चिनियाँ राष्ट्रपति कम्युनिष्ट पार्टीलाई अनुशासनमा राख्न राष्ट्रिय अभियानमा लाग्ने
काठमाण्डौ, ८ फागुन – चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सत्ताको तेस्रो कार्यकाललाई ‘नयाँ युग’ को रूपमा वर्णन गरेका छन् र जसमा उनले कम्युनिष्ट पार्टी र यसका एकाइहरूलाई राम्रो शासनका लागि अनुशासन दिन राष्ट्रिय अभियानमा लाग्ने बताएका छन् ।
सिंगापुरस्थित अनलाइन न्यूज पोर्टल सिंगापुर पोस्टले सी जिनपिङले जनवरीको दोस्रो हप्तामा चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन निरीक्षणको २० औं केन्द्रीय आयोगको पूर्ण सत्रलाई सम्बोधन गर्दै यस्तो बताएको रिपोर्ट गरेको छ।
सत्रको क्रममा सीले अनुशासन पार्टीलाई शासन गर्ने ‘नियम’ भएको र पार्टीका सदस्यहरुले आचरणमा संयम राख्नु नै मापदण्ड भएको औंल्याए। राष्ट्रपतिले अनुशासनलाई थप प्रमुख स्थानमा राख्ने प्रस्ताव राखेका थिए, र त्यो ‘पार्टी नियम निर्माण, पार्टी अनुशासन शिक्षा, र अनुशासन प्रवर्तन पर्यवेक्षणको सम्पूर्ण प्रक्रियामा कडा आवश्यकताहरू लागू गरिनुपर्ने’ बताएको...









