीले २९ रन, सद्धाम शेखले १८ र सम्सुद्धिन अन्सारीले १६ रन जोडेको थिए । बाँके बारियर्सका सजल पुन, सिद्धार्थ कश्यप र अविशेख गारुकले १/१ विकेट लिए ।जवाफमा बाँके वारियर्...
सीताविना अयोध्या अधुरो छ, नेपाल हाउस बनाउँछौं : मुख्यमन्त्री आदित्यनाथ

सीताविना अयोध्या अधुरो छ, नेपाल हाउस बनाउँछौं : मुख्यमन्त्री आदित्यनाथ

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ माघ – भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग विहीबार लखनऊस्थित आफ्नै कार्यकक्षमा भेट गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपालको कालीगण्डकीबाट रामलिलाको प्रतिमा बनाउन ल्याइएको देवशिलाले पनि राम-सीतालाई जोडेको बताए । भेटमा मुख्यमन्त्री आदित्यनाथले राम जन्मभूमि अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता व्यक्त गरेको नेता शाहले जानकारी दिए । ‘सीता माताविना अयोध्या अधुरो छ । सीतालाई समेट्ने नेपाल हो । मिथिला हो । नेपाली भक्तजनलाई समेटेर अयोध्यामा नेपाल हाउस निर्माण हुन्छ,’ मुख्यमन्त्री आदित्यनाथको भनाइ उद्धृत गर्दै नेता शाहले भने । नेपाली प्रतिनिधिमण्डलले नेपाल र भारतलाई अवध र मिथिलाको सम्बन्धले जोडेको भन्दै नेपाली भक्तजनलाई निशुल...
चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकाको दाबी

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकाको दाबी

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ माघ – अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ ।केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको दाबी गरेको हो ।रक्षा मन्त्रालयले बुधबार मोन्टानाको पश्चिमी राज्यमा देखा परेको बेलुनलाई गोली हानेर खसाल्ने विचार गरे पनि भग्नावशेषमा के हुन सक्छ भन्ने चिन्ताले त्यसो नगर्ने निर्णय गरेको जनाइएको छ।फिलिपिन्स भ्रमणमा रहेका रक्षामन्त्री लोयड अस्टिनले बुधवार यस विषयमा छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूको बैठक बोलाएका थिए । पेन्टागनले धेरै दिनदेखि बेलुनलाई ट्र्याक गरिरहेको छ। बेलुन अमेरिकाको उत्तरी आकाशमा रहेको जनाइएको छ। एजेन्सी...
माघ २८ गतेसम्म नेपालगन्ज महोत्सव हुने

माघ २८ गतेसम्म नेपालगन्ज महोत्सव हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ माघ – बाँकेको नेपालगन्जमा जारी महोत्सवको समय अवधि ४ दिनका लागि थपिएको छ ।नेपालगन्जको कारका“दो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव यस अघि माघ १० गते देखि २४ गते सम्म जानकारी गराए पनि समितिको निणर्यले ४ दिन समय अवधि बढाएर माघ २८ गतेसम्म थपेको हो ।नेपालगन्ज महोत्सवमा आयोजकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बजोड प्रस्तुति दिइदै आएको छ । चर्तित एवं दर्शकको मनमा छाएका कलाकारहरुको गीत, नृत्य र कलालाई नेपालगन्ज महोत्सवको मञ्चमा आयोजकले प्रस्तुत गर्दै आईरहेको छ ।नेपालगन्ज महोत्सवको मञ्चमा चर्चित कलाकारलाई ल्याउने दर्शकको चाहानालाई मध्यनजर गर्दै आयोजक समितिले समय थपेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिट...
महोत्सवमा माघ १४ गते देखि कुस्ती प्रतियोगिता

महोत्सवमा माघ १४ गते देखि कुस्ती प्रतियोगिता

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ माघ - बाँकेको नेपालगञ्जमा सञ्चालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ ।चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन माघ १४ गते देखि १८ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता हुनलागेको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए ।उनका अनुसार आज भने राष्ट्रिय ख्याती प्राप्त कलाकार आउने भएका छन । दर्शको मनोरञ्जनका लागि आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने कार्यक्रम तय भएको छ ।महोत्सवमा प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गर्नेछन ।...
महोत्सवमा आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउँदै

महोत्सवमा आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ माघ - बाँकेको नेपालगन्जमा सञ्चालनमा आएको महोत्सवमा आज राष्ट्रिय ख्याती प्राप्त कलाकार आउने भएका छन् ।चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कंडेलले जानकारी दिए ।उनका अनुसार दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गर्नेछन ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा मंगलबार नेपालगन्जमा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव  उद्धघाटन गरिएको छ ।...
महाेत्सवमा थारूगाउँकाे चर्चा

महाेत्सवमा थारूगाउँकाे चर्चा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ - नेपालगन्जमा मंगलवारदेखि सुरु भएको चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ मा थारु गाउँ महोत्सवको चर्चा भएको छ । मंगलवार नेपालगन्ज महोत्सवको उद्घाटनसंगै थारु गाउँ महोत्सवको पनि उद्घाटन भएको हो ।माघ १० गतेदेखि सुरु भएको नेपालगन्ज महोत्सवमा थारु गाउँ महोत्सवको चर्चा व्यापक रहेको दर्शकले जनाएका छन् । थारु गाउँ महोत्सवलाई थारु समुदायको चलन अनुसार नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगिन शर्मा, सोनारी राप्ती मिडियाका प्रवन्धक हेमन्त चौधरीले दारु चढाएर उद्घाटन गर्नुभएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै पत्रकार महासंघका उपाध्यक्ष शर्माले थारु महोत्सवले थारु समुदायको संस्कृतिलाई अझ उजागर गरिने जानकारी गराउनुभयो । थारु महोत्सव भित्र अन्य समुदायको उपस्थिति देखेर थारु समुदायको कला संस्कृति र विभिन्न परिकार स्वाद लिन दर्शकको उपस्थित...
नेपालगन्ज महोत्सव भब्य रुपमा उद्धघाटन

नेपालगन्ज महोत्सव भब्य रुपमा उद्धघाटन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ – नेपालगन्ज महोत्सवको उद्धघाटन आज भब्य रुपमा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगन्जमा आजदेखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।उद्धघाटन समारोहको मुख्य केन्द्रबिन्दु रहेकी लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ आजदेखि सञ्चालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन नेपालगन्जको धम्बोझी चोक देखि महोत्सव स्थल सम्म सांकृतिक झाकी ¥यालीको आयोजना गरिएको थियो ।प्रमुख अतिथि लुम्बिनी प्रदेश मन्त्री नमुनाले महोत्सव उद्धघाटन कार्यक्रममा विगतको कोभिडब...