बडा महाराजाधिराज स्व. श्री ५ पृथ्वी नारायण शाह सरकारको महावाणी तथा नेपाल एकिकरण अभियानको स्मरण
सन्दर्भ २९९ औं : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसटुक्रिएर रहेको बाइसे चौबिसे राज्यलाई एकिकरण गरी विशाल नेपाल राष्ट्रको निर्माण बडा महाराजाधिकार स्व. श्री ५ पृथ्वी नारायण शाहले गर्नु भएकोले नेपाली जनताको हृदयमा आजसम्म मौसुफ सरकारप्रति श्रद्धाभक्ति छ ।
‘विद्रोही’
अहिले देश विषम परिस्थीतीबाट गुज्री रहेकोले नेपाली जनता स्व. श्री ५ बडा मराजाधिकार पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माणमा पु¥याएको योगदानको पुनः १ पटक स्मरण गर्न थालेका छन् । यो कुरा यथार्थ सत्य हो कि यो देश कुनै राजनीतिक दलको राजनेता ले बनाएका हौइनन बरु देश लाई बनाउन शाह वंशीय राजाहरुको देन छ । यहाँ शाहवंशीय राजाले देश र जनताको हक हितमा काम गर्नु भएकोले हिमालयको काखमा हामी नेपाली जनता शान्तिपूर्ण ढंगले बस्न पाएका छौं । यस बीच केही राजनेताहरु यस्ता छन्, जुन कि देशलाई आफ्नो बिर्ता जस्तो ठान्दै यहाँ विदेशीको चलखेल गराई...




