Sunday, August 16सत्यम खबर
Shadow

नेपाल दशनामी समाज र दैलेखी समाजको संयुक्त आयोजनामा ३७ जनाले गरे रक्तदान

नेपालगन्ज, ३१ साउन – नेपाल दशनामी समाज बाँके र दैलेखी समाज बाँकेको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला ३१ जना पुरुष गरी ३७ जनाले श्रावण ३० गते रक्तदान गरेका छन् ।

नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरी, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खडका, नेपाल रेडक्रस सोसाइटका पूर्व महामन्त्री मीन बहादुर मल्ल, नेपाल दशनामी समाज प्रदेश सचिव होमनाथ गिरीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी र महेश दहितलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

रक्तदान गर्नेहरुमा दिपक थापा, हिरामणि दाहाल, पुष्कर सिजापति, सुदिक्षा बुढा, मीना थापा, देवबहादुर खडका, बल बहादुर मगर, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खडका, गरिबे चमार, कमलबहादुर गिरी, बिकास चौधरी, हमजीत थापा मगर, रेखा जोशी, सञ्जना बडुवाल गिरी, अनिल हरिजन, बिशाल रैदास, राजेश कोरी, मनोजकुमार रिजाल, सौगात चौधरी, करण थारु, दिनेशकुमार चौधरी, उषा थारु, ममता बराइली, प्रेमप्रकाश बिसी, शंकर गौतम, लक्षमण सञ्जयाल, हितेश चन्द, दिपेन्द्रराज गिरी, राशित गिरी, लक्की सुनार, दुर्गा गरी, साँवलीप्रसाद कोरी, राजू हलवाई, टेक प्रसाद शर्मा, तिलोचन बस्याल ५८ बर्षीय, गंगाराम खत्री र बिजय थारु लगायतले ३७ जनाले रक्तदान गरेका छन् ।

आयोजित रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, महेश दहित लोकश थारु ओमप्रकाश गोडियाले प्राबिधिकमा सहयोग गरेका थिए भने अन्यमा नेपाल दशनामी समाज बाँकेका सचिव रुकिमणा भारती र दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खडका, दिलबहादुर थापा, पुष्कर सिजापति, पूर्णिमाकुमारी थापा, हिरामणि दाहाल शतक रक्तदाता पवन जायसवालले सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका दुबै संस्थाका अध्यक्ष पूर्णदेव गिरीले रक्तदाताहरुलाई प्रोत्साहन स्वरुप कदरपत्र प्रदान गर्नु भएको थियो नेपाल दशनामी समाज नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष तथा जिल्ला सदस्य होमराज गिरीले बताएका छन् ।

यसरी रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका सभापति तथा नेपाल दशनामी समाज बाँकेका सल्लाहकार नबीन गिरी, नेपाल दशनामी समाज बाँकेका निर्वतमान अध्यक्ष गोपालप्रसाद गिरी, नेपाल दशनामी समाज प्रदेश सचिव होमनाथ गिरी, दैलेखी समाज बाँकेका वरिष्ठ उपाध्यक्ष सुरेश थापा, उपाध्यक्ष पूर्णकुमारी थापा, दुबै समाजका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *