
नेपालगन्ज, १३ फागुन – बर्दियाली सेवा समाज बाँकेले शुक्रवार बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारी र बाँकेका एसपी (प्रहरी प्रमुख)लाई एक कार्यक्रमका विच स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दियाली सेवा समाजद्धारा राखीएको स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रमको संचालन समाजका सचिव टंकनाथ पौडेल र स्वागत मन्तव्य समाजका सह–सचिव अछरी पोखरेलले गर्नु भएको थियो ।
स्वागत सम्मान तथा परिचयात्मक कार्यक्रममा बर्दियाली सेवा समाज बाँकेका अध्यक्ष भिम बहादुर राना भाट र पुर्व अध्यक्ष इश्वर पोखरेलले खादा र माला लगाएर सम्मान गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीले यस किसिमका सम्मानले एक आपसमा सम्बन्धलाइ सुमधुर बनाउने बताउदै बाँकेको शान्ति सुरक्षामा आफु खरो उत्रने बताउनु भयो ।
यसैगरी बाँकेका प्रहरी प्रमुख बसन्त सिंह राठोरले बर्दियाली सेवा समाजद्धारा गरीएको सम्मानले आफुलाइ जिम्मेवारीमा खरो उत्रन भारी थपिएको महशुस गदै बाँके जिल्लामा शान्तिसुरक्षा कायम गर्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउनु भयो ।
यसैगरी वडा नं.१२का निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले बाँके र बर्दियासीमा जोडिएको र बर्दियाबाट बाँकेमा आइ पेशा ,व्यापार व्यवसाय गरी बस्नेको संख्या ठूलो रहेको हुदा यसरी संगठीत भइ एक आफसमा भाइचाराको संबन्ध बढाउनु राम्रो काम भएको बताउनु भयो ।
यसैगरी वडा नं. १२का अध्यक्ष तरुण बज्राचार्यले जुनसुकै पेशामा आबद्ध भए पनि बर्दिया घर हो भन्ना साथ आत्मीयता बढ्ने र यसरी आफुपनि संगठीत हुन पाउदा खुशी व्यक्त गर्नुभयो ।
बर्दिया जन्मथलो भनौ वा बर्दियाबाट बाँकेमा बसाइसराइ गरेर विभिन्न पेशा, व्यापार व्यवासाय गरेर बाँकेमा बसोवास गर्दै आएका व्यक्तिहरुलाइ समेटेर गोलबद्ध गरी संगठीत भएर एक अर्काको पिरमर्कामा साथ र सहयोग आदान प्रदान गर्ने उदेश्यले बर्दियाली सेवा समाजको स्थापना भएको हो । सोहि अनुरुप बाँकेका एसपी सन्तोस सिंह राठोर र बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारी बर्दियासंग जोडिएका कारण उहाँहरु दुबैजनालाइ स्वागत तथा सम्मान गरीएको समाजका सहसचिव अछरी पोखरेलले जानकारी गराउनु भयो ।
