Saturday, April 25सत्यम खबर
Shadow

जन्मदर्ता अभियानमा धार्मिक अगुवाहरूको परिचालन गर्दै कृष्णनगर

कपिलवस्तु, १ फागुन – बालबालिकाको जन्म दर्तामा धार्मिक अगुवाहरूको भूमिका बिषयक एक दिने अभिमूखिकरण कार्यक्रम कृष्णनगर नगरपालिका वडा नं. ३ मा सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा धर्मगुरु मौलाना मशहूद खाँको अध्यक्षता तथा प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष, सगिर अहमद खाँ रहेका थिए । कार्यक्रममा जन्मदर्ताको महत्व, जन्मदर्ताको आवश्यकता, जन्मदर्ताबाट हुने फाइदा, जन्मदर्ताको कानुनी अधिकार, समुदायका धार्मिक अगुवाहरुको भुमिका लगायतका बिषयमा युनिसेफ नेपाल, भैरहवा फिल्ड कार्यालयका प्रकाश कैनीले प्रकाश पारेका थिए ।
कार्यक्रममा बालबालिकाको जन्मदर्ता गराउन धर्मगुरु हरूको भूमिका के के हुन सक्छ भन्ने बिषयमा वृहत छलफल गरिएको थियो । कार्यक्रमका सहभागि धर्मगुरुहरुले आफुले गर्ने धार्मिक प्रवचन, जन्म सँग सम्बन्धित कर्मकाण्ड लगायत अन्य धार्मिक कार्य गर्दा समेत बालबालिकको जन्म दर्ताको बिषय दह्रो रुपमा उठान गर्नुका साथै आफ्नो समुदायमा सचेतना समेत फैलाउने कुरामा प्रतिबध्द रहनुका साथै आफ्नो वडा लाई चाँडैनै पूर्ण जन्मदर्ता भएको वडाको रुपमा परिचित गराउन निरन्तर लागि पर्ने बताए ।
जन्मदर्ता जस्तो सम्बेदनशिल बिषयमा आफुहरुलाई अनुशिक्षित गराएकोमा नगरपालिका र युनिसेफ लाई धन्यबाद समेत ब्यक्त गरे । कार्यक्रमको सहजिकरण नगरपालिकाको पंजिकरण शाखा प्रमुख राजु रैदास समेतले गरेका थिए । अभिमुखिकरण कार्यक्रममा उद्घोषण तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिकाका महिला तथा बाल बलिका शाखा प्रमुख थुमा उपाध्यायले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *