Saturday, July 4सत्यम खबर
Shadow

आस्था

नेपाल र भारतबीच बुद्धधर्मका सन्दर्भमा घनिष्ठ सम्बन्ध

नेपाल र भारतबीच बुद्धधर्मका सन्दर्भमा घनिष्ठ सम्बन्ध

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १७ बैशाख –बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन् । बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्धधर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताए । बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्धधर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको बताउँदै सम्मेलनबाट आफूलाई पनि सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे । बुद्ध धर्मको प्रादुर्भाव नेपालबाट भएको तथा यो धर्मको मुख्य सन्देश प्रेम र करुणा भएको उनले बताए । ‘बुद्धधर्मका सन्दर्भमा नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ, यो धर्मले दुवै देशलाई एकताबद्ध गरेको छ । हाम्रा निम्ति बुद्ध धर्मको जननी नेपाल र जनक भारत हो,’ नेपाल र भारतबीचको निकट छिमेक सम्बन्धका साथै धार्मिक सम्बन्धबारे चर्चा गर्दै तिब्बती गुरूले भने । बुद्...
खतरनाक चिनियाँ साइबर अपराध

खतरनाक चिनियाँ साइबर अपराध

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १७ बैशाख – चोरी र अपराधको नयाँ शैली बढ्ने क्रममा २१ औं शताब्दीमा साइबर अपराध बढ्दो छ। खासगरी पासवर्ड ह्याक गरेर अपराध गर्नेको सूची नै बढ्दो छ। साइबर टुलसमेत यस्ता अपराधिक गिरोहले एकले अर्कोलाई आपसमा हस्तान्तरण गर्ने गरेको तथ्यसमेत फेला परेको छ। विथ सेक्युर कम्पनीले तयार पारेको साइबर आक्रमण गर्ने टुल सिल्क लोडर चिनियाँ गिरोहले रुसी फिरौती असुल्ने ग्याङलाई हस्तान्तरण गरेको छ। यसका बारे अध्ययन गर्नेले गरेको खुलासा अनुसार फ्रान्समा समाजसेवाका संस्थालाई आक्रमण गर्ने क्रममा यसको प्रयोग हुने गरेको थियो। यसको निर्माण पनि फ्रान्सलाई नै लक्षित गरेर भएको हो। सन् २०२२ को सुरुवातदेखि नै यसको प्रयोग गरेर आक्रमण गर्ने काम हुने गरेको थियो। सन् २०२२ को गृष्म ऋतु भन्दा अघि नै चिनियाँ सिल्करोडर कम्पनीको उत्पादनलाई चिनियाँ आपराधिक समूहले सबैभन्दा धेरै प्रयोग गरेका थियो। पूर्वी एसियाका हङकङ लग...
चीनले नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे छ’

चीनले नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे छ’

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पाेखरा, १५ बैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास सम्भव नहुने बताउनु भएकाे छ । आइतबार पाेखरामा राष्ट्रिय एकता अभियानले आयाेजना गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार-गोष्ठीमा बाेल्दै उहाँले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे,’कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।’ उहाँले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने दाेहर्‍याउनु भयाे । त्यस्तै गाेष्ठीमा सहभागी पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाउनु भयाे। उहाँले ...
भारतलाई आग्रह: थप ३ पेट्रोलियम पाइपलाइन बनाइदिन प्रस्ताव

भारतलाई आग्रह: थप ३ पेट्रोलियम पाइपलाइन बनाइदिन प्रस्ताव

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
अमलेखगन्जदेखि लोथर, सिलिगुडीदेखि चारआली र गोरखपुरदेखि भैरहवासम्म पाइपलाइन बनाइदिन भारतलाई आग्रहकाठमाण्डौ, १५ बैशाख – पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल–भारत संयुक्त कार्य (सहसचिवस्तरीय) बैठकमा नेपालले थप तीन पेट्रोलियम पाइपलाइन बनाइदिन भारतसँग आग्रह गरेको छ । नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव ईशा श्रीवास्तवको नेतृत्वमा मंगलबार बसेको बैठकमा नेपालले २ वटा पेट्रोलियम पाइपलाइनसहित प्राकृतिक ग्यास पाइपलाइनको प्रस्ताव गरेको हो । ‘अमलेखगन्जदेखि लोथर र सिलगुढीदेखि चारआलीसम्म पेट्रोलियम पाइपलाइन र गोरखपुरदेखि भैरहवासम्म प्राकृृतिक ग्यासको पाइपलाइन बनाइदिन आग्रह गरेका छौं । यसमा भारतीय पक्ष सकारात्मक छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘हामीले गरेको प्रस्तावमा भारतीय पक्षले सोच्न सकिने र क...
डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने

डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ बैशाख – बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादनको क्षमता विस्तार र विविधिकरणका लागि नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानी सम्झौता भएको छ । बिहीबार भएको समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरे । उद्योगको क्षमता विस्तार तथा उत्पाद विविधिकरणको लागि बोर्डले गत माघमै लगानी स्वीकृत गरेको थियो । सम्झौतापश्चात डाबर नेपालका बिजनेस हेड बेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न चाहेको बताए । बोर्डका भट्टले डाबरले गरेको थप लगानीले नेपालप्रति बहुर्राष्ट्रिय कम्पनीको विश्वास रहेको पुष्टि गर्ने दाबी गरे...
कोहलपुरमा रक्तदाताहरु संगठित हुँदै

कोहलपुरमा रक्तदाताहरु संगठित हुँदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १४ बैशाख – नेपालगन्ज पछिको दोस्रो नगर कोहलपुरमा रहेका स्वयम्सेवी रक्तदाताहरुले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नको लागि पहल गर्दैछन् । स्वयम्सेवी रक्तदाता तथा स्थानीय नागरिक समाजका अगुवा चिन्तामणि धितालको संयोजकत्वमा आज बुधवार सम्पन्न स्वयम्सेवी रक्तदाताको भेलाले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नका लागि पहल शुरु गरेको हो ।नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहको विशेष उपस्थिति र चिन्तामणि धितालको अध्यक्षतामा सम्पन्न उक्त भेलाले निकट भविष्यमा कोहलपुर नगर क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको भेलाको आयोजना गरेर कोहलपुर नगरपालिका स्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नका लागि धिताल कै संयोजकत्वमा सात सदस्यीय तयारी समिति गठन गरिएको छ ।सो समितिमा जयश्वर पौडेल, दिपा बस्नेत, लक्ष्मण राज पौडेल, दिनेश सिग्देल, जगत रामदान र गोविन्द वाग्ले सदस्य रहेका छन् ।भ...
१० वर्षपछि नेपालगन्जमा विराट ५१ कुण्डीय गायत्री महायज्ञ हुँदै

१० वर्षपछि नेपालगन्जमा विराट ५१ कुण्डीय गायत्री महायज्ञ हुँदै

आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ बैशाख – १० वर्षपछि नेपालगन्जमा गायत्री परिवार प्रज्ञा मण्डल नेपालगन्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा बैशाख २६ गतेदेखि २९ गतेसम्म हुन गईरहेको विराट ५१ कुण्डीय गायत्री महायज्ञलाई भब्य रुपमा सम्पन्न गर्न आज पत्रकार भेटघाट मार्फत जानकारी गराईएको छ ।नेपालगन्जको धम्बोजी खजुरा रोडमा रहेको गायत्री मन्दिरमा भव्य ५१ कुण्डीय गायत्री महायज्ञ हुने जानकारी दिईएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझीदेखि नगर परिक्रमा गरी शुभारम्भ हुने बताईएको छ ।यसैगरी साँझ ४ बजेदेखि ७ बजेसम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पं. श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ भने दोस्रो दिन अथवा २७ गते बिहान ५ देखि ...
अङ्गप्रत्यारोपण गरेका खेलाडीहरुको शानदार जित

अङ्गप्रत्यारोपण गरेका खेलाडीहरुको शानदार जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० बैशाख – विभिन्न अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अङ्गदान गरेका व्यक्तिहरु पनि समाजमा अन्य व्यक्ति सरह स्वस्थ र सक्रिय जिवन जिउन सक्छन भन्ने सन्देश फैलाउन सन् २०१० देखि विभिन्न अंगदान तथा प्रत्यारोपण गरेका व्यक्तिहरु मिलेर अन्य विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग र सहकार्यमा नेपालमा हरेक वर्ष प्रत्यारोपण खेलकुद तथा अङ्गदान सचेतना सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको जनाईएको छ ।आरोग्य फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलकुद कार्यक्रम तथा अङ्गदानको क्षेत्रमा काम गर्ने संस्था वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनको आधिकारिक सदस्यता प्राप्त गरि नेपालको तर्फबाट प्रतिनिधि संस्थाको मान्यता समेत पाएको छ । र फेडरेसनको लागि नेपालको तर्फबाट आधिकारिक प्रतिनिधि आरोग्य फाउन्डेसनकी अध्यक्ष, आनी छोइंग डोल्मा मोक्तान लामा र टिम मेनेजरको रुपमा मिर्गौला प्रत्यारो...
मण्टेश्वरी बाँकेको दोस्रो अधिवेशन सम्पन्न

मण्टेश्वरी बाँकेको दोस्रो अधिवेशन सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० बैशाख – मण्टेश्वरी एशोसिएशन बाँकेको शनिवार दोस्रो अधिवेशन सम्पन्न भएको छ ।मण्टेश्वरी एशोसिएशन बाँकेकी अध्यक्ष लुना बुढाथोकीको अध्यक्षमा सम्पन्न दोस्रो अधिवेशनको वरिष्ठ पत्रकार तथा एशोसिएसनका सल्लाहकार पूर्ण लाल चुकेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । मण्टेश्वरी एशोसिएशनकी कोषाध्यक्ष खिमा थापामगरद्वारा सञ्चालित कार्यक्रममा सचिव दुर्गा बजगाईले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै बाँकेमा मण्टेश्वरी एशोसिएसनको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो ।सो कार्यक्रममा मण्टेश्वरी एशोसिएशनका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुकेले ११५ वर्ष अघि मारिया मण्टेश्वरीले ल्याएको अवधारणा अन्सारको शिक्षण विधि, पद्दति र सिकाईबाट कलिला बालबालिकाको भविष्य उज्वल गराउन सहायक सिद्ध हुने बताउनु भयो ।मंगल प्रसाद महिला कलेजका प्रमुख तथा सल्लाहकार रविन्द्र कर्णले म तपाईहरुलाई तालिम दिनमा हर स...
नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न

नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० वैशाख – तेस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न भएको छ । अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा भएको फेस्टिवलका विजेताहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो ।दुई दिनसम्म चलेको फेस्टिवलका विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदिप छाजेड, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, फेस्टिवल निर्णायक टिमका संयोजक विकास कार्की र रमेश मल्लले पुरस्कृत गरेका थिए ।‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राजबहादुर शाहीलाई नगद २५ हजार ५ सय ५५ रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।यसैगरी शुक्रबारदेखि सुरु भएको फेस्टिवलमा खेलकुद विधाका विजेता सत्यम जोशी, पर्यटन विधाका विजेता सृजना ओली, संस्कृति तर्फको विजेता बबि साई, प्रकृति र संरक्षण तर्फको विजेता श्रीराम खत्री, दैनिक जीवन तर्फ...