Monday, July 6सत्यम खबर
Shadow

आस्था

वडा नं. ६ मा २५ लाख ५० हजार फ्रिज ! जिम्मेवार को अध्यक्ष वा सचिव ?

वडा नं. ६ मा २५ लाख ५० हजार फ्रिज ! जिम्मेवार को अध्यक्ष वा सचिव ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधिदेखि कर्मचारीसम्मको हाली मुहाली भएकै हुँदा वडाबासी सर्वसाधारण जनताहरुलाई सास्ती भएको तथ्य उजागर भईरहेको छ ।नेपालगन्ज उपमहानगरपालिकादेखि वडा विकासको लागि मांग गरिएको बजेट मध्ये २५ लाख ५० हजार रकम फ्रिज भएर जानुले समेत माथि उल्लेखित गरेको तथ्यलाई उजागर गरिरहेको पाईन्छ । वडाबासी नागरिकहरु जुन तवरले सचेत र सजग हुनुपर्ने थिए सो नभएकै कारणले उक्त २५ लाख ५० हजार बजेट फ्रिज भएको वडाबासीहरुकै भनाई रहेको छ ।सबभन्दा बढी पीडा त समाजलाई मार्ग निर्देशन दिने ज्येष्ठ नागरिककै “ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम” शिर्षकमा ३ लाख बिनियोजित गरिएको बजेट समेत खर्च नगरी फ्रिज गराएका छन् ।त्यति मात्र नभई “पाठेघरको सरभाईकल स्कृनिङ कार्यक्रम” शिर्षकमा १ लाख, “किशोर किशोरीहरुलाई अभिमुखिकरण तालिम” शिर्षकमा १ लाख, “एक घर एक करेसाबारी कार्यक्रम” शिर...
बि.पि.को स्मृति दिवसमा सरसफाई तथा बृक्षारोपण

बि.पि.को स्मृति दिवसमा सरसफाई तथा बृक्षारोपण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
के.आर.शर्मानेपालगन्ज, ९ श्रावण – बिशेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ ले औपचारिक कार्यक्रम सहित सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बि. पी. कोइरालाको बहुआयामिक ब्यक्तित्वको चर्चा गर्दै पुर्व लुम्बिनी प्रदेश बन मन्त्री तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य सुरेन्द्रबहादुर हमाले नेपालको राजनीतिमा स्वर्णिम इतिहास बनाउन सफल बि.पी. कोइराला पदका लागि कहिलै सिद्धान्तसंग सम्झौता गरेनन् होइन भने कयौ पटक प्रधानमन्त्री बन्न सक्थे बि.पी.को आदर्श सिद्धान्त नितान्त अपरिहार्यताको चर्चा गर्दै नेपाली कांग्रेस गुट–उपगुटको राजनीति भन्दा माथि उठदै सबै एक भएर अगाडी बढ्न जोड दिए ।कार्यक्रममा अधिकांश बक्ताहरुले महामानव विशेश्वर प्रसाद कोइरालाको धरातलिय उच्च नैतिकता, आदर्श र सिद्धान्तः “समाजवाद” निष्ठाको राष्ट्रिय ...
खजुराको क्यान्सर अस्पताल पश्चिम नेपालकै गौरव, सोमवार ११ औं साधारण सभा हुँदै

खजुराको क्यान्सर अस्पताल पश्चिम नेपालकै गौरव, सोमवार ११ औं साधारण सभा हुँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ७ श्रावण – खजुरा स्थित प्रखर परोपकार मिसन नेपालको ११ औं साधारण सभा भोलि साउन ८ गते सोमवारका दिन आयोजना गरिंदैछ । पश्चिम नेपाल कै पहिलो सुविधा सम्पन्न क्यान्सर अस्पतालका प्रेरणा प्रदान गर्ने भारतका प्रसिद्ध महात्मा महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको प्रमुख आतिथ्य र अस्पतालका संकल्पकर्ता दीन दयालजी महाराजको विशिष्ठ आतिथ्यमा उक्त साधारण सभा हुन लागेको हो ।बाँके जिल्लाको ऐतिहासिक क्षेत्र खजुरा र आसपासका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारण जनताको आवश्यकतालाई दृष्टिगत गरी चिरकालसम्म स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभिप्रायबाट प्रेरित भई प्रखर परोपकार मिसन नेपालको २०६२ सालमा विधिवत दर्ता गरी प्रखर परोपकार मिसन क्यान्सर अस्पताल प्रस्तावित गरिएको थियो । स्थानीय नागरिक अगुवा किस्मतकुमार कक्षपतिको अध्यक्षतामा विशुद्ध मानव सेवा र नाफारहित गैरसरकारी संस्थाको रुपमा स...
ललितपुरमा रक्तदाता समाजको गठन

ललितपुरमा रक्तदाता समाजको गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण – नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत वडा नं.४ मा नेपाल स्वयंसेवी रक्तदाता समाजको समिति गठन श्रावण ६ गते इमाडोल ललितपुरमा गरिएको छ ।१ सय ७४औं पटक रक्तदान गर्ने किर्तिमानी “रक्तदाता सम्राट” बाट बिभुषित एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत नेपाल स्वयंसेवी रक्तदाता समाज ४ नं. वडा समिति गठन इमाडोल ललितपुरमा सम्पन्न भएको छ ।उक्त भेलाको उदघाटन १ सय ७४औं पटक रक्तदान गर्ने किर्तिमानी “रक्तदाता सम्राट” एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गर्नुभएको थियोे ।सो भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज ४ नं. वडा समिति गठन इमाडोल ललितपुरमा गरियो । ...
नेपालमा हुने तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह

नेपालमा हुने तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह

अपराध, आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
कृष्ण तिमल्सिना७ श्रावण २०८०, आइतबारसुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्रलाई अनुकुल बनाएर विमानस्थल भन्सार कार्यालयबाट समेत बाहिर निकालिएको एक सय केजी सुन तस्करीको यो प्रकरणमाथि विभिन्न आशंका छन्। त्यसैले यो तस्करीमा संलग्न फर्म तथा सरकारी र सुरक्षा अधिकारी मात्र होइन, यो सबैलाई गुपचुप पार्ने गिरोहका बारेमा थरिथरिका अनुमान सार्वजनिक भइरहेका छन्। प्रहरीका अनुसा पछिल्लो एक दशकमा नेपालमा झण्डै सात सय किलो अवैध सुन जफत भएको छ। तस्करीमा संलग्न ७ सय जना भन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्ने तथा फरार हुने अधिकांश मुख्य अभियुक्त चिनियाँ नै छन्। आशंका कै बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट बिहीबार एक चिनियाँ नागरिक पक्राउ परे। जो एक सय केजी सुन पक्राउ परेको समाचार बाहिरिए लगत्तै चीन उड्न लागेका थिए। ७...
राष्ट्रपति पौडेलसँग चिनियाँ नेताहरुको भेटवार्ता

राष्ट्रपति पौडेलसँग चिनियाँ नेताहरुको भेटवार्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ श्रावण – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता युआन जियाजुनको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ । आज काठमाडौं आइपुगेको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङक्विङ्ग नगर कमिटी सचिवसमेत रहेका जियाजुनसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको र यस भ्रमणले आगामी दिनमा द्विदेशीय सम्बन्धलाई अझ सुमधुर पुर्‍याउने विश्वास व्यक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
‘नक्कली शरणार्थी बन्ने/बनाउने दुवैलाई जेल हाल्नुपर्छ’

‘नक्कली शरणार्थी बन्ने/बनाउने दुवैलाई जेल हाल्नुपर्छ’

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ श्रावण – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्कली भुटानी शरणार्थी बन्ने बनाउने दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज (आईतबार) नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको दलाल पुँजीवादी व्यवस्थाले मान्छे बेच्ने काम गरिरहेको आरोप लगाए । ‘मान्छे बेचेर खाने व्यवस्था हो दलाल पुँजीवाद भनेको । मान्छे बेच्ने, वौद्धिकता बेच्ने, सिर्जना बेच्ने, कमजोर मनोबल र पश्चाताप भएको, टुक्रा–टुक्रा भएको, लम्पसार बन्ने । आफ्नै नागरिक पनि भुटानी शरणार्थी बन्ने पनि कस्ता ? बनाउनेलाईमात्रै भएको छ, बनाउनेलाई पनि जेल हाल्नुपर्छ,’– उनले भने । अहिलेको व्यवस्थामा नागरिकहरुले पैसाको लोभमा आफ्नो नागरिकता, स्वाधीनता त्याग्न तयार हुने गरेको...
चिनियाँ नेता च्याच्युनको देव गुरुङले गरे विमानस्थलमा स्वागत

चिनियाँ नेता च्याच्युनको देव गुरुङले गरे विमानस्थलमा स्वागत

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ श्रावण –चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का उच्चस्तरीय नेता युयान च्याच्युन नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ । च्याच्युन नेतृत्वको उच्चस्तीय टोलीमा २५ जना सहभागी छन् । नेपाल बसाईको क्रममा नेता च्याच्युनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीनको भ्रमणमा जाने भएका छन् । च्याच्युनको यो भ्रमणले प्रधानमन्त्री दाहालको आगामी चीन भ्रमणको पनि गृहकार्य गर्ने बुझिएको छ । च्याच्युनलाई विमानस्थलमा स्वागत गर्न नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, सचिव गणेश साह र परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा पुगेका थिए । च्याच्यु नेतृत्वको टोली काठमाडौंको बत्तिसपुतलीस्थित् होटेल द्धारिकामा बस्नेछ । अहिले होटेल परिसरमा एकदमै कडा सुरक्षा व्यवस्था मिलाईएको छ ।...
भ्रमणमा रहेका चिनियाँ नेता युआनसँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल सम्वाद

भ्रमणमा रहेका चिनियाँ नेता युआनसँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल सम्वाद

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ७ श्रावण – नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल संवाद गरेका छन् । संवाद क्रममा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।...
पुष्पलालको ४५ औं स्मृती दिवसको अवसरमा बृक्षारोपण

पुष्पलालको ४५ औं स्मृती दिवसको अवसरमा बृक्षारोपण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण - नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको ४५ औं स्मृती दिवसको अवसर पारेर बाँकेका बिभिन्न स्थानमा बृक्षारोपण गरिएको छ ।नेकपा एमाले खजुरा गाउँपालिका कमिटी र अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा खजुरा गाउँपालिका २ के गाउँस्थित दुर्गा भवानी मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज शान्ति ढकाल, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य बाबुराम गौतम, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नन्दलाल रोकाय, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति पुष्पलालको बाटोमा हिड्न सके कम्युनिष्टहरु सच्चा कम्युनिष्ट हुने र त्यसले मात्र देश र जनताको परिवर्तन गर्न सक्ने बताए ।मोर्चा संगठन संयोजक भीम ओली, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्ण बिक्रम केसी, खजुरा गा...