Sunday, April 26सत्यम खबर
Shadow

मुर्ति फोड्नेमाथि कार्यवाहीको मांगसहित विरोध प्रदर्शन (फोटोफिचरसहित)

नेपालगन्ज, २५ फागुन – फागू पूर्णिमा होली पर्व मनाउनु भन्दा एक दिन अगाडी नेपालगन्ज उपमहानगरपालिका एक्लैनी, बिस्कोरियन टोलमा रहेको शिवालय मन्दिरमा तोडफोड गरिएको घटनालाई लिएर आज जानकी गाउँपालिका वडा नं. १ जोगागाउँमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल शिवसेनाका कावा अध्यक्ष किशोर लामाको नेतृत्वमा जानकी गाउँपालिका वडा नं. १ मा रहेका नेपाल शिवसेनाका शिवसैनीकहरुले मुर्ति तोडफोड गर्न पाईन्न, हिन्दु धर्मावलम्बीहरुलाई अपमानित गर्न पाइन्न, पाकिस्तान मुर्दाबाद, मुर्ति तोडफोड गर्नेलाई कार्यवाही गर, नेपाल शिवसेना जिन्दावाद लगायतको नारा लगाउँदै साईगाउँ प्रहरी चौकीसम्म पुगि चौकी प्रमुखलाई सम्बन्धित पक्षलाई पक्राउ गरी छिटोभन्दा छिटो कार्यवाही गर्न दबाव दिएको जनाएका छन् ।
जानकी गाउँपालिका वडा नंं. १ का शिवसैनीक कुलराज जैसीका अनुसार नेपाल शिवसेनाको अगुवाईमा आज मुर्ति तोडफोड गर्ने जोकोही भएपनि शक्त कार्यवाहीको मांगसहित टायर बाली विरोध प्रदर्शन गरेको बताए ।
विरोध प्रदर्शन पछि कोण सभाको आयोजना गरी जहिले पनि हिन्दु देवी देवताहरुलाई मात्र निशानामा राखी विभिन्न घटनाहरु घट्ने गरेका छन् । यसबारे पटक पटक सम्बन्धित प्रहरी, प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत दोषी छुट्दै आईरहेको तथा अब पनि यदि मुर्ति तोडफोड गर्ने तत्वहरुलाई कही कतैबाट संरक्षण गर्ने कार्य भएको अवस्थामा हामीले आफै कार्यवाही गर्ने चेतावनी दिंदै प्रशासनले छिटोभन्दा छिटो हाम्रो आस्थामा चोट पु¥याउने तत्वहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गर्न आजको विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको बताएका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *