Saturday, July 4सत्यम खबर
Shadow

आस्था

साइन्स फेस्टिवलको तयारी पुरा, मंगलबारदेखी साइन्स फेस्टिवल सुरु

साइन्स फेस्टिवलको तयारी पुरा, मंगलबारदेखी साइन्स फेस्टिवल सुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ फागुन – हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण आजबाट नेपालगन्ज रंगशालामा सुरु हुँदैछ । हिमालयन साईन्स फाउण्डेशनले आयोजना गरेको फेस्टिवलले विद्यालय स्तरबाटै विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउने अपेक्षाआयोजकले लिएको छ ।यस फेस्टिवलमा करिब ५० वटा स्टल राखिने छ । जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनी गरिनेछ । फेस्टिवलमा सहभागी हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् । फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ । सो फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजी...
दुर्व्यसनमुक्त महाशिवरात्रि मनाउन आव्हान

दुर्व्यसनमुक्त महाशिवरात्रि मनाउन आव्हान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ फागुन – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा आयोजित १५ दिवसीय दुव्र्यसनमुक्त महाशिवरात्रि सन्देश अभियानको छैटौं दिन कोहलपुर न.पा.का चप्परगौडी, बजार क्षेत्र, पिपरी, मदनचोक, चिसापानी लगायतका स्थानहरुमा सचेतनतामूलक आध्यात्मिक चित्र प्रदशर्नी गर्दै यसपाली दुर्व्यसनमुक्त महाशिवरात्रि मनाउन आव्हान गरिरहेको छ ।हे कर्णधार युवा दिप बनेर जाग,यसपाली को महाशिवरात्रि मा विशालु नशालु वस्तु त्याग ।यसपाली को शिवरात्रि यसरी मनाऔंधुम्रपान, मद्यपान, लागू पदार्थ संधैलाई त्यागौं ।परमात्मा शिवमाथि यी सबै दुव्र्यसन अर्पण गरौं,जीवन लाई सुन्दर, सभ्य र श्रेष्ठ बनाऔं ।यिनै भावनाका साथ दया र करुणा लागि आध्यात्मिक सशक्तिकरण भन्ने नारालाई बोकेर अभियान अघि बढिरहेको जनाईको छ ।...
जन्मदर्ता अभियानमा धार्मिक अगुवाहरूको परिचालन गर्दै कृष्णनगर

जन्मदर्ता अभियानमा धार्मिक अगुवाहरूको परिचालन गर्दै कृष्णनगर

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, १ फागुन – बालबालिकाको जन्म दर्तामा धार्मिक अगुवाहरूको भूमिका बिषयक एक दिने अभिमूखिकरण कार्यक्रम कृष्णनगर नगरपालिका वडा नं. ३ मा सम्पन्न भएको छ ।कृष्णनगर नगरपालिकाको आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा धर्मगुरु मौलाना मशहूद खाँको अध्यक्षता तथा प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष, सगिर अहमद खाँ रहेका थिए । कार्यक्रममा जन्मदर्ताको महत्व, जन्मदर्ताको आवश्यकता, जन्मदर्ताबाट हुने फाइदा, जन्मदर्ताको कानुनी अधिकार, समुदायका धार्मिक अगुवाहरुको भुमिका लगायतका बिषयमा युनिसेफ नेपाल, भैरहवा फिल्ड कार्यालयका प्रकाश कैनीले प्रकाश पारेका थिए ।कार्यक्रममा बालबालिकाको जन्मदर्ता गराउन धर्मगुरु हरूको भूमिका के के हुन सक्छ भन्ने बिषयमा वृहत छलफल गरिएको थियो । कार्यक्रमका सहभागि धर्मगुरुहरुले आफुले गर्ने धार्मिक प्रवचन, जन्म सँग सम्बन्धित कर...
जानकीमा माओवादीका कार्यकर्ताहरूले महान जनयुद्ध दिवस मनाए

जानकीमा माओवादीका कार्यकर्ताहरूले महान जनयुद्ध दिवस मनाए

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, १ फागुन – बाँकेको जानकी गाउँपालिका नेकपा माओवादीका कार्यकर्ताहरूले वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको घरमा आज सोमबार महान जनयुद्ध दिवस भब्य रुपमा मनाएका छन् ।जानकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्ताले २०५२ फागुन १ गतेबाट सुरू गरिएको महान् जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु’ वडाअध्यक्ष गुप्ताले भन्नुभयो ।त्यसै गरी यस कार्यक्रमका प्रमुख अथिति रक्षाराम...
१२ औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित

१२ औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ फागुन – नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाको अधिवेशनले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको हो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव पनि पारित भएको छ ।नगरसभा सदस्य मुजम्मिल हुसैन हल्वाईले स्वास्थ्य सेवा विधेयक, नगरसभा सदस्य कौशलकुमार धोवीले सार्वजनिक निजी साझेदारी विधेयक, नगरसभा सदस्य गोपाल पुनले खानेपानी तथा स्वच्छता सम्बन्धि विधेयक र नगरसभा सदस्य विना थापाले विनियोजन विधेयकको प्रथम संशोधन नगरसभामा प्रस्तुत गर्नुभएको थियो । यसैगरी नगरसभा सदस्य पुष्षा सिंहले प्...
डुडुवामा हात्तीपाइले आमऔषधी सेवन अभियान शुरु

डुडुवामा हात्तीपाइले आमऔषधी सेवन अभियान शुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १ फागुन – राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३औं आम औषधी सेवन अभियान यस वर्ष शुरु भएको छ । अभियान सफल बनाउनका लागि बाँके डुडुवा गाउँपालिकाले आज सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ ।कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निर्धारण, अनुगमनको कार्यलाई प्रभावकारी बनाउने विशेष रणनिति निर्माण गरिएको हो । औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निर्माण गरिएको रणनिति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवामा यही फागुन ११ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो ।करिब एक हप्तासम्म संचालन गरिने उक्त अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जनामहिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । उचाईका आधारम...
न्यु दर्पण र रनियापुर युवा क्लब विजयी

न्यु दर्पण र रनियापुर युवा क्लब विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – न्यु दर्पन र रनियापुर युवा क्लबले नेपालगन्ज मेयर तथा उपमेयर कपक्रिकेट प्रतियोगितामा आईतबार सफलता हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा न्यु दर्पणले सेन्ट थोमस स्कुललाई ३२ रनले हरायो । अर्को खेलमा रनियापुर युवा क्लबले ज्यागवार क्रिकेट क्लबलाई ३९ रनले पराजित गरेको छ । मंगल प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १५ओभरमा ४ विकेटको नोक्सानीमा १ सय २२ रन बनाएको थियो ।न्यु दपर्णका विशाल गुबाजुले ५१ रन, अनिषपुन मगरले १५ रन, रिशम सिंह ठकुरीले १३ रन र विशाल पौडेलले अविजित १२ रन जोडे । सेन्ट थोमसका उत्सव बस्नेतले ३ विकेट लिए ।जवाफमा सेन्ट थोमस १३.४ ओभरमा ९० रन बनाएर अलआउट भयो । सेन्ट थोमसका कृष्ण आचार्यले ३८ रन र सुदिप श्रेष्ठले १३ रन बनाए । दर्पणका विशाल पौडेलले ४ विकेट र रमेश भण्डारीले ३ विकेट लिए । खेलमा ४ विकेट लिने दर्पणका विशाल प्ले...
आयोजक जय किसान स्पोर्टस क्लब च्याम्पियन

आयोजक जय किसान स्पोर्टस क्लब च्याम्पियन

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – आयोजक जय किसान स्पोर्टस क्लबले दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आईतबार जय किसान स्पोर्टस क्लबले बागमति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ ।जय किसानले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको पहिलो संस्करणमा जय किसानले कैलाली मसुरिया फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो ।आईतबार जय किसानलाई लगातार दोस्रो पटक उपाधि दिलाउन निशान डाँगीले २ गोल गरे । खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा भएको फाइनल खेलमा डाँगीले खेलको २५ औं र ८० औं मिनेटमा गोल गरेका थिए ।प्रतियोगितामा जय किसानका प्रविणकुमार सुनार सर्वोत्कृष्ट खेलाडी, जय किसान कै कृष्ण क्षेत्री सर्वाधिक गोलकर्ता र बागमतिका करण शाही उत्कृष्ट गोल किपरको रुपमा पुरस्कृत भए ।प्रतियोगिताको विजेता टिम जय किसान स्पोर्टस क्लबले नगद रु १ ल...
‘आयोजकले गल्ती ढाकछोप गर्न म माथि आरोप मोडेको छ’ : पाठक

‘आयोजकले गल्ती ढाकछोप गर्न म माथि आरोप मोडेको छ’ : पाठक

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ माघ – बाँकेको नेपालगन्ज महोत्सवमा भएको घटनाको खण्डन गर्दै आफ्नो कुनै पनि हात नरहेको संगीता पाठकले बताएकी छन । नेपालगन्ज महोत्सवमा भएको लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिताको परिणाम घोषणा गर्ने क्रममा अभिभावक र आयोजक बीच भएको विवादलाई आधार बनाएर पाठक माथि लगाइएको आरोप प्रति आफ्नो गम्भिर आपत्ति सहित ध्यार्नाषण भएको एक पत्रकार सम्मेलन मार्फत बताएकी छन ।पाठकले नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले उनको चरित्रहत्या गर्ने बदनियत तरिकाले जारी गरेको विज्ञप्ति अफवाह र फर्जी रहेको बताएकी छन । उनले त्यसमा कुनै पनि सत्यता नरहेको दावी गरेकी छन् ।उनले आफ्नो विज्ञप्तिमा लेखेकी छन, ‘आयोजकका केही पदाधिकारीको एक तर्फी निणर्यका कारण उत्पन्न समस्याको जिम्मेवार मलाई बनाएर आफु पन्छिन खोजेको प्रति खेद समेत प्रकट गर्दछु । उत्पन्न समस्याको समाधानका लागि छलफलको बाटो हुद...
आयुर्वेद जनरल हस्पिटलद्धारा आयुर्वेद औषधि व्यवसायी सम्मानित

आयुर्वेद जनरल हस्पिटलद्धारा आयुर्वेद औषधि व्यवसायी सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ माघ – नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयुर्वेद औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।शनिबार अस्पताल परिसरमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले नेपाल आयुर्वेद औषधि व्यवसायी संघ तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं महाधिवेशन/राष्ट्रिय अधिवेशनबाट केन्द्रिय कार्यसमितिमा चयन भएका आयुर्वेद औषधी व्यवसायी र स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, हस्पिटलका प्रमुख प्रसाकिय अधिकृत प्रभाकर मिश्र, निर्देशक डा. शिवराज सुवेदी लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेका थिए ।नेपाल आयुर्वेद व्यवसायी संघका सहकोषाध्यक्ष एवम् नारायणी आयुर्वेदका वेदव्यास सुवेदी, केन्द्रिय सदस्य एवम् प्रदेश संयोजक फेमिली आयुर्वेदका गिरीराज शर्मा भंटराई र केन्द्रिय सदस्य एवम् मनकामना आयुर्वेद फर्माका ल...