Saturday, July 4सत्यम खबर
Shadow

आस्था

उपमहानगरबाट पुनःस्थापना केन्द्रहरुको अनुगमन

उपमहानगरबाट पुनःस्थापना केन्द्रहरुको अनुगमन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ फागुन – नेपालगन्जमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो ।साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह, माइती नेपालको पुनःस्थापना गृह र शक्ति समूहको पुनःस्थापना गृहको अनुगमन गरिएको छ । नगर उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशल धोवी, अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरी तथा सदस्यद्वय निवर्तमान उपप्रमुख उमा थापामगर र प्रेस सल्लाहकार नवीन गिरी अनुगमनमा पुग्नुभएको थियोे ।नेपालगन्ज उपमहानगरपालिका भारतसंग सीमा जोडिएको पालिका भएकाले सीमा नाकामा मानव बेचविखन प्रेरित क्रियाकलाप...
राष्ट्रपतिमा विवादरहित अनुहारको खोजी

राष्ट्रपतिमा विवादरहित अनुहारको खोजी

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य
१५ फागुन सोमबार श्रीमन्नारायणयसै महीना हुने राष्ट्रपति निर्वाचनको विषयले व्यापक चर्चा पाएको छ । यसभन्दा अघिका तीन चुनावमा राष्ट्रपति पदको निर्वाचन त्यति बढी चर्चामा हुँदैनथ्यो तर यसपालि सत्तापक्ष र प्रतिपक्ष दुवैले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका कतिपय निर्णय विवादित नभएका भए सम्भवतः यस चुनावप्रति पनि देश र विदेशको आँखा केन्द्रित हुने थिएन । अङ्कगणितको हिसाबले सत्ताधारी गठबन्धनबीच सामञ्जस्य र मतैक्य रहेमा सत्ताधारी गठबन्धनको उम्मेदवार नै राष्ट्रपति बन्ने निश्चित छ तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसरी राष्ट्रिय सहमतिको कुरा गरिरहेका छन् यसबाट नयाँ राष्ट्रपति सत्ताधारी गठबन्धन बाहिरबाट पनि हुन सक्ने सम्भावना विकसित भइरहेको छ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चतुर राजनीतिक खेलाडी हुन् र उनले एकपछि अर्को नाम अघि सार्दै गैरएमाले समूहमा मतभि...
नेता बन्न जनताको सेवा गर्नु पर्ने

नेता बन्न जनताको सेवा गर्नु पर्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, १५ फागुन - नेता बन्नको निम्ति जनताको सेवा गर्नु पर्ने एक कार्यक्रममा जोड दिइएको छ । उक्त बैठकमा बोल्दै नेकपा एमाले प्रदेश कमिटि सदस्य अछरी पोखरेलले जनताको सेवा गरेर नेता बन्न सुझाव दिदै मिसन ग्रासरुट अभियान भनेको के हो ? किन आवश्यक पर्यो ? अभियान सञ्चालन गर्नुका उद्देश्य, लगायतका विषय प्रष्ट पार्नु भयो ।प्रमुख अथिति समेत रहनु भएका पोखरेलले जनताको सेवा गरी मन जित्ने व्यक्ति मात्र नेता बन्न सक्ने बताउँदै टोल छरछिमेकमा कोहि कसैलाई अप्ठ्याराे परेको बेला पुगेर सहयोग गर्ने व्यक्तिलाई नै सबैले नेता मान्ने हुँदा जनताको सेवा गरेर नेता बन्न अग्रह गर्नु भयो । नेकपा एमाले मिसन ग्रासरुट अभियानको विस्तारित बैठक फागुन १४ गते कोहलपुर वडा नंं.५ मा सम्पन्न भयो ।यसैगरी कोहलपुर नगरका अध्यक्ष नमप्रसाद शर्माले फागुन ९ गतेदेखि बैशाक ९ गते सम्म २ महिने अभियानको उद्देश्यका बारेमा प्रष्ट पार्नु भयो । वडा अ...
बर्दियाली समाजद्धारा एसपी र सिडियोलाई सम्मान

बर्दियाली समाजद्धारा एसपी र सिडियोलाई सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ फागुन - बर्दियाली सेवा समाज बाँकेले शुक्रवार बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारी र बाँकेका एसपी (प्रहरी प्रमुख)लाई एक कार्यक्रमका विच स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।बर्दियाली सेवा समाजद्धारा राखीएको स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रमको संचालन समाजका सचिव टंकनाथ पौडेल र स्वागत मन्तव्य समाजका सह–सचिव अछरी पोखरेलले गर्नु भएको थियो ।स्वागत सम्मान तथा परिचयात्मक कार्यक्रममा बर्दियाली सेवा समाज बाँकेका अध्यक्ष भिम बहादुर राना भाट र पुर्व अध्यक्ष इश्वर पोखरेलले खादा र माला लगाएर सम्मान गर्नु भएको थियो ।सम्मान कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीले यस किसिमका सम्मानले एक आपसमा सम्बन्धलाइ सुमधुर बनाउने बताउदै बाँकेको शान्ति सुरक्षामा आफु खरो उत्रने बताउनु भयो ।यसैगरी बाँकेका प्रहरी प्रमुख बसन्त सिंह राठोरले बर्दिय...
सांसद तिवारीद्वारा फुल्टेक्रा तालको अनुगमन, संरक्षण गर्ने प्रतिबद्धता

सांसद तिवारीद्वारा फुल्टेक्रा तालको अनुगमन, संरक्षण गर्ने प्रतिबद्धता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – केही दिन अगाडी फुल्टेक्रा स्थित फुल्टेक्रा तालमा सौरभ कन्ट्रक्सनले पहेलो तथा लालपेटी ईट्टाको प्रयोग गरी बाउन्ड्री वालको निर्माण गरिएको समाचार प्रकाशित भएपछि सो निर्माण स्थलको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आफ्नो विज्ञ टोली सहित स्थलगत अनुगमन गरेका छन् ।उक्त अनुगमन पश्चात संक्षिप्त भनाई राख्दै सौरभ कन्ट्रक्सनबाट गरिएको चुकलाई हामीले कहिले सहज रुपमा नलिएर आफै स्थलगत अनुगमन गर्न पुगेको तथा जहाँ जहाँ उक्त कमसल सामाग्री भएको पाईएको छ सो स्थानमा पुनः निर्माण गर्ने बताउनुभयो ।उक्त स्थानमा स्थानीय फुल्टेक्राबासीहरुको माग अनुसार बाउन्ड्री वालको छेउमा २–४ मिटरको बाटो समेत आउने आर्थिक वर्षमा निर्माण गर्ने भनी प्रतिबद्धता दोहोरियाउनुका साथै बाउन्ड्री वाल निर्माण पश्चात फुल्टेक्रा तालबाट कसरी आर्थिक आर्जन गर्न सकिन्छ त्यस बारे समेत बृहत योजनासहित अगामी दिनहरुमा बजेट...
भेरी रकर्स मेयर कप क्रिकेटको फाईनलमा प्रवेश

भेरी रकर्स मेयर कप क्रिकेटको फाईनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – भेरी रकर्स नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा मंगलबार भएको खेलमा भेरी रकर्सले कोहलपुर स्पोर्टस एकेडेमीलाई ५ विकेटले हराउँदै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । अब फाइनलमा भेरी रकर्सले शनिबार न्यु दर्पण युवाक्लब र ज्योति स्पोर्टस एकेडेमी (ए) बिचको विजेतासँग खेल्नेछ । शुक्रबार प्रतियोगिताको दोस्रो सेमिफाइनल न्यु दर्पण युवा क्लब र ज्योति स्पोर्टस एकेडेमीले प्रतिस्पर्धा गर्दैछन् । यसैगरी शनिबार नै मंगल प्रसाद उच्च माविको मैदानमा नेपालगन्ज उपमेयर कप महिला क्रिकेटको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमी र होलि ल्यान्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ ।मंगलबार मंगल प्रसाद उच्च मावि खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कोहलपुर स्पोर्टस एकेडेमीले १७.५ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ४ रन बनायो । कोहलपुरका दिपेन्द्र रावतले ३७ र...
लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीले गरे १० लाख बढीको कारोबार

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीले गरे १० लाख बढीको कारोबार

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – महिलाहरुलाई उद्यमगर्न प्रेरित गर्दै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सम्पन्न भएको छ । फागुनको ५ गतेदेखि नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा चलेको लुम्बिनीप्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका सामाग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।नेपालगन्जमा भएको प्रदर्शनीको सातौं संस्करणमा करिब १० लाख भन्दा बढिको कारोबार भएको आयोजक महिला उद्यमी संघ नेपालबाँके वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक साबित्री बस्नेतले बताईन् ।प्रदर्शनीको अन्तिम दिन सानो पुजीबाट आफनो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तिन जना सफल महिला उद्यमीलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेमा नेपालमा अल्लोको प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेकी प्रेम नि.श. अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराही दाङकी सञ्चालक प्रेम कुमारी पुन, बुटिक व...
अफ्रिका भ्रमणअघि मध्यरातमा बंगलादेशमा किन रोकिए चिनियाँ

