Saturday, July 4सत्यम खबर
Shadow

आस्था

डुडुवा पुर्ण खोप सुनिश्चितता घोषणा

डुडुवा पुर्ण खोप सुनिश्चितता घोषणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १० बैशाख – बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदाय स्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिनुभयो ।उहाँले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बाञ्चितीकरणमा पर्न नहुने बताउनुभयो ।गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार तीन सय २९ जना बालबालिकाले सत प्रतिशत पुर्ण खोप लगाएको र १६ महिनादेखि ५९ महिनाका तीन हजार ६ ...
फरक कथामा बनेको “ज्याकी – आईएम ट्वान्टिवान”

फरक कथामा बनेको “ज्याकी – आईएम ट्वान्टिवान”

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० बैशाख – आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे “ज्याकी – आई एम ट्वान्टिवान” विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । “ज्याकी आई – एम ट्वान्टिवान”को प्रचारप्रसारका क्रममा शनिबार नेपालगन्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।मोफासलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै “ज्याकी – आई एम ट्वान्टिवान”मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए । उनले “ज्याकी – आई एम ट्वान्टिवान”को माध्यमबाट नेपालमा पहिलोपटक “हिप्पप डान्स”को कथालाई समेटिएको बताए ।त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई “ज्याकी – आई एम ट्वा...
आदर्श माविमा पूर्वविद्यार्थी समाज गठन

आदर्श माविमा पूर्वविद्यार्थी समाज गठन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १० बैशाख – आदर्श माध्यामिक विद्यालय खजुरामा अध्यापन गरेका पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको छ ।विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलाले गोविन्द शर्माको अध्यक्षतामा ३५ सदस्यीय आदर्श मावि पूर्व विद्यार्थी समाज खजुरा ३ डि गाउँको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ईन्दिरा खड्का भण्डारी र कोपिला कँडेल, महासचिवमा सुबास निरौला, सचिवमा तेज खड्का र कोषाध्यक्ष बबिता सुनार रहेको कार्यसमिति गठन गरिएको हो ।समिति गठनका लागि आयोजित भेलामा पूर्व विद्यार्थीहरु किरण ढकाल, भावना सापकोटा, टेक कार्की, लक्ष्मण खत्री, अनक नेपाली राकेश पौडेल, अशोक भण्डारी, कृष्ण कुँवर, नविन कर्माचार्य लगायतले विभिन्न सुझाव दिनुभयो । विद्यालयका प्रधानाध्यापक सापकोटाले पूर्व विद्यार्थी समाज गठन भएपछि विद्यालयले एक महत्वपूर्ण साझेदार प्राप्त गरेको...
ब्रिनाेज: बिमलकुमार टण्डनकाे अध्यक्षतामा नयाँ नेतृत्व

ब्रिनाेज: बिमलकुमार टण्डनकाे अध्यक्षतामा नयाँ नेतृत्व

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ बैशाख - ब्रिनाेज कान स्वास्थ्य सामुदायिक सेवाले आफ्नाे १३ ओै वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन आज शनिबार भब्यताका साथ सम्पन्न गरेकाे छ ।आज सम्पन्न १३ वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशनबाट बिमलकुमार टण्डनकाे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरिएकाे छ ।यसैगरी उपाध्यक्षमा राहुल टण्डन, सचिवमा प्रदीप शाह, काेषाध्यक्षमा सन्ताेषकुमार कनाेडियालाई चयन गरिएकाे छ भने सदस्यहरूमा क्रमशः रामशरण चाैधरी, अविनाश चाैधरी र राैनक अलीलाई जिल्ला अधिवेशनबाट चयन गरिएकाे सचिव शाहले जानकारी गराउनु भयाे ।...
उपनिर्वाचन मौन अवधि सुरु

उपनिर्वाचन मौन अवधि सुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ बैशाख – आइतवार तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गएरातिदेखि लागू भएको मौन अवधि आइतबार मतदान प्रक्रिया नसकिएसम्म रहने छ ।मौन अवधिभर कसैको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न निषेध गरिएको छ। यस्तै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ ।साथै निर्वाचन आचारसंहिताविपरीत सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रचार–प्रसारजस्ता कार्य नगर्न आयोगले सम्बन्धित पक्षलाई अपिल पनि गरेको छ । तीन क्षेत्रमा मात्रै चुनाव हुने भएपनि आचारसंहिता देशैभर लागू हुने आयोगले जनाएको छ।वैशामख १० गते आइतवार चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँँदैछ।...
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ बैशाख – यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वतावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आजदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनुभएको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहनुभएको छ ।संयन्त्रको कार्यारम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न/गराउन निर्देशन दिनुभयो ।सो अवसरमा निर्वाचन आयुक्तहरु रामप्रसा...
चितवन –२: उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन –२: उपनिर्वाचनको तयारी अन्तिम चरणमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
चितवन, ९ बैशाख – चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगद्वारा...
उपेन्द्र जस्तै राउत आफै लाभ पद लिन चाहेन्न

उपेन्द्र जस्तै राउत आफै लाभ पद लिन चाहेन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ बैशाख – अहिलेे बारा जिल्लाकाे क्षेत्र २ उपनिर्वाचनमा राष्ट्रिय राजनीति हाेमिएकाे छ । सप्तरीमा उपेन्द्र यादवलाई भारि मतले हराएका सिके राउत निकै नै जाेशले हाेमिएका छन ।राउतले नयाँ हुनुको लाभ उठाउन पछिपरेका छैनन् । मधेश सरकारको नेतृत्व गरिरहेको र पटक–पटक संघीय सरकारमा जसपाका नेताहरू गए पनि यहाँको बेरोजगारी, अस्पताल, स्कुल र किसानको समस्या नफेरिएको प्रचारलाई जोड दिएका छन् । अझ दशगजा क्षेत्रका नागरिकले भारतको भर परिरहनु परेको पीडालाई चुनावी एजेण्डा बनाएको छ । अझ उपेन्द्र यादव, पुरुषोत्तम पौडेल र रमेश खरेलहरू यो निर्वाचन क्षेत्र भन्दा बाहिरका नेता भएको प्रचारलाई घरघरसम्म राउतले पुर्‍याइरहेका छन् । ‘आफ्नो नेता आफैं हो, आफ्नो ठाउँको नेता आफैं हो भन्ने स्वराजको मान्यतालाई हामीले जोड दिएका छौं’, जनमतका नेता बीपी भन्छन् । महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, पचरौता गाउँपालिका, क...
नेपाल–भारत एकीकृत जाँच चौकीको भौतिक प्रगति ८६ प्रतिशत सम्पन्न

नेपाल–भारत एकीकृत जाँच चौकीको भौतिक प्रगति ८६ प्रतिशत सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ बैशाख – नेपालगञ्ज आईसीपी निर्माण कार्य ८६ प्रतिशत सम्पन्न भएको छ। भारत सरकारले बनाइदिँदै गरेको एकीकृत जाँच चौकीको भौतिक प्रगति ८६ प्रतिशत रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।नेपालको अन्तराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारत बीच चार सीमा नाकाहरू (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवै तर्फ समान रूपमा एकीकृत जाँच चौकी निर्माण गर्ने सहमति भएको थियो।सन् २००५अगस्टमा भएको समझदारी अनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत जाँच चौकी निर्माणको काम २०७७ असोज २६ मा सुरु भएको हो।समितिका कार्यकारी निर्देशक गजुरेल र भारतीय भूमि पत्तन प्राधिकरणका अध्यक्ष आदित्य मिश्रले बिहीबारको भेटमा दुवै तर्फका...
बारा २ मा उपेन्द्र यादवले उडाए आचार संहिताको धज्जी, मन्त्री साँसदद्धारा नै उलंघन, निरीह सम्बध निकाय

बारा २ मा उपेन्द्र यादवले उडाए आचार संहिताको धज्जी, मन्त्री साँसदद्धारा नै उलंघन, निरीह सम्बध निकाय

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ बैशाख – जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ । जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ भनेर चुप लागेर बसेको छ । उपेन्द्रलाई जिताउने नाममा सरकारी संयन्त्र नै निरिह बन्नेगरी कानुन र आचारसंहिताको धज्जी उडाएपछि मतदाता आक्रोशित बनेका छन् । सरकारी संयन्त्र ब्यानर हटाउनेमा सीमित छ । चेतावनी दिने र स्पष्टीकरण सोध्ने तहमा हिम्मत गर्न सकेको छैन । जसका कारण उपेन्द्रले मनपरी गरिरहेका छन् । आचारसंहिताको उल्लंघन भइरहेको जानकारी भए पनि तराईमा यस्तै अभ्यास चलिआएको बाराका आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले...