
नेपालगन्ज, ९ फागुन – केही दिन अगाडी फुल्टेक्रा स्थित फुल्टेक्रा तालमा सौरभ कन्ट्रक्सनले पहेलो तथा लालपेटी ईट्टाको प्रयोग गरी बाउन्ड्री वालको निर्माण गरिएको समाचार प्रकाशित भएपछि सो निर्माण स्थलको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आफ्नो विज्ञ टोली सहित स्थलगत अनुगमन गरेका छन् ।
उक्त अनुगमन पश्चात संक्षिप्त भनाई राख्दै सौरभ कन्ट्रक्सनबाट गरिएको चुकलाई हामीले कहिले सहज रुपमा नलिएर आफै स्थलगत अनुगमन गर्न पुगेको तथा जहाँ जहाँ उक्त कमसल सामाग्री भएको पाईएको छ सो स्थानमा पुनः निर्माण गर्ने बताउनुभयो ।
उक्त स्थानमा स्थानीय फुल्टेक्राबासीहरुको माग अनुसार बाउन्ड्री वालको छेउमा २–४ मिटरको बाटो समेत आउने आर्थिक वर्षमा निर्माण गर्ने भनी प्रतिबद्धता दोहोरियाउनुका साथै बाउन्ड्री वाल निर्माण पश्चात फुल्टेक्रा तालबाट कसरी आर्थिक आर्जन गर्न सकिन्छ त्यस बारे समेत बृहत योजनासहित अगामी दिनहरुमा बजेटि· गरिने समेत प्रतिबद्धता मेयर बिष्टले गरेका छन् ।
सोही विषयमा थप संरक्षण फुल्टेक्रा ताललाई कसरी गर्न सकिन्छ भनी फुल्टेक्रा संरक्षण समिति अध्यक्ष मदनराज शर्माको टोली आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका सांसद लक्ष्मी तिवारीलाई भेटघाट गरेका छन् ।
अध्यक्ष शर्माका अनुसार भेटघाटका क्रममा माननीय तिवारीबाट फुल्टेक्रा ताल संरक्षणका लागि ठोस पहल गर्नुका साथै आर्थिक प्याकेज समेत व्यवस्थापन गर्न पहल गर्ने जानकारी गराउनु भएको छ ।
सोही क्रममा आज माननीय लक्ष्मी तिवारीले फुल्टेक्रा संरक्षण समितिका अध्यक्ष शर्माको सहकार्यमा फुल्टेक्रा तालको स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा सांसद तिवारीले अब छिट्टै यस विषयमा सम्बन्धित पक्षहरुलाई एक ठाउ“मा राखी कसरी फुल्टेक्रा तालको बृहत विकास तथा आर्थिक बृद्धि गर्न सकिन्छ त्यसपक्षमा कार्य गर्ने प्रतिबद्धता गरेकी छन् । सांसद तिवारीका अनुसार फुल्टेक्रा तालको संरक्षण क्रममा आवश्यक भए आफ्नो सांसदीय कोषको बजेटबाट समेत केही रकम विनियोजित गर्ने बताउनुभयो ।
सांसद तिवारीद्वारा अनुगमन गर्ने क्रममा फुल्टेक्रा ताल संरक्षण समितिका अध्यक्ष शर्मा, उपाध्यक्ष हितेश भारती, बहादुर बर्मा लगायत आधा दर्जन बढीको सहभागिता रहेको थियो ।
