Saturday, July 4सत्यम खबर
Shadow

आस्था

शैक्षिक अवस्था कमजोर हुँदा समेत पुगेन जिम्मेवार निकायको ध्यान, दोहोरा नीतिले कर्मचारी पोसित, विद्यालय नगई शिक्षकले तलब लिएको अनुगमनमा पाइयो

शैक्षिक अवस्था कमजोर हुँदा समेत पुगेन जिम्मेवार निकायको ध्यान, दोहोरा नीतिले कर्मचारी पोसित, विद्यालय नगई शिक्षकले तलब लिएको अनुगमनमा पाइयो

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २४ बैशाख – विगत वर्षदेखि नै शिक्षा क्षेत्रमा बाँकेको नरैनापुर गाउँपालिका भित्र रहेका विद्यालय तथा मदरसाहरुमा शिक्षाको गुणस्तरीयता न्यून रहेको पाईन्छ । त्यसमाथि बेला बखत शिक्षा माथि नरैनापुरबासीहरु मार्फत नै प्रश्न समेत उठ्ने गरेको भएपनि गाउँपालिकाका दोहोरो नीतिले गर्दा कर्मचारी पोसित हुँदै आईरहेको पालिकाबासीहरुको आरोप रहेको छ ।यसैक्रममा नगरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आईतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको, शिक्षकहरुले हप्तौदिनसम्म हाजिरी नगरेको पाइएको हो ।अनुगमनका क्रममा नरैनापुर गाउँपाल...
नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
“संगठन बलियो बनाउन र बिगतका कमीकमजोरीलाई हटाउन समीक्षा सहितको दिशानिर्देश जानु पर्ने” सह–महामन्त्री राठौर के आर शर्मानेपालगन्ज, २४ बैशाख – नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री किशोरसिंह राठौरले कांग्रेस पार्टी संगठन बलियो बनाउन र बिगतका कमीकमजोरीलाई हटाउन समीक्षा सहितको दिशानिर्देश जानु पर्ने बताए । आउने पाँच बर्षमा पार्टीका सबैतह र भातृ संगठन, शुभेच्छुक संगठनले आ–आफ्ना उत्तरदायित्व सहितका भुमिका निर्वाह गर्न सक्यो भने चाहे जस्तो सबल सक्षम सांगठनिक जिल्ला बनाउन सकिने बताए ।बाँकेको तिनैवटै संसदीय क्षेत्र मध्ये शाख खस्ंिकदै गएको अझ संसदीय क्षेत्र नम्बर २ का अगुवा नेता कार्यकर्ता एवं पार्टी नेतृत्व भुमिकामा रहेकाले यावत कमीकमजोरी, गल्तीहरुलाई गम्भीर भएर सोच्नु पर्ने बताए ।नेपाली कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उदघाटन कार्यक्रमका प्रमुख अतिथि सह–महामन्त्री ...
२०४६ पछिको भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ : कांग्रेस सांसद

२०४६ पछिको भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ : कांग्रेस सांसद

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ बैशाख – नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले तीन मन्त्री थपिनुमा सहमति वा विमति नरहेको बताएका छन् ।‘तीनजना मन्त्री थपिनुभयो, ठीकै छ । यसमा शेखरदा’, गगनजीको सहमति वा विमतिभन्दा पनि प्रधानमन्त्रीको अधिकारको कुरा हो । पहिले नै गरेको भए हुन्थ्यो । यतिका महिनासम्म किन खाली राखेको ? पार्टी सभापतिले सिफारिस गरेका सबै साथीहरु योग्य र क्षमतावान् हुनुहुन्छ । हामीलाई पठाउनुस् भनेका थिएनौं, राम्रा मान्छे पठाउनोस् भनेका न थियौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गौतमले भने । पार्टीको आन्तरिक सन्तुलन कायम गर्नुपर्छ भन्नु स्वाभाविक भएको पनि उनले औंल्याए ।सांसद गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुरातन शैलीमै चलेकाले जनता सन्तुष्ट हुने स्थिति नरहेको बताए । गौतमले भने, ‘विगत पाँच महिनामा हामी प्रचण्डजीको द...
हतियार खरिद प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोड्न सञ्चारमन्त्री शर्माको आग्रह

हतियार खरिद प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोड्न सञ्चारमन्त्री शर्माको आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ बैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनसँग हतियार खरिद प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँग नजोड्न आग्रह गरेकी छिन् । बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले खरिद गर्ने भनिएको हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको बताइन् । यसअघि सञ्चार माध्यममा सरकारले चीनसँग ६ अर्बको हतियार खरिद गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । तर उनले यसबारे प्रस्ताव नै नआएकाले कुनै निर्णय नभएको सञ्चारकर्मीलाई बताइन् । यसले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै असर नगर्ने स्पष्ट पारिन् ।...
चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ बैशाख – चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रारम्भिक रिपोर्टमा घटनामा पाँच जनाको मृत्यु भएको बताइएपनि पछि थप चार जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ । उद्धार कार्य जारी छ र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ । एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ । यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ । खबरहब...
पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा नागरिक अभिनन्दन (फोटोफिचरसहित)

पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा नागरिक अभिनन्दन (फोटोफिचरसहित)

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० (बैशाख) – बाँके जिल्लाको ऐतिहासिक नगरी नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव शाहलाई नागरिकद्वारा भब्य रुपमा अभिनन्दन गरिएको छ ।नेपालगन्जको बाँके बगिया मैदानमा नागरिकहरुद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि आयोजना गरिएको नागरिक अभिनन्दन समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा राज परिवारका सदस्यलाई भब्य रुपमा स्वागत गरिएको छ ।पूर्व राजा शाहले “आज नेपालमा यो ऐतिहासिक औद्योगिक र व्यापारिक महत्वको नेपालगन्ज नगरमा आएर तपाईहरुलाई भेट्न पाउँदा मलाई खुशी लागेको छ । यो अवसर दिनु हुने आयोजक तथा उपस्थित जनसमूहप्रति अभार व्यक्त गर्दछु । बाँके, बर्दिया, कञ्चनपुर, कैलाली हामीबाट केही समयको लागि कालान्तरमा गुमेको पनि हो” उहाँले स्मरण गर्दै बताउनुभयो ।उहाँले अगाडी “आजभन्दा ६४ वर्ष अघि यही भूमिमा उभिएर हाम्रो स्वार्गवासी बुवा ज्यूले नेपालको तत्कालिन राजनीतिक दलहरुलाई के...
चीनसँग हतियार खरिद गर्ने तयारी गरेपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित्, भारतले गर्यो बेवास्ता !

चीनसँग हतियार खरिद गर्ने तयारी गरेपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित्, भारतले गर्यो बेवास्ता !

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १९ बैशाख - प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अनिश्चित् बनेको छ। प्रधानमन्त्रीको सचिवालयले यसअघि बैशाखको तेस्रो साता प्रधानमन्त्री दाहाल भारत जाने बताउँदै आएको भएपनि भारतले भने उनलाई स्वागत नगर्ने संकेत देखाएको छ । खासगरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीको लागि नै परराष्ट्रमन्त्रीमा एन.पी. साउदलाई नियुक्त गरिएको थियो । साउदले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थालेका थिए । तर, भारतीय पक्षले भने प्रधानमन्त्री दाहाललाई स्वागत गर्न हतार नगर्ने संकेत गरेपछि अहिले साउदपनि त्यतातर्फ सक्रिय छैनन् । प्रधानमन्त्री दाहाललाई दिल्लीले स्वागत गर्न हतार नगर्नुको कारण भने नेपाली सेनाले ६ अर्व वरावरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गर्नु रहेको खुलेको छ । प्रधानमन्त्री दाहाल र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काक...
कोभिड १९ को प्रकोपमा चीन, अझै १४ करोड भन्दा बढी संक्रमित

कोभिड १९ को प्रकोपमा चीन, अझै १४ करोड भन्दा बढी संक्रमित

CoVid19, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ बैशाख – विश्वमा कोरोनाको पहिलो केस चीनको वुहान सहरबाट आएको थियो । यसपछि कोरोनाले बाँकी विश्वमा आफ्नो प्रकोप फैलाउन थाल्यो । हालै चीनको रोग नियन्त्रण बोर्ड (DCB) ले एउटा नयाँ रिपोर्टमा भाइरसको सङ्क्रमण बढेकोमा चिन्ता व्यक्त गरेको छ। डिसेम्बरदेखि फेब्रुअरीसम्म ११४ करोड मानिस कोरोनाबाट प्रभावित भएको बताए । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) ले यस हप्ताको आफ्नो साप्ताहिक रिपोर्टमा तथ्याङ्क प्रस्तुत गरेको छ। तथ्याङ्कका आधारमा उनले भने कि डिसेम्बर २०२२ देखि जनवरी २०२३ सम्म कोभिड-१९ का केसहरू बढेका छन्। यस क्रममा चीनले शून्य कोविड नीतिको नियम हटाएको थियो। चिनियाँ सरकारको शून्य कोविड नीतिमा परीक्षण, सम्पर्क ट्रेसिङ र लकडाउन समावेश थियो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले पनि भ्याक्सिन बूस्टर शटको सकारात्मक प्रभाव प्रतिवेदनमा देखाएको छ। ब...
दक्षिण चीन सागरमा फिलिपिन्सको सैन्य जहाज र चिनियाँ सैन्य जहाज बीच भिड्न्त

दक्षिण चीन सागरमा फिलिपिन्सको सैन्य जहाज र चिनियाँ सैन्य जहाज बीच भिड्न्त

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ बैशाख – दक्षिण चीन सागरमा फिलिपिन्सको सेना र चिनियाँ सेनाहरु बीच भिडन्त भएको जनाइएको छ । फिलिपिन्सका कोस्ट गार्डले शुक्रबार दक्षिण चीन सागरमा चिनियाँ जहाजहरू सँगको भिडन्तमा संलग्न भएको बताएको हो । एउटा चिनियाँ जहाजले फिलिपिन्सको जहाजबाट करिब १५० फिटको दूरीमा “खतरनाक चाल चलाएको“ थियो, जबकि अन्य दुई जहाजले “आक्रामक रणनीति“ प्रदर्शन गर्यो, जसले “फिलिपिन्सको जहाजको सुरक्षाको लागि निकै महत्वपूर्ण खतरा“ देखिएको फिलिपिन्सको अधिकारीहरुले जनाएका छन् । हिन्दुस्तान टाइम्सबाट ।...
मेची नदी तटबन्ध र नाकाको स्तरवृद्धिको माग

मेची नदी तटबन्ध र नाकाको स्तरवृद्धिको माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
भद्रपुर, १७ बैशाख – झापाको मेचीनगरदेखि भद्रपुर हुँदै कचनकवलसम्म भारतीय सीमा नाका भएर बग्ने मेची नदीको दुवैतर्फ तटबन्ध र भद्रपुर–गलगलिया भन्सार नाकाको स्तर वृद्धिसहित विभिन्न बुँदागत माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराइएको छ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको समन्वयमा कोशी प्रदेश सांसदहरू गोपाल तामाङ, सबिना बजगाईँ, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ, मेचीनगर नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर विभिन्न बुँदागत माग राख्दै लिखित रूपमै ध्यानाकर्षण गराएको हो । सो टोलीले झापा क्षेत्र नम्बर १ र ३ का विभिन्न जनचासोका समस्याको बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी...