Sunday, August 23सत्यम खबर
Shadow

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसको अवसरमा रक्तदान

नेपालगन्ज, ७ भाद्र – जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार वर्माले आफनो जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी भादौं ६ गते शनिवार जन्म दिवस मनाएका छन् ।

जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित होटल पौवामा आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.३ का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक समेत रहेका राज कुमार वर्माले आफनो जन्मदिनको अवसरमा आफू रक्तदान गरी जन्म दिवस मनाएका छन् ।

रक्तदान कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, स्वयंसेवी रक्तदाता, सुरक्षकर्मी सहित ६जना महिला ४२ जना पुरुष गरी ४८ जनाले रक्तदान गरेका छन् ।

आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.३ का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक राजकुमार वर्मा, बिजयकुमार वर्मा, राजेन्द्र सिंह, राजेन्द्र धोबी, मीरा देबी कुर्मी, पवनकुमार कुर्मी, बीरेन्द्र कुमार वर्मा, प्रमीन थारु, बिजयकुमार वर्मा कुर्मी, गजेन्द्रकुमार वर्मा, बिक्रम वर्मा, धनेन्द्र शाही, पासाङ्ग गेल्जे शेर्पा, अमीन दर्जी, आरती देबी वर्मा, सीताराम यादव, शशीकुमार रैदास, भूपेन्द्र ओली, बिकास सोनार, सुनिता चौधरी, मनिषराज यादव, रमेशकुमार गोडिया, गौतम वर्मा, करणकुमार वर्मा, होटल पौवाका सुनिल खनाल, रामप्रसाद महाउत, अनिलकुमार यादव, अस्मिता गिरी, कविराम वर्मा, प्रमोदकुमार हरिजन, अनुष्का खडका, दिपकराज वर्मा, भिम ओली, अमिश बिक, कन्धई रैदास, बिनयकुमार यादव, मन्दिरा बिष्ट, राजकुमार पासी, रबि वर्मा, पंकज वर्मा, सुधीर गोडिया, दिपेन्द्र खत्री, जोगराज वर्मा, अनिलकुमार वर्मा, रामशरण यादव, नकुल बुढाक्षेत्री लगायत ४८ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१८का वडाध्यक्ष दीपककुमार वर्माले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । यसैगरी रक्तदान कार्यक्रममा समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, फाउण्डेसनका पदाधिकारी र सबदल अभियानका पदाधिकारी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा लगायतको सहभागिता रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटा, महेश राना, रशमी रेग्मी, मनिषा रेग्मी, लोकश थारु, सञ्जय बढहीले प्राबिधिकमा सहयोग गरेका थिए भने अन्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका तथा शतक रक्तदाता पवन जायसवाल, कोमल वर्मा र अञ्जली वर्माले सहयोग गर्नुभएको थियो ।

प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटाले जानकी गाँवपालिका वार्ड नं.–३ का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक समेत रहेका राज कुमार वर्मालाई रक्तदान कार्यक्रमको आयोजना गरे बापत स–धन्यवाद प्रमाण–पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *