Friday, April 24सत्यम खबर
Shadow

दुर्व्यसनमुक्त महाशिवरात्रि मनाउन आव्हान

नेपालगन्ज, १ फागुन – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा आयोजित १५ दिवसीय दुव्र्यसनमुक्त महाशिवरात्रि सन्देश अभियानको छैटौं दिन कोहलपुर न.पा.का चप्परगौडी, बजार क्षेत्र, पिपरी, मदनचोक, चिसापानी लगायतका स्थानहरुमा सचेतनतामूलक आध्यात्मिक चित्र प्रदशर्नी गर्दै यसपाली दुर्व्यसनमुक्त महाशिवरात्रि मनाउन आव्हान गरिरहेको छ ।
हे कर्णधार युवा दिप बनेर जाग,
यसपाली को महाशिवरात्रि मा विशालु नशालु वस्तु त्याग ।
यसपाली को शिवरात्रि यसरी मनाऔं
धुम्रपान, मद्यपान, लागू पदार्थ संधैलाई त्यागौं ।
परमात्मा शिवमाथि यी सबै दुव्र्यसन अर्पण गरौं,
जीवन लाई सुन्दर, सभ्य र श्रेष्ठ बनाऔं ।
यिनै भावनाका साथ दया र करुणा लागि आध्यात्मिक सशक्तिकरण भन्ने नारालाई बोकेर अभियान अघि बढिरहेको जनाईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *