Tuesday, October 14सत्यम खबर
Shadow

आस्था

लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ९, असोज - लैङ्गिक हिंसाका कारण मधेशी समुदायका महिला तथा कशोरीहरुको मानसिक समस्या देखिइएको छ । समुदायका पुरुष अभिभावकमा सचेतनाको अभावका कारण महिला तथा किशोरीहरुलाई विभिन्न हिंसामा पारिएको पिडितहरुले बताएका छन । महिला र कानून विकास मंञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले महिला तथा बालिका हिंसाविरुद्ध निमार्ण गर्न लागेको नीतिको बारेमा मंगलबार गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि सरोकारवालाले महिलाहरु अझै पिडित रहेको बताएका थिए । जानकी गाउँपालिकाले मनोसामाजिक सेवामार्फत महिला तथा किशोरीहरुको अवस्था पहिचान गर्ने क्रममा त्यस्तो समस्या देखिएको जनाएको छ । पालिकाका मनोसामाजिक परामर्शकर्ता राधा आचार्यले विभिन्न वडाका महिला तथा किशोरीहरुलाई भेटेर कुरा गर्दा उनीहरु स्वतन्त्रपुर्वक रुपमा जिवनयापन गर्न नपाएपछि मानसिक समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘मह...
नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – हिन्दूहरुको महान पर्व विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ भएको छ । नेपाल र छिमेकी मित्र राष्ट्र भारतमा पनि सोमबार घटस्थापनाको दिन धार्मिक तथा वैदिक विधिपूर्वक विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ हो । नेपालगन्जसंग जोडिएको भारतको रुपईडिहा बजारमा आदर्श थाना कोतवाली इन्चार्ज इन्स्पेक्टर रमेश सिंहले श्री नव दुर्गा पूजा पण्डालको रिबन काटेर उद्घाटन गरे । भारत माता की जय, जय माता दी, जय जय माता दी को नाराले गुञ्जायमान वातावरणमा भएको उद्घाटन कार्यक्रममा रूपैडिहा थाना इन्चार्ज इन्स्पेक्टर रमेश सिंह रावतले शारदीय नवरात्रको सुरुवात केवल एउटा पर्व मात्र होइन, यो एक आध्यात्मिक अभ्यास पनि हो भन्नुभयो । नव दुर्गा पण्डालमा विभिन्न पूजा र प्रार्थना पछि नव दुर्गा पूजा पण्डाल यो । पण्डित पूर्व गाउँको ग्राम पञ्चायत मुरलीधर ददौलीमा नव दुर्गा पूजा समितिमा आएका पाहुनाहरूलाई खाद...
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित

सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज – मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथा संग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो । प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कथासंग्रह र कथाकाररुलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासंग्रह मध्ये छनौट समितिले उत्कृष्ट ठहर्याएको कथासंग्रह ‘बहुरुपी’ लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिए । रेग्मीले आफू र आफ्नी धर्मपत्निको नाममा उक्त सम्मान स्थापना गरेका हुन् । कार्यक्रममा सम्मानित कथासंग्रहम...
डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – गोपाल नीना फाउण्डेशनद्वारा डुडुवा गाउँ पालिका वडा नं २ नौरीगौढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । शनिवार सम्पन्न सो शिविरमा २ सय ९५ जना महिला र १ सय ५३ जना पुरुषहरु स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् । उक्त शिविरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्त्री रोग, पेट, छाला रोग लगायतका विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएका थिए । फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरिले दिनु भएको जानकारी अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्...
बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ६ असोज – डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ समुहले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुव्र्यवहार गरेको बताउनुभयो । तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका बाँकेका युवा शुलभराज श्रेष्ठ र आयुष थापाको...
लैङ्गिक हिंसा न्युनीकरण गर्न स्थानीय तहमा कानुन बनाइदै

लैङ्गिक हिंसा न्युनीकरण गर्न स्थानीय तहमा कानुन बनाइदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – बाँके र बर्दियाका स्थानीय तहमा लैङ्गिक हिंसा न्युनीकरण गर्न नीतिगत व्यस्थापन गर्न थालिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति र कार्यविधी निमार्ण गर्न शुरु गरिएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले उक्त कानुन बनाउन शुरु गरेको हो । यसैक्रममा आज आइतबार बर्दियाको बढैयातालमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले महिला हिंसा विरुद्धका क्रियाकलाप बढी रहेकाले यसको प्रभावकारी न्युनीकरणमा जोड दिएका थिए । समुदायमा लैङ्गिक हिंसा विरोधी घटनाहरु बढेपनि सचेतनाको कमी र अभिभावकको दबाबले कानुनी प्रक्रियामा कम घटना आउने गरेको बताइएको छ । सहभागीहरुले यस विरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्...
पाटेश्वरी विद्यालयमा अभिभावक भेला तथा पुरस्कार वितरण

पाटेश्वरी विद्यालयमा अभिभावक भेला तथा पुरस्कार वितरण

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ असोज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१८ भुजईगाउँ स्थित श्री पाटेश्वरी आधारभूत बिद्यालयको अभिभावक भेला, पुरस्कार बितरण तथा एस.आई.पी. तथा सामाजिक लेखा परीक्षण शुक्रबार सम्पन्न भएको छ । श्री पाटेश्वरी आधारभूत बिद्यालयको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिद्यालयका शिक्षक खेमराज उपाध्यायद्वारा सञ्चालित कार्यक्रममा खेलकूद, राखी प्रतियोगितामा कक्षा ७ बाट हिना मनिहार, वक्तृत्वकला प्रतियोगितामा मनिषा मनिहार, मेंहदी लगाउने प्रतियोगितामा ममता साहू र कप फोल्ङ्गि प्रतियोगितामा कक्षा १ देखि कक्षा ४ सम्मका बिद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा कक्षा १ बाट फतिमा मनिहार कक्षा २ बाट साजिया मनिहार, कक्षा ३ बाट नन्दनी नाउँ, कक्षा ४ बाट अली हुसेन र बालशिक्षाबाट अन्सारी र त्रैमासिक परीक्षामा कक्षा १ ...
विश्व शान्ति दिवसमा २९ जनाले गरे रक्तदान

विश्व शान्ति दिवसमा २९ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ असोज – बाँकेमा श्री सतपाल जी महाराजको ७५ औं जन्मोत्सव तथा बिश्व शान्तिको दिवसको शुभ अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१८ कारकाँदौं स्थित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज, बाँकेको आयोजनामा आश्रमको सभाहलमा महिला र पुरुष गरी २९ जनाले रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्रघाटन गर्नुभएको थियो । नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज, बाँकेका प्रमुख महत्मा चाँदनी बाइजी, प्रचार प्रसार प्रमुख चन्द्रकान्ता बाइजी, नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज कार्य समिति अध्यक्ष बिन्दा खरेलले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, खजुर...
संविधान संशोधनको बहस र नेतृत्वको परीक्षा : जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोज

संविधान संशोधनको बहस र नेतृत्वको परीक्षा : जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोज

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ असोज ४ गते, शनिबार नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले फेरि तीव्र बनेको छ । संविधानले प्रदान गरेको अधिकार, संरचना र मूल्यका विषयमा राजनीतिक दलको असहमति र नेतृत्वको अस्थिरताले जनतामा गहिरो निराशा थपेको छ । भदौ २३ र २४ गते देशभरि उर्लिएको जेन–जी आन्दोलन त्यसको प्रत्यक्ष संकेत हो । युवापुस्ताको आक्रोश र असन्तोषले देशलाई गम्भीर राजनीतिक भुमरीमा ल्याएको छ । आन्दोलनको प्रारम्भिक माग भ्रष्टाचार नियन्त्रण, सरकारी कार्यशैलीमा पारदर्शिता र प्रशासनिक सरलीकरण थियो । तर आन्दोलन विस्तारै संवैधानिक संरचना र राजनीतिक संस्कारमै प्रहार गर्ने दिशामा उन्मुख भयो । सार्वजनिक सम्पत्तिमा आक्रमण, आगजनी र तोडफोडले अर्थतन्त्रलाई ठूलो...
जेनजी सहिदको सम्झनामा फुटबलको श्रद्धाञ्जली सभा

जेनजी सहिदको सम्झनामा फुटबलको श्रद्धाञ्जली सभा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ असोज – जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुको सम्झनामा बाँके जिल्ला फुटबल संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जको धम्बोझी स्थित विरेन्द्र चोकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । श्रद्धाञ्जली सभामा जेन आन्दोलनको क्रममा मृत्युवरण गर्नु भएका नेपालगन्ज उपमहानगरपालिका–१ निवासी आयुष थापा र शुलभ श्रेष्ठसँगै आन्दोलनमा सहादत प्राप्त गर्नु भएका युवाहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो । श्रद्धाञ्जली सभामा फुटबल संघका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा विभिन्न संघका पदाधिकारी, प्रशिक्षक तथा आम नागरिकहरुको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका निर्वतमान उपप्रमुख उमा थापामगर, बाँके जिल्ला महिला फुटबल समिति अध्यक्ष नितु चन्द, पुर्व फुटबल खेलाडी शान्ति सिंह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज श...