
खजुरा, १७ अषाढ – कपास बिकास समिति खजुराका बरिष्ठ अधिकृत बिजयकुमार जोशीको बिदाई भएको छ । चार दसक आफ्नो सेवा पूरा गरि आज बिदाई हुनु भएको छ ।
बिदाई समारोहको अध्यक्षता कपास बिकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेले गरेका थिए । बिदाई समारोहमा कपास बिकास अधिकृत जोशीले आफ्नो ४० बर्षको समय कपासलाई दिएको र थुप्रै उतार चढाव कपासमा भोग्न पुगेको अनुभव बताएका थिए ।
सम्पुर्ण कर्मचारीको तर्फबाट नरेश मिश्राले आँखा भरी आँसु राक्दै नरमाईलो लागेको र कपासलाई कपास बनाउनमा जोशी सरको ठूलो हात भएको उनले बताए ।
कार्यकारी प्रमुख बुद्ध घर्तीले आफुले बिजय जोशीबाट निकै सहयोग भएको र उहाँ एक स्वाभिमानी र लगनशील ब्याक्तित्व भएको र भाबी जीवन सुखमय होस भनेका थिए ।
अध्यक्ष काफ्लेले कपास बिकास समितिले एउटा पिल्लर गुमाएको छ, उहाँलाई कपास बिकास समितिले सधैं सम्झिनेछ, उहाँको बिज्ञतालाई हामी अर्को बहानामा भए पनि बिज्ञ सदस्यको रुपमा राख्ने बताए । कपासका लागि जोशीको ठूलो योगदान भएको र आगामी दिनमा कपासले सधैं सम्झनेछ अध्यक्ष काफ्लेले भनेका थिए ।
सबै कपासका कर्मचारीको उपस्थितिमा अध्यक्ष काफ्लेले फुल गुच्छा दिएर अधिकृत जोशीलाई बिदाई गरेका थिए ।
