
नेपालगन्ज, २२ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदौं २०७९ सालको निर्वाचन जितेपछि वडा अध्यक्ष दीपक बर्माले छ कुने चौकदेखि दक्षिण गौरी शंकरटोल, लगदहवा हुँदै बाईपास सडकको २ किलोमीटर अस्फाल्ट शिलान्यास आजबाट कालोपत्रे भइ रहेको छ जानकारी वडा अध्यक्ष बर्माले गराउनुभयो ।
यस भित्र लगदहवा गाउँ भित्र पक्की नाला समेत निर्माण भइ रहेको जानकारी गराउँदै वडाध्यक्ष बर्माले चालू आर्थिक बर्षमा सडक पुर्वाधार कार्यलाई तीव्रता दिनुका साथै अहिले वडा नं. १८ भित्र यो आर्थिक बर्षमा ११ वटा सडक कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको सडक निर्माण भइ रहेको जानकारी गराउनुका साथै केही दिनपछि थप १४ वटा सडकको निर्माण शुरु हुने बताउनु भयो ।