अफ्रिका भ्रमणअघि मध्यरातमा बंगलादेशमा किन रोकिए चिनियाँ

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ फागुन – लगातार ३२ वर्षदेखि चीनले आफ्ना विदेशमन्त्रीलाई नयाँ वर्षको पहिलो कूटनीतिक भ्रमणका लागि अफ्रिका पठाउने गरेको छ। नवनियुक्त विदेश मन्त्री किन ग्याङले पनि आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नयाँ वर्षको अवसरमा अफ्रिकाबाट सुरु गरेका छन्। उनले इथियोपिया, ग्याबोन, अंगोला, बेनिन, इजिप्ट, अफ्रिकी संघको मुख्यालय र अरब राज्यहरूको मुख्यालयको भ्रमण गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। तर किन इथियोपिया आइपुग्नु भन्दा पहिले उनी बंगलादेशमा रोकिए भन्‍ने प्रश्‍न उठेको छ। चीनको विदेश मन्त्रालयले यसलाई 'प्राविधिक रोकावट' को रूपमा वर्णन गरेको छ। इथियोपियाको भ्रमण अघि उनले बंगलादेशका विदेशमन्त्री अबुल कलाम अब्दुल मोमेनसँग ढाकाको विमानस्थलमा संक्षिप्त भेटघाट गरे। 'दुई पक्षले चीन र बंगलादेश बीचको मित्रताको विषयमा कुराकानी भएको र नयाँ वर्षको अवसरमा द्विपक्षीय आदानप्रदानलाई सुदृढ ग...
अफ्रिकी साहेल क्षेत्रमा चीनको रणनीतिक प्रवेश, प्राकृतिक साधनको दोहन गर्ने योजना

अफ्रिकी साहेल क्षेत्रमा चीनको रणनीतिक प्रवेश, प्राकृतिक साधनको दोहन गर्ने योजना

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ फागुन – अफ्रिकाको सहेल क्षेत्रमा मौरिटानिया, बुर्किना फासो, माली, नाइजर, चाड, सुडान र सेनेगल पर्दछन्। नियमित खडेरी र पानी र चरन समाप्त भएका स्रोतहरूमा द्वन्द्वको वृद्धि यसको परिभाषित विशेषताहरू हुन्। अन्तरदेशीय आपराधिक संगठनहरूको वृद्धि र इस्लामवादी चरमपन्थी समूहहरूको द्रुत आरोहणले द्वन्द्वमा थप इन्धन थपेको छ। जसरी आतंकवादी समूहहरूले उप-सहारा राष्ट्रहरूलाई त्रसित बनाएको छ र यसले केवल पश्चिमा मोडेलको लोकतन्त्रलाई मात्र होइन, सहेलको सुरक्षामा संलग्नताको लागि ठूलो क्षेत्र पनि प्रकट गरेको छ। विगत नौ वर्षदेखि फ्रान्सले द्वन्द्वग्रस्त सहेल क्षेत्रमा प्राथमिक सुरक्षा प्रदायकको रूपमा काम गर्दै आएको छ तर पछिल्लो समय फ्रान्सले यस क्षेत्रमा जनविरोध बढ्दै गएको छ। माली, बुर्किना फासो र नाइजरमा नागरिकहरूबाट भएको हिंसात्मक विरोधको कारण, फ्रान्सले अगस्ट २०२२ मा मालीबाट आफ्नो अन्तिम इकाई...
विश्व बैंकले चिनियाँ अर्थतन्त्रको भयावह चित्र प्रक्षेपण गर्‍यो

विश्व बैंकले चिनियाँ अर्थतन्त्रको भयावह चित्र प्रक्षेपण गर्‍यो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ फागुन – सन् २०२२ सेप्टेम्बर र डिसेम्बरमा दुईवटा ब्याक-टु-ब्याक रिपोर्टहरूमा विश्व बैंकले २०२२-२०२३ मा चिनियाँ अर्थतन्त्रको डरलाग्दो चित्र प्रक्षेपण गरेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र अहिले दौडमा पछाडि झरिरहेको मात्र होइन संयुक्त राज्य अमेरिकापछि निकटतम छिमेकी भारत अघि देखिन्छ। विश्व बैंकका दुई प्रतिवेदनले सन् २०२२ मा चीनको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.७ प्रतिशतमा पुग्‍ने अनुमान गरेको छ, जुन सन् २०२१ मा हासिल गरेको ८.१ प्रतिशतको दरभन्दा धेरै कम हो। सन् २०२३ मा ४.३ प्रतिशतमा पुर्‍याउन सक्ने जनाइएको छ भने भारतले २०२२-२३ मा ७ प्रतिशत पुर्‍याउने प्रक्षेपण गरेको छ। ३१ अक्टोबर २०२२ मा बेइजिङबाट आएको एपी रिपोर्टले चीनको एक आधिकारिक सर्वेक्षणलाई उद्धृत गर्दै चीनको उत्पादन क्षेत्र कमजोर भएको र अर्थतन्त्रमा दबाब थपिएको देखाउँछ। शून्य-कोभिड नीतिको एक भागको रूपमा चिनियाँ ...